NE/Prabhupada 0069 - म मर्नेछैन



Conversation Pieces -- May 27, 1977, Vrndavana


कीर्तनानन्द : यदि हजुर स्वस्थ रहनुभएन भने हामी खुसी रहन सक्दैनौं।

प्रभुपाद: मेरो स्वास्थ सदा राम्रो छ ।

कीर्तनानन्द : तपाई हामीलाई तपाईको बुढ्यौली दिन किन सक्नुहुन्न ?

प्रभुपाद: जब म सबै कुरा राम्रो चलिरहेको देख्छु , तब म खुसी हुन्छु । यो शरीरसँग के नै छ ? शरीर भनेको शरीर हो। हामी शरीर होइनौं ।

कीर्तनानन्द: के उनी पुरुदास थिए जसले आफ्नो यौवन आफ्नो पितालाई दिएका थिए ?

प्रभुपाद : हँ ?

रामेश्वर : ययाति। राजा ययातिले आफ्नो बुढ्यौलीको व्यापार गरेका थिए।

कीर्तनानन्द : आफ्नो छोरासँग। तपाई त्यसो गर्न सक्नुहुन्छ ।

प्रभुपाद: (हाँस्दै) को थिए ?

रामेश्वर : राजा ययाति।

प्रभुपाद : हो। ययाति। होइन, किन ? तिमीहरु मेरो शरीर होऊ | त्यसकारण तिमीहरु जीवित हुनुपर्छ । त्यसमा कुनै अन्तर छैन। जस्तै म काम गर्दैछु, मेरो गुरु महाराज त्यहाँ हुनुहुन्छ , भक्तिसिद्धान्त सरस्वती। शारीरिक रुपमा उहाँ उपस्थित हुनुहुन्न होला , तर प्रत्येक कार्यमा उहाँ हुनुहुन्छ। मलाई लाग्छ कि वास्तवमा मैले त्यो लेखेको छु ।

तमाल कृष्ण : हो, यो श्रीमद् भागवतममा छ, कि " जो उहाँको साथ रहन्छ , ऊ शाश्वत रुपमा बाँच्छ। जसले उहाँको शब्द नित्यरुपमा स्मरण गर्दछ, ऊ शाश्वत रुपमा बाँच्छ । "

प्रभुपाद: त्यसकारण म मर्नेवाला छैन। कीर्तिर यस्य जीवति: " जुन व्यक्तिले अत्यन्त महत्वपूर्ण कार्य गरेको छ , ऊ सदाको लागि बाँच्दछ। " ऊ मर्दैन। व्यावहारिक जीवनमा पनि..... अवश्य पनि, यो भौतिक हो , कर्म फल। आफ्नो कर्म अनुसार व्यक्तिले अर्को शरीर धारण गर्नुपर्दछ। तर भक्तको लागि त्यस्तो कुनै कुरा छैन | ऊ सदा कृष्णको सेवा गर्न शरीर धारण गर्दछ। त्यसकारण यसमा कुनै कर्म फल हुँदैन ।