NE/Prabhupada 0255 - भगवानको सरकारमा धेरै निर्देशक हुनुपर्छ, उनीहरुलाई देवता भनिन्छ
Lecture on BG 2.8 -- London, August 8, 1973
अब कृष्णले भन्न सक्नुहुन्छ: "उनीहरु छन् | तिमी पनि छौ, अस्थायी रुपमा....... तिमी युद्ध गर | र जब तिमीले राज्य प्राप्त गर्छौ, तब तिमी खुसी हुनेछौ | मलाई गुरु बनाउने कुनै आवश्यकता छैन | न त यो....." जस्तै साधारण मानिसहरु सोच्छन् कि "हामी यति धेरै धन कमाउँदैछौं | गुरु बनाउने के आवश्यकता ? मैले आफ्नै तरिकाले सबै कुरा बुझ्न सक्छु |" र अर्को धूर्तले भन्छ: "हो, यत मत तत पथ | तिमीहरुको जस्तो मत पनि ठिक हुन्छ | तिमीले आफ्नै मत राख्न सक्छौ |" त्यो चल्दैछ | तपाईले भगवानलाई बुझ्न आफ्नै मत राख्न सक्नुहुन्छ | सबै मूर्ख, धूर्तहरुले आफ्नै मत राख्दैछन् | हुँदैन, त्यो सम्भव छैन | तसर्थ, अर्जुनले भन्छन्: अवाप्य भूमाव् असप्त्नम् ऋद्धम् (भ गी २।८) | यो धेरै महत्वपूर्ण शब्द हो | सपत्नि | सपत्नि अर्थात् "सौता पत्नी" | यदि कुनै मानिससँग दुई, तीन श्रीमती छन्...... किन दुई, तीन ? हाम्रो भगवानसँग १६,१०० श्रीमती छन् | त्यसैले उहाँ भगवान् हुनुहुन्छ | सपत्न्य, तर त्यहाँ कुनै प्रतिस्पर्धा हुँदैन | तपाईले कृष्ण पुस्तकमा सबै रानीहरुको बयान पाउनुहुनेछ, जब उनीहरु द्रौपदीसँग बोल्दै थिए, हरेक श्रीमतीले विवरण दिंदै थिए कि उनीहरु कृष्णकी दासी बन्न कति उत्सुक थिए | कोहि पनि प्रतिस्पर्धी थिएनन् | भौतिक जगतमा यदि कुनै मानिससँग एकभन्दा बढी श्रीमती हुन्छन् भने त्यहाँ प्रतिस्पर्धा हुन्छ | यो उदाहरण श्रीमद् भागवतममा दिइएको छ कि जसरी हामीसँग इन्द्रियहरु छन्, त्यसैगरी, यदि कोहिसँग धेरै श्रीमती छन् भने एउटी श्रीमतीले उसलाई तान्छे: "तिमी मेरो कोठामा आऊ," अर्की श्रीमतीले तान्छे: "तिमी मेरो कोठामा आऊ |" त्यस कारण त्यो मानिस विचलित हुन्छ | त्यसैगरी, हामीसँग यी इन्द्रियहरु श्रीमतीको रुपमा छन् | यी आँखाहरुले तान्दैछन्: "कृपया चलचित्र हेर्न जाऊ |" जिब्रोले तान्दैछ: "कृपया रेस्टुराँमा जाऊ |" हातले अर्कैतिर तान्दैछ | खुट्टाले अर्कैतिर तान्दैछ | हाम्रो परिस्थिति यस्तो छ | धेरै श्रीमती भएको मानिसलाई विभिन्न कोठामा तानेको जस्तै | हाम्रो परिस्थित यस्तो छ | किन यस्तो परिस्थिति ? किनकि यी श्रीमतीहरु प्रतिस्पर्धी हुन् | यहाँ: सपत्न्यम् ऋद्धम् | यदि एउटा सम्पत्तिको दाबी गर्ने धेरै राजाहरु छन् भने कठिनाइ उत्पन्न हुन्छ | र अर्जुनले भन्छन्: अवाप्य भूमाव् असप्त्न्यम् ऋद्धम् (भ गी २।८) | "अरु कुनै दावेदार नभएको परिस्थितिमा धन प्राप्त गर्ने | म एकमात्र मालिक हुँ, मैले त्यस्तो धन प्राप्त गरे पनि, त्यस्तो राज्य प्राप्त गरे पनि, सुराणाम् अपि चाधिपत्यम्, यो संसारको राज्यमात्र होइन तर उच्च-लोकको राज्य पनि......" यी मानिसहरु चन्द्र-लोक जान प्रयासरत छन् | तर त्यहाँ अर्को राज्य पनि छ | त्यस राज्यका मालिक उच्च-कोटिका जीवहरु हुन्, जसलाई देवता भनेर चिनिन्छ | उनीहरु धेरै शक्तिशाली हुन्छन् | जस्तै इन्द्र | इन्द्र वर्षाको धेरै शक्तिशाली नियन्त्रक हुन् | उनीसँग वज्रपात छ | मानिसहरु यो विश्वास गर्दैनन् तर हामी विश्वास गर्छौं | वैदिक शास्त्रमा जे वर्णित छ..... विश्वास नगर्ने | तपाईले विश्वास गर्नुपर्छ | यो तथ्य हो | यो वज्रपात कहाँबाट आउँदैछ | वर्षाको व्यवस्था कसले गर्दैछ ? कोहि निर्देशक हुनुपर्छ | जसरी सरकारी कार्यालय वा राज्यमा धेरै विभागीय व्यवस्थापन छन्, त्यसैगरी भगवानको सरकारमा धेरै निर्देशक हुनुपर्छ, धेरै अधिकृत हुनुपर्छ | उनीहरुलाई देवता भनिन्छ | देवर्षि-भूताप्त-नृणां पितृणाम् (श्री भा ११|५|४१) | देवताः, देवताहरुले कृष्णको आदेशमा हामीलाई विभिन्न कुरा प्रदान गर्दैछन् | जस्तै इन्द्रले हामीलाई प्रदान गर्दैछन् | तसर्थ इन्द्र-यज्ञ, विभिन्न देवताहरुलाई सन्तुष्ट पार्न विभिन्न यज्ञहरु छन् | तपाईलाई थाहा छ कि गोवर्धनमा कृष्णले इन्द्र-यज्ञ रोक्नुभयो | जब नन्द-महाराजले इन्द्र-यज्ञको व्यवस्था गर्दै हुनुहुन्थ्यो, कृष्णले भन्नुभयो: "मेरो प्रिय पिताजी, इन्द्र-यज्ञको कुनै आवश्यकता छैन |" त्यसको अर्थ, कृष्ण भावनाभवित व्यक्तिको लागि कुनै पनि यज्ञ आवश्यक छैन | विशेषगरी यो युग, कलि-युगमा विभिन्न प्रकारका यज्ञहरु सम्पन्न गर्न धेरै कठिन छ | त्रेता-युगमा यो सम्भव थियो | कृते यद् ध्यायतो विष्णुं त्रेतायां यजतो मखैः (श्री भा १२।३।५२) | मखैः अर्थात् यज्ञ | यज्ञार्थे कर्मणो ऽन्यत्र लोको ऽयं कर्म-बन्धनः (भ गी ३।९) | यी सुत्रहरु, यी निर्देशनहरु कसैले पालन गरेका छैनन् | यो युगमा यसो गर्न सम्भव छैन | तसर्थ शास्त्रमा उपदेश छ कि: यज्ञैः सङ्कीर्तनैर् प्रायैर् यजन्ति हि सुमेधसः | जोसँग दिमाग छ, धेरै कुराहरुको झन्झट लिनुभन्दा उसले सङ्कीर्तन-यज्ञ सम्पन्न गर्छ | यी शास्त्रका बयान हुन् |