NE/Prabhupada 0935 - जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई आराम प्रदान गर्नु हो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0935 - in all Languages Category:...") |
(Vanibot #0005 edit: add new navigation bars (prev/next)) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0934 - आत्माको आवश्यकताको ख्याल नगर्ने मूर्ख सभ्यता|0934|NE/Prabhupada 0936 - केवल वाचा; "भविष्यमा हुनेछ" । "तर अहिले तत्काल के दिनुहुन्छ, महाशय ?"|0936}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 21: | Line 24: | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730425SB-LOS_ANGELES_clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 09:48, 21 September 2017
730425 - Lecture SB 01.08.33 - Los Angeles
भनिएको छ कि....... अहिले म उक्त श्लोक व्याख्या गर्दैछु | धर्मस्य ग्लानिर् भवति | यो धर्मस्य ग्लानिः अर्थात् कर्तव्यको प्रदुषण हो | धर्म भनेको कर्तव्य | धर्म भनेको एक किसिमको विश्वास होइन | अंग्रेजी शब्दकोशमा भनिएको छ: "धर्म भनेको एउटा विश्वास |" होइन | यो त्यस्तो होइन | धर्म भनेको वास्तविक एवं मौलिक कर्तव्य | त्यो धर्म हो | यदि तिमीसँग आत्माको कुनै जानकारी छैन, यदि तिमीलाई आत्माको आवश्यकताको बारेमा थाहा छैन, यदि तिमी केवल शारीरिक आवश्यकतामा व्यस्त छौ....... शारीरिक सुविधाले तिमीलाई बचाउनेछैन | मानौं एउटा मानिस धेरै आरामपूर्वक बस्दैछ | के यसको मतलब ऊ मर्दैन ? ऊ मर्नेछ | त्यसैले केवल शारीरिक सुविधाले तपाई बाँच्न सक्नुहुन्न | सबभन्दा योग्य जीवित हुन्छ | अस्तित्वको लागि संघर्ष | जब हामीले केवल शरीरको ख्याल राख्छौं, त्यसलाई धर्मस्य ग्लानिः वा प्रदुषित भनिन्छ | हामीले थाहा पाउनुपर्छ कि शरीरको आवश्यकता के हो र आत्माको आवश्यकता के हो | जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो | र आत्मालाई भौतिक व्यवस्थाद्वारा सुविधा प्रदान गर्न सकिंदैन | आत्माको परिचय भिन्न भएको कारण आत्मालाई आध्यात्मिक भोजन दिनुपर्छ | त्यो आध्यात्मिक भोजन कृष्ण भावना हो | यदि तिमीले आत्मालाई आध्यात्मिक भोजन दिन्छौ भने...... जब कोहि रोगी हुन्छ, तब उसलाई पौष्टिक आहार र औषधि दिनुपर्छ | दुई कुराहरु चाहिन्छन् | यदि तिमीले आहार नदिएर औषधिमात्र दियौ भने त्यो सफल हुनेछैन | दुवै कुरा चाहिन्छ | यस कृष्ण भावनामृत अभियानले भोजन दिनको निमित्त हो, अर्थात् आत्मालाई पौष्टिक आहार र औषधि दिनको निमित्त हो | औषधि हरे कृष्ण महा-मन्त्र हो | भवौषधाच् छ्रोत्र-मनो-ऽभिरामात् क उत्तमश्लोक-गुणानुवादात् पुमान् विरज्येत विना पशुघ्नात् (श्री भा १०|१|४) | परीक्षित महाराजले शुकदेव गोस्वामीई भने कि "हजुरले मलाई दिन लाग्नुभएको यस भागवतको छलफल साधारण कुरा होइन |" निवृत्त-तर्षैर् उपगीयमानात् | केवल निवृत्त-तृष्णा भएका मानिसलेमात्र यस भागवत छलफलको रस प्राप्त गर्न सक्छन् | तृष्णा अर्थात् लालायित हुनु | यस भौतिक जगतमा सबजना लालायित छन् | जो यसबाट मुक्त हुन्छ, उसले भागवतको स्वाद चाख्न सक्छ | यो त्यस्तो विषय हो | निवृत्त-तर्षैः....... त्यसैगरी हरे कृष्ण मन्त्र पनि भागवत हो | भागवत भनेको भगवानसँग सम्बन्धित हरेक कुरा | यसलाई भागवत भनिन्छ | परमेश्वरलाई भगवान भनिन्छ | भागवत-शब्द अर्थात् उहाँसँग सम्बन्धित हरेक कुरा भागवत-शब्दमा परिणत हुन्छ | परीक्षित महाराजले भने कि भागवतको स्वाद भौतिक इच्छा समाप्त गरेका मानिसले मात्र चाख्न सक्छन् | निवृत्त-तर्षैर् उपगीयमानात् | र किन त्यस्तो स्वाद चाख्नुपर्छ ? भवौषधि | भवौषधि, जन्म-मृत्यु रोगको औषधि | भवौ अर्थात् "बन्नु" |