NE/Prabhupada 0198 - यी नराम्रा बानी त्याग्नुहोस् र हरे कृष्ण जप्नुहोस्



Temple Press Conference -- August 5, 1971, London


महिला पत्रकार : वर्तमान समयमा विश्वभर तपाईका कति अनुयायी छन् अथवा तपाई गणना पनि गर्न सक्नु हुन्न ...?

प्रभुपाद : आधिकारिक विषयको अनुयायी थोरै हुन सक्छन् र कुनै नचाहिने विषयको अनुयायी धेरै हुन सक्छन् |

महिला पत्रकार : कति...... मेरो मतलब, दिक्षित अनुयायी, जसले....

प्रभुपाद : करिब तीन हजार शिष्य छन् ।

महिला पत्रकार : र के यो हरेक क्षण बढ्दैछ ?

प्रभुपाद: हो, यो बिस्तारै बढ्दैछ । किनकि हामीकहाँ धेरै प्रतिबन्धहरु छन्। मानिसलाई कुनै प्रतिबन्ध मन पर्दैन।

महिला पत्रकार : हो । सबैभन्दा धेरै अनुयायी कहाँ छन् ? अमेरिकामा हो त ?

प्रभुपाद : अमेरिका , यूरोप , जापान र क्यानाडामा छन्। र भारतमा लाखौं छन् , यस मार्गमा लाखौं छन् । भारत बाहेक अन्य मुलुकमा थोरै मात्रामा छन्। तर भारतमा लाखौं छन् । पुरुष

पत्रकार : के तपाईलाई लाग्छ कि तपाईको अभियान भगवानलाई बुझ्नको लागि एकमात्र मार्ग हो ?

प्रभुपाद : हजुर ?

भक्त: के तपाईलाई लाग्छ कि यो अभियान भगवानलाई बुझ्नको लागि एकमात्र मार्ग हो ?

प्रभुपाद: हो ।

पुरुष पत्रकार : तपाई कसरी विश्वस्त हुनुहुन्छ ?

प्रभुपद : अधिकारीहरुबाट , भगवान् कृष्णबाट। कृष्ण भन्नुहुन्छ , सर्व-धर्मान् परित्यज्य माम् एकम् शरणम् व्रज (भ गी १८|६६ ) |

पुरुष पत्रकार : तर यदि कुनै व्यक्ति भगवानले उसलाई अरु केहि भन्नुभएको छ भन्छ भने के तपाई उसलाई विश्वास गर्नुहुन्छ ? श्यामसुन्दर: यो होइन कि हामीले अरु कुनै धार्मिक प्रक्रिया स्वीकार्दैनौं ।

प्रभुपाद : होइन , हामी अरु प्रक्रिया पनि मान्छौं । जस्तै, धेरै खुड्किलाहरु छन् । यदि तपाई सबैभन्दा माथिको तलामा पुग्न चाहनुहुन्छ ब्व्हाने तपाई खुड्किला चढेर जानुहुन्छ । कोहि कोहि ५० खुड्किला चढेका छन्, कोहि १०० खुड्किला, तर पुरा गर्नको लागि १००० खुड्किला चढ्नुपर्छ ।

पुरुष पत्रकार : र तपाई १००० मा पुगिसक्नुभएको छ , होइन त ?

प्रभुपाद : हो ।

महिला पत्रकार : यदि हामी मध्ये कोहि आज नै तपाईका अनुयायी बन्न चाहन्छौं भने हामीले के छोड्नुपर्छ वा के दिनुपर्छ ?

प्रभुपाद : सर्वप्रथम त अवैध यौन जीवन त्याग्नुपर्छ ।

महिला पत्रकार : के यसमा सम्पूर्ण यौन जीवन पर्छ वा ... ?

प्रभुपाद : हँ ? 

महिला पत्रकार : अवैध भनेको के हो ?

प्रभुपाद: अवैध यौन ... विवाह बिना, कुनै प्रकारको सम्बन्ध बिनाको यौन जीवन नै अवैध यौन जीवन हो ।

महिला पत्रकार : यसको मतलब विवाहमा यौनलाई अनुमति दिइएको छ , तर बाहिर छैन ।

प्रभुपाद: त्यो पाशविक यौन जीवन हो । जस्तै पशुहरु , उनीहरुबीच सम्बन्ध हुँदैन, तर यौन जीवन हुन्छ । तर मानव समाजमा प्रतिबन्ध छ । प्रत्येक देश , प्रत्येक धर्ममा विवाहको प्रणाली छ । त्यसकारण विवाह बिनाको यौन जीवन अवैध यौन जीवन हो ।

महिला पत्रकार : तर विवाहभित्र यौनलाई अनुमति दिइएको छ ।

प्रभुपाद : हो , त्यो... महिला पत्रकार: अरु के त्याग्नुपर्छ ...

प्रभुपाद: हरेक प्रकारको नशा त्याग्नुपर्छ ।

महिला पत्रकार : के लागुपदार्थ र मद्यपान हो ?

प्रभुपाद: कुनै प्रकारको मादक पदार्थ ।

श्यामसुन्दर : चिया पनि र...

प्रभुपाद : चिया, चुरोट पनि । यिनीहरु पनि नशा हुन्।

महिला पत्रकार : यसमा रक्सी , गाँजा , चिया पर्दछ । अरु केहि ?

प्रभुपाद : हजुर । हामीले मांसाहार पनि त्याग्नुपर्छ । हरेक प्रकारका मांसाहार । जस्तै मासु, अण्डा । हामीले जुवातास पनि त्याग्नुपर्छ ।

महिला पत्रकार : के हामीले घर परिवार त्याग्नुपर्छ ? मेरो विचारमा सबैजना मन्दिरमा बस्नुहुन्छ , होइन र ?

प्रभुपाद : हो । जबसम्म व्यक्ति आफ्ना सारा पापपूर्ण क्रियाहरु त्याग्दैन , ऊ दिक्षित हुन सक्दैन ।

महिला पत्रकार : यसको मतलब हामीले आफ्नो घर परिवार पनि त्याग्नुपर्छ ?

प्रभुपाद : परिवार ?

महिला पत्रकार : बन्नको लागि .. हो |

प्रभुपाद: परिवार ,अवश्य पनि । हाम्रो सरोकार परिवारसँग छैन , हाम्रो सरोकार व्यक्ति विशेषसँग छ । यदि कुनै व्यक्ति कृष्ण भावनामृत अभियानमा दिक्षित हुन चाहन्छ भने उसले आफ्ना पापपूर्ण क्रियाकलाप त्याग्नुपर्छ ।

महिला पत्रकार : त्यसोभए तपाईले परिवार पनि त्याग्नुपर्छ । तर ...

श्यामसुन्दर : होइन , होइन तपाईले परिवार त्याग्नुपर्दैन ।

महिला पत्रकार : तर मेरो मतलब, मानौं म दिक्षित बन्न चाहन्छु । के म यहाँ आएर बस्नुपर्छ ?

श्यामसुन्दर : अहँ।

प्रभुपाद : आवश्यक छैन ।

महिला पत्रकार : ए, म घरमा नै बस्न सक्छु ?

प्रभुपाद : सक्नुहुन्छ ।

महिला पत्रकार : मेरो कामको के हुन्छ ? हामीले आफ्नो कामकाज पनि त्याग्नुपर्छ ?

प्रभुपाद : तपाईले आफ्ना नराम्रा बानीहरु त्याग्नुपर्छ र माला जप्नुपर्छ , हरे कृष्ण मन्त्र । त्यति हो ।

महिला पत्रकार : मैले केहि आर्थिक सहयोग पनि गर्नुपर्छ ? प्रभुपाद : पर्दैन। यो तपाईको स्वेच्छा हो । यदि तपाई हामीलाई दिनुहुन्छ भने ठिक छ । अन्यथा , हामीलाई कुनै आपत्ति छैन ।

महिला पत्रकार : माफ गर्नुहोला , मैले बुझ्न सकिनँ ।

प्रभुपाद : हामीलाई चाहिंदैन, हामी कसैको आर्थिक सहयोगमा निर्भर छैनौं । हामी भगवान् कृष्णमा निर्भर छौँ ।

महिला पत्रकार : यसको मतलब मैले तपाईलाई पैसा दिनुपर्दैन ।

प्रभुपाद : पर्दैन ।

महिला पत्रकार : के वास्तविक गुरु र नक्कली गुरु छुट्याउने मुख्य उपाय हो यहि ?

प्रभुपाद: हो । वास्तविक गुरु व्यापारी होइनन् ।