NE/Prabhupada 1074 - यो संसारका सबै हामीले अनुभव गर्ने दु:खहरु - सबै शरीरको कारण उत्पन्न हुन्छन

Revision as of 16:37, 7 September 2015 by Rishab (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 1074 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

660219-20 - Lecture BG Introduction - New York

भागवत गीतको ठाउँमा अर्को पनि भनिएको छ

अव्यक्तो अक्षर इत्युक्तस्तमाहु: परमां गतिम्
यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम
(भ गी ८।२१)

अव्यक्त भनेको उत्पन्न न भएको । हामीहरु समक्ष भौतिक संसार पनि पर्याप्त छैन। हाम्रा इन्द्रियहरु यती छन कि हामी समस्त ताराहरु छन भनेर पनि देख्न सक्दैन, यो भौतिक जगतमा कती लोक छन । अवश्य, वैदिक साहित्यबाट यी सबै लोकहरुको बारेमा थाहा पाउन सक्छौ । हामी विश्वास गरौ या न गरौ, सबै महत्व पूर्ण लोक जो सँग हाम्रो सम्बन्ध छ, तिनिहरु को वर्णन वैदिक साहित्यमा छ, विशेष रूपमा श्रीमद्-भागवतम् मा । तर अाध्यत्मिक जगत, जुन यो भौतिक आकाश भन्दा पर छ, परसतस्मात्तु भावोन्यो (भ गी ८।२०) तर त्यो अव्यक्त, अप्रकट आध्यात्मिक आकाश, परमां गतिम् छ, कुरा के हो भने, हामीले भगवद्धाम प्राप्त गर्ने कामना तथा लालसा गर्नुपर्छ । अनी जब त्यो धामको प्राप्ती, यं प्राप्य, जस ले त्यो धाम धामको प्राप्ती गर्न खोज्छ, वा प्राप्त गर्छ, न निवर्तन्ते, उसलाई फेरी भौतिक जगतमा फर्किनु पर्दैन । अनी त्यो धाम भगवानको परम धाम पनि हो, जहाँ बाट हामीले वापस, फर्किनु पर्दैन, अर्थात त्यो हाम्रो हुनुपर्‍यो.... अब एउटा प्रश्न सोध्न मिल्छ, भगवद्धाम सम्म कसरी पुग्ने? त्यो भगवद्- गीतामा पनि वर्णित छ। यस् को बारेमा अाठौ ध्यायको श्लोक ५,६,७,८ मा भनिएको छ, कि भगवान वा भगवानको धामसम्मा कसरी पुघ्ने यो पनि वर्णित छ । यसरी भनिएको छ:

अन्तकाले च मामेव
स्मरन्मुक्त्वा कलेवरम य:
प्रयाति स मद भावमं
याति नास्त्यत्र संशय:
(भ गी ८।५)

अन्त-काले, जीवनको अन्त्यमा, मृत्‍युको समय । अन्त-काले च मामेव । जो व्यक्तिले श्री कृष्णको बारेमा सोच्दछ, स्मरण, यदी उसले सम्झना सक्छ । एउटा मर्न लागेको मान्छे, मृत्‍युको समयमा, यदी उसले श्री कृष्णको स्वरूपको चिंतन गर्छ । अनी जब उ यो रूपको ध्यान गरेको बेला शरीर त्याग छ, त्यस पछी निस्चित रूपमा उ आध्यात्मिक धाम पुग्दछ, मद भावं । भावं भनेको आध्यत्मिक स्वभाव हो। य: प्रयाति स मद भावं याति । मद- भावं को अर्थ परम पुरुषको परम स्वभावको समान हो । जसरी हामीले जसरी हामीले माथि उल्लेख गरेका छौ , कि परम पुरुष सच्चिदानन्द विग्रह हुनुहुन्छ । उहाको आफ्नो स्वरूप छ, तर उहाको स्वरूप शाश्वत छ, सत ; र ज्ञानले पूर्ण, चित ; र आनंदले पूर्ण, अानंद । अब हामी आफ्नो वर्तमान शरीर सँग तुलना गर्दछम, कि यो शरीर सच्चिदानन्द हो। होइन। यो शरीर असत छ। सत हुनुको सत्त यो शरीर असत छ। अंतवंत इमे देहा (भ गी २।१८), भगवद्- गीता भन्द छ, कि यो शरीर अंतवत छ, नाश्वान । र..सच चिद अानंद । सत हुनुको साट्टो , यो असत छ, बिल्कुल विपरीत । र चित हुनुको साट्टो, ज्ञानले पूर्ण, यो अज्ञानले पूर्ण छ। हामी सँग भगवद्धामको ज्ञान छैन। न त हामी सँग यो भौतिक जगतको पूर्ण ज्ञान छ। यस्तो धेरै चिजहरु छन जुन हामीहरु सँग अज्ञात छन, त्यसर्थ यो शरीर अनभिज्ञ छ। ज्ञानले पूर्ण हुनुको साट्टो यो अनभिज्ञ छ। शरीर नाश्वान छ, अज्ञानले पूर्ण, र निरानंद छ। आनंदले पूर्ण हुनुको साट्टो, यो दुखमय छ। हामीलाई यो संसारमा जती पनि दु:खको अनुभव हुन्छ, त्यो सबै शरीर बाट उत्पन्न हुन्छ।