NE/Prabhupada 0254 - वैदिक ज्ञान गुरुले बुझाउनुहुन्छ



Lecture on BG 2.8 -- London, August 8, 1973

मौलिक रुपमा हामी सबै पृथक छौं, निराकार होइन | कृष्णले पनि भन्नुहुन्छ कि: "यी सैनिकहरु, यी राजाहरु, तिमी र म, मेरो प्रिय अर्जुन, यो होइन कि अतितमा हाम्रो अस्तित्व थिएन | न त हाम्रो अस्तित्व भविष्यमा समाप्त हुनेछ |" कृष्णको यस विशेष उपदेश कि: "यहाँ उपस्थित म, तिमी, यी सबै राजाहरु र सैनिकहरुको अस्तित्व पहिले पनि थियो | जसरी हामी अहिले व्यक्तिगत रुपमा पृथक छौं, उनीहरुको व्यक्तिगत पृथक थियो | र भविष्यमा पनि हामी पृथक हुनेछौ |" त्यसैले निराकारको प्रश्न कहाँ छ ? यी बेकार निराकारवादीहरु, शुन्यवादीहरु | तसर्थ, हरेक कुरा यथार्थ रुपमा बुझ्न अर्जुन जस्तै कृष्ण समक्ष जानुपर्छ, शिष्यस् ते ऽहम्: (भ गी २।७) "अब म हजुरको शिष्य हुँ | हजुर मलाई सिकाउनुहोस् | शाधि मां प्रपन्नम् | म शरणागत हुँदैछु | म हजुरसँग समान स्तरमा बोल्ने प्रयास गर्दिनँ | गुरु स्वीकार्नु भनेको गुरुले जे भन्छन्, तपाईले स्वीकार्नुपर्छ | अन्यथा, गुरु नबनाउनुहोस् | फेसनजस्तो नगर्नुहोस् | तपाई तयार हुनुपर्छ | यसलाई प्रपन्नम् भनिन्छ | तद् विद्धि प्रणिपातेन (भ गी ४|३४) | तपाईले केवल शरणागतिद्वारा बुझ्न सक्नुहुन्छ, गुरुलाई परिक्षण गर्ने होइन | "म अब उहाँलाई कति थाहा छ, परिक्षण गर्छु |" तब गुरु बनाउनुको के अर्थ रहन्छ ? हुँदैन | तसर्थ अर्जुनले भन्छन् कि "हजुर बाहेक मलाई यस विचलित परिस्थितिमा सन्तुष्ट पार्नसक्ने अरु कोहि पनि छैन |" यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् (भ गी २।८) | "मेरा इन्द्रियहरु सुकेका छन् |" किनकि सतही इन्द्रियहरु...... वास्तवमा तिनीहरु इन्द्रिय होइनन् | वास्तविक इन्द्रियहरु भित्र छन् | हृषीकेण हृषीकेश​-सेवनम् (चै च मध्य १९।१७०) |

हामीले कृष्ण वा हृषीकेशको सेवा गर्नुपर्छ...... कृष्ण वास्तविक हुनुहुन्छ र हामी वास्तविकताको स्तरसम्म पुग्नुपर्छ | तब हामीले कृष्णको सेवा गर्न सक्छौं | हृषीकेण | तत् परत्वेन निर्मलम् | जब हाम्रा इन्द्रियहरु शुद्ध हुन्छन् | इन्द्रियाणि पराण्य् आहुर् इन्द्रियेभ्यः परं मनः, मनसस् तु परो बुद्धिर् (भ गी ३।४२) | यी विभिन्न स्तर हुन् | जीवनको यो शारीरिक अवधारणा अर्थात् इन्द्रियहरु | तर जब तपाईले यी इन्द्रियहरुलाई पार गर्नुहुन्छ, तब तपाई मानसिक स्तरमा पुग्नुहुन्छ | जब तपाईले मानसिक स्तरलाई पार गर्नुहुन्छ, तब तपाई बौद्धिक स्तरमा पुग्नुहुन्छ | जब तपाईले बौद्धिक स्तरलाई पार गर्नुहुन्छ, तब तपाई आध्यात्मिक स्तरमा पुग्नुहुन्छ | त्यो आध्यात्मिक रुप हो | विभिन्न श्रेणी र प्रक्रिया छन् | स्थूल शारीरिक स्तरमा हामी प्रत्यक्ष​-ज्ञानम् चाहन्छौं | प्रत्यक्ष भनेको सिधा अनुभूति | ज्ञानका विभिन्न स्तरहरु छन् | प्रत्यक्ष, परोक्ष, अपरोक्ष, अधोक्षज, अप्रकृत | यी ज्ञानका विभिन्न स्तर हुन् | शारीरिक स्तरमा प्रत्यक्ष अनुभूतिद्वारा प्राप्त गरेको ज्ञान वास्तविक ज्ञान होइन | तसर्थ हामीले यी तथाकथित वैज्ञानिकहरुलाई चुनौती दिन सक्छौं | तिनीहरुको ज्ञानको प्रमुख सिद्धान्त जीवनको शारीरिक अवधारणा, प्रत्यक्ष, प्रयोगात्मक ज्ञानमा आधारित छ | प्रयोगात्मक ज्ञान अर्थात् यो स्थूल इन्द्रियातित अनुभूति | त्यो प्रयोगात्मक हुन्छ | प्रत्यक्ष | सबजनाले भन्छन्: "हामी भगवानलाई देख्दैनौं |" भगवान् यस्तो विषय हुनुहुन्न कि तपाईले उहाँलाई प्रत्यक्ष अनुभूतिद्वारा देख्न सक्नुहुन्छ | भगवानको अर्को नाम अनुभाव हो | जस्तै यो कोठामा हामीले सूर्यलाई प्रत्यक्ष रुपमा देख्न सक्दैनौं | तर हामीलाई थाहा छ कि त्यहाँ सूर्य छन् | यो दिनको समय हो | तपाईलाई कसरी थाहा हुन्छ ? तपाईले देख्नुहुन्न | तर तपाईले अनुभव गर्नसक्ने अरु विधिहरु छन् | त्यसलाई अपरोक्ष भनिन्छ | प्रत्यक्ष परोक्ष अपरोक्ष​ | यस प्रकार, कृष्ण भावना भनेको अधोक्षज र अप्रकृत, इन्द्रियहरुभन्दा पर | तसर्थ भगवद् गीतामा भनिएको छ: अधोक्षज | जहाँ प्रत्यक्ष अनुभूति पुग्न सक्दैन | जहाँ प्रत्यक्ष अनुभूति पुग्न सक्दैन, त्यहाँ तपाईले अनुभावको अनुभूति कसरी गर्न सक्नुहुन्छ ? त्यसलाई श्रोत-पन्था भनिन्छ | त्यो भनेको श्रुति | तपाईले वेदबाट ज्ञान प्राप्त गनुपर्छ | र वैदिक ज्ञान गुरुले बुझाउनुहुन्छ | तसर्थ हामीले कृष्ण वा उहाँको प्रतिनिधिलाई परम-गुरु मानेर आश्रय लिनुपर्छ | तब यी सब समस्या वा अज्ञानता नाश गर्न सकिन्छ | यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् (भ गी २।८) |