NE/Prabhupada 1065 - हामीले पहिेला देखिनै आँफु यो भौतिक शरीर होईनौ भन्ने सिक्नु पर्दछ

Revision as of 05:38, 11 August 2015 by Visnu Murti (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 1065 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

660219-20 - Lecture BG Introduction - New York

जब हामी भौतिक दृष्‍टिबाट प्रदुसित हुन्छौ त्यसलाई बद्ध अवस्था भनिन्छ । बद्ध जीवन । अनी त्यो झुठो अहङकार, हो मित्था चेतना.. मित्था चेतना चै "म भौतिक प्रकृतिको प्रतिफल हुँ" भन्ने धारणाबाट प्रकट हुन्छ। त्यस्तो अवस्थालाई मिथ्या अहंकार भनिन्छ। सारा भौतिक कृयकलापहरू, यस्यात्म बुद्धि: कुणपे त्री धातुके (श्री भ १०-८४-१३) । यस्यात्म बुद्धि: कुणपे त्री धातुके, जो व्यक्ती देहात्मबुद्धिमा लीन हुन्छ । अब पुरै भागवत गीतको प्रवचन भगवानले उल्लेख गर्नु भयो किनभने अर्जुनले स्वयमलाई देहात्मबुद्धिको अवस्थामा भएको जस्तो गरि प्रतिनिधित्व गरेका थिए। त्यसैले जो पनि जीवनलाई शारीरिक अवधारणाबाट मुक्त गराउनु पर्छ । मुक्ति चाहने, स्वतन्त्र हुन चाहने अध्यात्मवादी हरुका लागि यसो यसो गर्नुनै प्रारम्भिक काम हो। उसले पहिला आँफु भौतिक शरीर होईन भनेर बुज्नु पर्दछ । त्यसैले यो चेतना , या भौतिक चेतना...जब हामी यो भौतिक चेतना बाट मुक्त हुन्छौ तब, त्यस् अवस्थालाइ मुक्ती भनिन्छ । मुक्ती या बन्धन मुक्त हुनु भनेको भौतिक चेतनाबाट मुक्त हुनु हो । यस श्रीमद्भागवतम् मा पनि मुक्ति को परिभाषा दिईएको छ। मुक्तिर्हित्वान्यथारूपं स्वरूपेण व्यवस्थिति: (श्री भ २-१०-६) । स्वरूपेण व्यवस्थिति: । मुक्ति भनेको संसारको दूषित चेतना देखि छुटकारा पाउनु हो। र शुद्ध चेतनामा अवस्थित हुनु हो । अनि सारा निर्देशन, भागवत गीताको निर्देशन, शुद्ध चेतना जगाउनका लागि लक्षित गरिएको छ। हामीले गीताको निर्देशन अन्तिम चरणमा पाउछौँ, जाहाँ भगवान श्रीकृष्णले अर्जुनलाई उ अब शुद्ध चेतनामा अवस्थित भए नभएको कुरा सोध्नु भयो। तथापि सुध्द चेतनामा अवस्थित भईसकेको छ कि छैन। यो शुद्ध चेतना भएकाहरुले भगवानको निर्देशन अनुसार कार्य गर्छन् । त्यसो गर्नुनै चेतना सुद्ध भईसकेको हो।यस्तो अवस्थामा पुग्नुनै शुद्ध चेतना भईसकेको हो। चेतना त हुन्छनै हामी स्थूलको केहि अंश भएकाले तर तेहि कारणले प्रदुशित हुन्छ। भौतिक गुणबाट प्रभावित हुँने सम्भावना हु्न्छ हुन्छ। तर भगवान त्यस्तो प्रभावित हुनुुँ हुन्न। कदापि हुनुँ हुन्न। भवगान र जीवहरूबीचको भिन्नता यहि पनि हो। अव कुरा चेतानाको बारेमा गरौ। चेतना भनेको के हो? त्यो चेतना होः ' म' के हुँ भन्ने धारणा। प्रदुशित भएको अवस्थामा 'म' भन्नुको अर्थ आफुले देख्ने सबै चीजको मालिक हुंँ भन्ने धारणा' हो। त्यस्तो चै प्रदुशित चेतना हो, 'म भोग्ता हुँ' भन्ने धारणा। अहिले संसारनै मतलब सबै प्राणीहरू यस्तै सोचिरहेका छन। कि 'मै हुँ भगवान र मै हुँ यो संसारको श्रृष्टिकर्ता' भनेर सोचेकाछन। चेतनाको दुई किसिमको मनोबैज्ञानिक चालचनल अथवा मनोवैज्ञानिक बिभाग हुन्छ। त्यो केहो भने एक तर्फले ' म श्रृष्टिकर्ता हुँ ' भनेर सोच्ने र अर्कोचै 'म भोग्ता हुँ' भन्ने। वास्तवमा भगवान मात्र श्रृष्टिकर्ता साथै ऊहाँनै वास्तविक भोग्ता हुनँ हुन्छ। जीवहरूचै भगवानका अँश हुँन। जीवहरू श्रृष्टिकर्ता कदापि होईनन तर सहयोगि मात्र। जस्तै भनु एउटा मशीन। मशीनको कुनै एक अँग मशीनको सहयोगि हुन्छ। हाम्रो आफ्नै शरीरको बनावटिमा हेरौ। शरीरमा हात पाउ आँखा समावेस छन। यी सबै अंगहरूले आ-आफ्नो काम गरिरहेका हुन्छन। शरिरमा यी सबै अंगहरू शरिरकै अंशहरू हुनँ तर तिनिहरु भोग्ता होईनन। भोग्ता त पेट मात्र हो। पाउ एक ठाँऊदेखि अर्को ठाँउ चल्छ। हातले केहि जम्मा गर्छ, खाना तयार पार्छ। दाँतले चबाउछ। त्यस्तै शरिरका सबै अँंगहरु पेटको सन्तुष्टिका लागि संलग्न भईरहेका हुन्छन-- कारण के भने शरिरको बनावटीमा पेट आधारभुत अंग हो। सबै पदार्थ पेटलाईनै पुर्याईदिएको हुनुँ पर्दछ। प्राणोपारहच् च यथान्द्रीयाणाम (श्री भ ४-३१-१४) जस्तै हामीले रूखक‍ो जरामा पानि लगाईदिंदा पुरै हरियो भएको देख्न सक्छौ। यसै गरि स्वा्स्थ्य रहन्छ। हाम्रा शरिरका अंगहरू हात, पाउ, आँखा, कान, अौलाहरु जस्ता अंगहरू पेटसंग सहमतिमा रहंदा पुरै शरिर स्वास्थ्य रहन्छ। यसै गरि भगवान भोग्ताराम हुँनु हुन्छ र वहाँनै श्रृष्टिकर्ता हुनुँ हुन्छ। हामीहरो चै। मेरो मतलब हामी सहयोगि जीवहरु भगवानको शक्तिको उत्पादन हौं, र हामी भगवानका तुलनामा सहयोगि हुनुँ पर्ने मात्र हौ। यस्तै सहयोगि भईदिदाँ मात्र सहायात मिल्छ। ऊध्दाहरणका लागि भनौ यादि खानपिन अौलाले नै खाने या पेटमा किन लगाउनु र भनेर सोच्ने गरे भने के हुँन्छ? अौलाले आफै मजा लिने भनेर सोच्नु गल्ति हो। अौलाले एक्लै के मजा लिनँ सक्छन र? यदि अौलाले कुनै खाध्य पदार्थको स्वाद लिनँ चाहँदा त्यो पदार्थ भुँडीमा लगाईदिन पर्दछ।