NE/Prabhupada 1059 - भगवान संग सबैको बिशेष सम्बन्ध हुन्छ

Revision as of 21:59, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


660219-20 - Lecture BG Introduction - New York

जब कोहि ब्यक्ति भगवानको भक्त बन्छ, तब चैं उस्को भगवान संग सिधा समबन्ध हुन्छ। यो बिषय बहुत लामो छ तरै पनि संक्षेपमा यसो भन्न सकिन्छ कि, भगवान संग भक्तको तरिकाले सम्बन्ध कायम गर्दछन। कोहि निस्क्रिय अवस्थामा भक्त हुन्छन। कोहि सक्रिय अवस्थामा भक्त बन्न सक्छन। कोहो साथिको रुपमा भक्त बन्न सक्दछन् कोहि कोहि माता या पिताको रुपमा भक्त बन्न सक्दछन। कोहि चै दम्पति प्रेमीको रुपमा भक्त बन्न सक्दछन। यसो हुनांले अर्जुनको भगवान संग मित्र (सखा) को सम्बन्ध थियो। भगवान साथी समेत बनिदिनु हुँदछ। हुँन त यो मित्रता र आकजकल यो संसारमा भईरहेको मित्रतामा आकाश पातालको फरक पर्दछ। उनि हरूको त दिब्य मित्रता हो। भगवान संग हुँन त काहाँ सबैको मित्रता को नाता बन्न सक्छ र। सबैको भगवान संग एक बिशेष नाता सम्बन्धी हुँन्छ। तर वास्तवमा त्यो बिशेष नाता सम्बन्ध भगवत भक्तिको पुर्णता प्राप्ति भए पछि मात्र श्रृजना हुन्छ। हामीले यो आफ्नो बिध्यमान जीवनको परिस्थितिमा भगवनालाई बिर्सनु मात्र होईन कि भगवान संगको आफ्नो सम्बन्ध पनि भुलिसकेका छौ, प्रत्येक जीवले, सय करोडौं जीवहरू मद्ये, प्रत्येक जीबको भगवान संगको सम्बन्ध सास्वत हुन्छ। त्यसलाई स्वारुप भनिन्छ। अनि आ-आफ्नो स्वरुपलाई भक्तिमय सेवाको प्रकृया द्वारा पुनःजागरुक गराउन सकिन्छ। अनि त्यो अवस्थालाई स्वारुप सिद्धी भनिन्छ, आफ्नो मौलिक अवस्थाको पुर्णता। यसो हुंदा अर्जुन एक भक्त थिए र भगवान श्रीकृष्ण संग मित्रताको सम्बन्धमा सम्बन्धित थिए। यो भगवत गीता अर्जुनलाई बताई दिईएको र उन्ले कसरि स्वीकार गरे भन्ने ग्रन्थ हो। यो कुरा हामीले राम्रो संग याद गर्नु पर्दछ। अर्जुनले भगवत गीतालाई कसरि स्वीकार गरेका थिए भन्ने बर्णन यस्को दसौ अध्यायमा गरिएको छ। जस्तै भनु, अर्जुन उवाच परं ब्रह्म परं धाम पवित्रं परमं भवान् पुरषं शाश्वतं दिव्यम अादि देवम अजं विभुम् ( भगवत गीता १०-१२) । अाहुस् त्वाम ऋषय: सर्वे देवर्षिर नारदस तथा असितो देवलो व्यास: स्वयं चैव ब्रवीषि मे ( भगवत गीता१०-१३) । सर्वम एतद ऋतम् मन्ये यन् माम् वदसि केशव न हि ते भगवन व्यक्तिमं विदुर देवा न दानवा: ( भगवत गीता १०-१४) भगवान श्रीकृष्ण बाट भगवत गीता अर्जुनले सुनि सके पछि भन्नु भयो कि उहाँले श्रीकृष्णलाई परम ब्रह्मका रुपमा स्वीकार गरे। ब्रह्मण। सबै जीव ब्रह्मण हुनँ। तर परमपरमेश्वर भगवन श्रीकृष्ण परमब्रह्मण हुनुँ हुन्छ। अब परम धाम। परम धाम भनेको उहाँ श्रीकृष्ण नै सबैका आश्रय स्थान हुनुँ हुन्छ। अनि पबित्रम। पबित्रमको अर्थ हो शुद्ध या भौतिक कल्मष रहीत। श्रीकृष्णलाई पुरूषम् भनिएको छ। पुरुषम् को अर्थ हुन्छ वहाँ परम भोक्ता हुनु हुन्छ। शाश्वतम। शाश्वतको अर्थ हुन्छ सनातन। वहिँ हुनुँ हुन्छ पहिलो ब्यक्ति। दिव्यम अर्थात दिव्य; देवम -भगवान ; अजम -अजन्मा ; विभुम अर्थात महानतम । अब कसै कसैलै सोच्लान कि श्रीकृष्ण अर्जुनका साथि थिए, तेसै कारण आफ्नो साथिलाई यस्तो संज्ञा दिदै भनेका होलान भनेर। तर भगवत गीता पड.ने सबैको मनमा पर्न सक्ने संकाहरूलाई हटाउनका लागि भने कि उन्ले आफ्नो भनाईलाई अधिकृतहरूले गरेका प्रमाणहरुको आधारमा स्थापित गरेका हुँन। उन्ले भने कि, श्रीकृष्णलाई परम परमेश्वर भगवानको रुपमा मानिल्याएको आँफु- अर्जुनले मात्र त होईन तर सबै अधीकृतहरू जस्तै नारद, असीत, देवाल, ब्यासले स्वीकार गरेका हुँन। यिनीहरू माहन पुरुषहरू हुँन जस्ले वैदिक ज्ञान प्रचारप्रसार गरेका थिए। तिनीहरूलाई सबै आचार्यहरूले पनि स्वीकार गरेका हुनँ। यसै कारण अर्जुनले भने कि, हजुरले मलाई जे उपदेश दिनु भयो अहिले सम्म म ति उपदेशहरू सबै पुर्णता प्राप्तिको रुपमा स्वीकार गर्द छु।