NE/Prabhupada 0962 - हामी भगवानलाई ठोस तथ्यको रुपमा लिन्छौं



720000 - Lecture BG Introduction - Los Angeles


म भगवद गीता यथारूपमा बोल्नेछु | भगवद गीता यथारुप भन्नुको कारण भगवद गीताका धेरै संस्करण छन् | भगवद गीताको मूल सार त्यागेर तिनीहरुको व्याख्या मनोमानी ढंगमा भएको छ | त्यसैले यो नाम 'यथारुप' महत्वपूर्ण छ, किनकि भगवद गीताको अरु कुनै संस्करण छैन जसमा यथारुप लेखिएको छ | यो सम्बन्धमा, सिकागो विश्वविद्यालयका प्राध्यापक डिमोकले प्रस्तावनामा लेखेका छन् र उनले यस पुस्तकको सारको सराहना गरेका छन् | उनले भन्छन् "स्वामी भक्तिवेदान्तले यस्तो दृष्टिकोणले गीताको टिप्पणी लेखेका छन् र त्यो आधिकारिक छ |" उनले भगवद गीता यथारुपलाई आधिकारिक प्रस्तुतिको रुपमा स्वीकारेका छन् | उनले यो पनि भन्छन् कि "त्योभन्दा बढी, यो अनुवादमा पश्चिमी पाठकले कृष्णका भक्तले आफ्नो पुस्तक कसरी अनुवाद गर्छन् भन्ने कुरा जान्ने अवसर प्राप्त गरेका छन् |" कृष्णको बारेमा....... भक्तहरुले वास्तवमा कृष्ण र उहाँको पुस्तक अनुवाद गर्न सक्छन् | अरु मानिस, यदि भक्त होइनन् भने तिनीहरु कृष्णमाथि टिप्पणी कसरी गर्न सक्छन् ? जस्तै परिवारको सदस्यले परिवारको प्रमुखको बारेमा राम्ररी भन्न सक्छ; बाहिरी मानिसले कसरी भन्न सक्छन् ? त्यो सम्भव छैन | त्यसैगरी, कृष्णको बारेमा पनि एक कृष्ण-भक्तले राम्ररी भन्न सक्छ | अरुले सक्दैनन् | कृष्णको बारेमा बिलने अधिकार अरुलाई छैन र कृष्णले पनि भन्नुहुन्छ कि कृष्ण भगवद गीताको सहि शिष्य हुन् | सुरुवातमा कृष्णले भन्नुहुन्छ कि "मैले तिमीलाई मेरो शिष्यको रुपमा छानेको छु किनकि तिमी मेरो मित्र हौ र तिमी मेरो भक्त हौ |" अर्को शब्दमा, हामीले बुझ्छौं कि कृष्णसँग आत्मीय सम्बन्ध भएको मानिसले मात्र भगवद-गीता बुझ्न सक्छ | जस्तै, कृष्णले भन्नुहुन्छ "तिमी मेरो प्रिय मित्र हौ |" उनको कृष्णसँग आत्मीय सम्बन्ध छ | भक्त नबनी कसैको पनि कृष्णसँग आत्मीय सम्बन्ध हुँदैन | यी कुराहरु बुझ्नुपर्छ | भगवद गीता पाँच हजार वर्ष अघि भनिएको थियो, कुरुक्षेत्रको युद्धभूमिमा अर्जुनलाई | भगवद गीतामा भगवानलाई बुझ्ने विज्ञान छ | भगवद गीता भगवानको विज्ञान हो | सबै विषय बुझ्नको निमित्त केहि विज्ञान हुन्छ, वैज्ञानिक पुस्तक हुन्छ | त्यसैगरी, भगवान सम्बन्धि विभिन्न अवधारणा छन् | साधारणतया, तिनीहरु यालाई एउटा विचारको रुपमा लिन्छन् तर हामी यसलाई विचारको रुपमा लिंदैनौं | हामी भगवानलाई ठोस तथ्यको रुपमा लिन्छौं | जस्तै तिमीले मलाई देख्दैछौ, मैले तिमीलाई देख्दैछु | यो ठोस तथ्य हो | त्यसैगरी, तिमीले भगवानलाई देख्न सक्छौ र भगवानले तिमीलाई पहिल्यै देख्दै हुनुहुन्छ | यसमा कुनै शंका छैन | तर तिमीले पनि भगवानलाई देख्न सक्छौ | हामी बुझ्नुपर्छ कि भगवानलाई देख्ने प्रक्रिया के हो | त्यो प्रक्रिया सम्पूर्ण वैदिक शास्त्रमा वर्णित छ | यसलाई भक्ति-योग भनिन्छ | कृष्णले पनि भगवद गीतामा भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भ गी १८|५५) | यदि कसैले कृष्ण कस्तो हुनुहुन्छ भन्ने जान्न चाहन्छ भने उसले भक्ति-योगको प्रक्रिया स्वीकार्नुपर्छ | विभिन्न किसिमका योगहरु छन् | योग भनेको सर्वोच्च पुरुषोत्तम भगवानसँग आफ्नो सम्बन्ध थाहा पाउनु | त्यसैले काल्पनिक योगले हामीलाई मदत गर्नेछैन | तिमीले ठोस योग स्वीकार्नुपर्छ | कृष्ण भावना ठोस योग हो |