NE/Prabhupada 1072 - यस भौतिक संसारलाई त्यागेर आफ्नो अनन्त जीवन अनन्त संसारमा पाउन

Revision as of 22:01, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


660219-20 - Lecture BG Introduction - New York

प्रभुको उपस्तिथी आवश्यक पर्दछ। प्रभु निस्वार्थ र दयाभावका साथ अफुलाई आफ्नो श्यामसुन्दर रूपमा प्रकट गर्नु हुन्छ । दुर्भाग्यवस, अज्ञानी मानिसहरुले उहाको आलोचना गर्दछन। किनभने प्रभुपनी मानवरूप धरण् गरेर हामी जस्तै साधारण मानिस बनेर हामीमाझ आउनु हुन्छ । तसर्थ हामीले यो सोच्दैनौकि प्रभुपनी हामीबीच हुनुहुन्छ । प्रभु सर्वशक्तिमान हुनुहुन्छ तसर्थ हामीलाई आफ्नो वास्तविक स्वरूपमा दर्शन दिनु हुन्छ । र आफ्नो लीलामार्फत आफ्नो बासस्थानको झलक दिनु हुन्छ । प्रभुको त्यस ब्रह्म:ज्योतिर बासस्थानमा असङ्ख्य ग्रहहरु रहेका हुन्छन । जसरी हाम्रो ब्रह्माणमा सुर्यको ज्योतिमा अनेक ग्रहहरु बिराजमान छन । त्यसै गरी उक्त ब्रह्म:ज्योतिर जुन माहाप्रभु श्रीकृष्णको वासस्थानबाट सृजित हुन्छ, कृष्णलोक गोलोक आनन्द- सिनमाया- रस -प्रतिभाभितभिस, यिनीहरु सबै ति लौकिक ग्रहहरु हुन । तिनीहरु आनन्द- सिनमाया हुन , भौतिक ग्रहहरु होइनन। तसर्थ प्रभु भन्नु हुन्छ " न तद्भासयते सूर्यो न शशाङ्को न पावकः । यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम" र जस्ले त्यो लौकिक संसार पुग्दछ , उसले यो भौतिक दुनियाँमा फर्केर आउन पर्नेछैन । जबसम्म हामी भौतिक संसारलाई अङाल्छौ, तबसम्म हामीले, मानौ चन्द्रलोकमै पुगेपनी, (चन्द्रलोक सबै भन्दा नजिकको लोक हुनाले ) अथवा सर्वोच्च लोकमै पुगेपनी , जस्लाई ब्रह्मलोकमै भनिन्छ, यि भौतिक दुनियाँका दु:ख , कष्ट सधैं रहिरहनेछन । अर्थात जन्म, मृत्‍यु, बयस र रोगका दु:खहरु। भौतिक संसारका कुनै पनि लोक भौतिक अस्तित्वका चार सिद्धान्तबाट मुक्त छैनन । त्यसकारण प्रभु भागवत गीतामा भन्नु हुन्छ "आ-ब्रह्म-भुवनाल् लॊकाः | पुनर् आवर्तिनॊ र्जुन" जीवीत तत्वहरु एक लोकबाट अर्को लोकमा यात्रा गरिरहेका हुन्छन । अर्को लोकमा जानु भनेको यन्त्रिक ढंगबाट स्पुत्निकमार्फत जानु हैन , अर्को लोकमा जान सरल पनि छैन नयाँ लोकमा जाने पनि एउटा प्रकृया छ । यन्ती देव व्रत् देवान पित्रिन यन्ती पित्री ब्रताह: यदी कोही अर्को लोकमा जान चाहन्छ भने, जस्तै चन्द्रलोकमा, हामीले स्पुत्निकबाट जाने प्रयत्न गर्न पर्दैन । हामीलाई भागवत गीताले निर्देश गर्दछ " यन्ती देव व्रत् देवान " यि चन्द्रलोक वा सुर्यलोक व अरु कुनै लोक जुन भुलोक भन्दामाथि रहेका हुन्छन, त्यस्लाई हामी स्वर्गलोक भन्छौ । स्वर्गलोक, भुलोक , भुवर्लोक आदी लोकका विभिन्न तहहरु हुन । देबलोक पनि त्यस्तै एक लोक हो । भागवत गीताले, देबलोकमा जाने एक सरल सुत्र दिएको छ यन्ती देव व्रत् देवान , यन्ती देव व्रत् देवान देव ब्रह्त , अर्थात हामीले कुनै बिशेष देवताको पूजा अभ्यास गर्यौ भने हामी त्यस लोकमा पनि पुग्न सक्छौ । हामी चन्द्रलोकमा पुग्न सक्छौ, हामी सुर्यलोकमा पुग्न सक्छौ , हामी परलोकमा पुग्न सक्छौ तर भागवत गीताले हामीलाई भौतिक संसारमा रही, यि कुनै पनि लोकमा नजान सुझाव दिएको छ । किनकी हामी सर्बोच्च लोक ब्रह्मलोकमै पुगेपनी जुन स्पुत्निकको सहायताले ४०००० बर्षमा पुग्न सकिन्छ ४०००० बर्षसम्म बचेँर भौतिक दुनियाँबाट परलोकमा पुग्न सम्भव छैन तर यदी कसैले कुनै देवताको आराधनामा अफुलाई समर्पित गर्छ भने उस्ले एक लोक प्राप्त गर्न सक्छ जस्लाई भागवद गीतामा लेखिएको छ " यन्ती देव व्रत् देवान पित्रिन यन्ती पित्री ब्रताह: " त्यसइ गरी अर्को पित्रिलोक रहेको हुन्छ। जस्लाई सर्बोच्च लोक प्राप्त गर्नु छ, सर्बोच्च लोक अर्थात कृष्णलोक, अध्यात्मिक संसारमा अनेकौ लोक , सन्तान लोकहरु र अनन्त लोकहरु हुन्छन, जुन कहिल्यै नस्ट हुँदैनन , जस्को कुनै अन्त्य हुँदैन ति समस्त अध्यात्मिक लोकमध्य एक लोक रहेको हुन्छ एक सत्यलोक जस्लाई गोलोक व्रिन्दावन भनिन्छ । भागवद गीताले दिएका सन्देश यिनै हुन र यसले हामीलाई एउटा अवसर दिएको छ भौतिक जीवन त्यागेर अनन्त जीवन अनी अनन्त संसार प्राप्त गर्न ।