NE/Prabhupada 0267 - व्यासदेवले वर्णन गरेका छन् कि कृष्ण को हुनुहुन्छ



Lecture on BG 2.10 -- London, August 16, 1973


कृष्ण भक्ति त्यस्तो हुन्छ | इन्द्रियहरु माथि पूर्ण नियन्त्रण | जसरी सबै नियन्त्रणहरु माथि कृष्णको नियन्त्रण छ, त्यसैगरी जो वास्तवमा कृष्णका भक्तहरु हुन् , उनीहरुको पनि इन्द्रिय माथि नियन्त्रण हुन्छ | हृषीकेश​ | जस्तै यमुनाचार्य | उहाँले प्रार्थना गर्नुहुन्छ, यद्-अवधि मम चित्तः कृष्ण​-पदारविन्दे, नव​-नव​-धामन्य् उद्यतं रन्तुम् आसीत्: "जबदेखि मैले कृष्णको चरणकमलमा आश्रय लिएको कारण दिव्य आनन्द अनुभव गरेको छु," यद्-अवधि मम चित्तः कृष्ण​-पदारविन्दे, कृष्ण​-पदारविन्दे, कृष्णको चरणकमल | "जबदेखि मेरो चित्त, मेरो हृदय, कृष्णको चरणकमलप्रति आकर्षित भएको छ ," तद्-अवधि बत नारी-सङ्गमे, "तबदेखि, मैले यौन जीवनको बारे सोच्ने बित्तिकै," भवति मुख​-विकार, "म घृणा गर्छु, म त्यस माथि थुकिदिन्छु |" यो कृष्ण भक्ति हो | कृष्ण भक्ति यस्तो हुन्छ | भक्ति-परेशानुभव​-विरक्तिर् अन्यत्र स्यात् | भौतिक जगतको सबै भन्दा आकर्षक कुरा यौन जीवन हो | यो भौतिक जीवनको जग हो | सबै मानिसहरु केवल यौन सन्तुष्टिको लागि दिन-रात कठोर परिश्रम गर्दैछन् | यन् मैथुनादि-गृह​... उनीहरु निकै जोखिम उठाउँछन् | कर्मीहरु निकै मेहेनत गर्दैछन् | उनीहरुको जीवनको आनन्द के हो? जीवन को आनन्द भनेको मैथुन हो | यन् मैतुनादि-गृहमेधि-सुखं हि तुच्छम् | धेरै घृणास्पद कार्य, तर त्यो उनीहरुको आनन्द हो | यो भौतिक जीवन हो | कृष्ण त्यस्तो हुनुहुन्न | तर ती मूर्खहरु चित्र बनाउँछन्, र त्यो चित्रलाई सराहना गर्छन् कि कृष्ण गोपीहरुलाई अंकमाल गर्दै हुनुहुन्छ | कसैले मलाई भन्दैथ्यो... अन्तिम... को आएको थियो? त्यो कृष्णको तस्विर | तिनीहरुले कृष्णले पुतनाको वध गर्नुभएको चित्र बनाउँदैनन्, वा कंसको वध, वा .... कृष्णका धेरै चित्रहरु धेरै छन् | ती चित्रहरु तिनीहरुले बनाउँदैनन् | तिनीहरु केवल कृष्ण र गोपीहरुको गोप्य सम्बन्धको चित्र बनाउँछन् | जसले कृष्णलाई बुझ्न सक्दैन, कृष्ण को हुनुहुन्छ, जुन कुरा व्यसदेवले नौ स्कन्धमा बताएका छन्, कृष्णलाई बुझ्नको लागि, र त्यसपछि दशौँ स्कन्धमा उनले कृष्णको जन्म सुरु गर्छन् | तर यी धूर्तहरु, यिनीहरु सिधै रास-लीलामा जान्छन् | पहिले कृष्णलाई बुझ्नुपर्छ | जस्तै, यदि तिमी कुनै ठुलो व्यक्तिको मित्र भयौ भने पहिले उसलाई बुझ्ने प्रयास गर | त्यसपछि मात्र तिमीले उसको पारिवारिक अथवा गोप्य कुरा बुझ्ने प्रयास गर्न सक्छौ | तर यी मानिसहरु सिधै रासलीलामा जान्छन् | र गलत ढंगले बुझ्छन् | त्यसैले तिनीहरुले कहिलेकहीं भन्छन, "कृष्ण अनैतिक हुनुहुन्छ |" कृष्ण कसरी अनैतिक हुनुभयो ? कृष्णको नाम जपेर अनैतिक मानिसहरु नैतिक बन्दैछन्, र कृष्ण अनैतिक हुनुहुन्छ | उनीहरुको मूर्खता हेर त | केवल कृष्णको नाम जपेर सबै अनैतिक मानिसहरु नैतिक बन्दैछन् | र कृष्ण अनैतिक हुनुहुन्छ | यो एउटा धूर्त प्राध्यापकले भनेको हो |