NE/Prabhupada 0961 - हाम्रो अवस्था भनेको प्रभुत्वको अधीनमा रहनु हो र भगवान् प्रभु हुनुहुन्छ: Difference between revisions

 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0960 - जसले भगवानको अस्तित्व नकार्छ, ऊ पागल हो|0960|NE/Prabhupada 0962 - हामी भगवानलाई ठोस तथ्यको रुपमा लिन्छौं|0962}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 21: Line 24:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:740707RY-SAN FRANCISCO.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740707RY-SAN_FRANCISCO.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 09:53, 21 September 2017



740707 - Lecture Festival Ratha-yatra - San Francisco


हाम्रो अवस्था भनेको प्रभुत्वको अधीनमा रहनु हो र भगवान प्रभु हुनुहुन्छ | यो अभियान चैतन्य महाप्रभुले ५०० वर्ष अघि सुरु गर्नुभएको थियो (अस्पष्ट) र त्योभन्दा अगाडी भगवान कृष्णले पाँच हजार वर्ष अघि | कुरुक्षेत्रको युद्धभूमिमा उहाँले भगवद गीता बोल्नुभयो | तिमीहरुमध्ये धेरै जनाले यो नाम सुनेका छौ र (अस्पष्ट) हामीले पनि "भगवद गीता यथारुप" प्रकाशित गरेका छौं | यस कृष्ण भावनामृत अभियानको आधार "भगवद गीता यथारुप" हो | भगवद गीताको प्रयोजन भनेको तिमीहरु सबैलाई यो सम्झाउनु कि: तिमी अर्थात् सबै जीवहरु, मानवमात्र होइन तर मानवबाहेक पनि | पशुहरु, रुखहरु, पंक्षीहरु, जलचरहरु | जहाँ जीव छन्, तिनीहरु भगवानका अंश हुन् | भगवान पनि एक जीव हुनुहुन्छ, तर उहाँलाई वेदमा प्रमुख जीव भनेर वर्णन गरिएको छ | कठ उपनिषदमा भनिएको छ कि नित्यो नित्यानां चेतनश् चेतनानाम् | भगवान हामीजस्तै जीव हुनुहुन्छ तर भगवान र हामीबीचको भिन्नता यो छ: एको यो बहूनां विदधाति कामान् | ती एक जीवले अरु सबै जीवहरुको आवश्यकता पुरा गर्नुहुन्छ, उनीहरुको पालन गर्नुहुन्छ | हाम्रो अवस्था भनेको हाम्रो पालन भगवानले गर्नुहुन्छ र भगवान पालनकर्ता हुनुहुन्छ | हाम्रो अवस्था भनेको प्रभुत्वको अधीनमा रहनु हो र भगवान प्रभु हुनुहुन्छ | यो भौतिक जगतमा जीव, जुन जीवहरु भगवानजस्तै बन्न चाहन्छन्....... (विराम) मानव जीवन अवसर हो, जन्म, मृत्यु, रोग र बुढ्यौलीको चक्रबाट मुक्त हुने | र यस कृष्ण भावनामृत अभियान मानिसलाई यस महान विज्ञानको शिक्षा दिनको लागि हो | हामीले अहिलेसम्म कारोब बीस पुस्तक प्रकाशित गरेका छौं, हरेक पुस्तक चार सय पृष्ठको, कृष्ण भावनाको यस विज्ञानको विवरण दिन | वैज्ञानिकहरु, दार्शनिकहरुले पनि हाम्रो पुस्तक पढेर बुझ्न सक्छन् र अझै पुस्तकहरु आउनेछन् |