NE/Prabhupada 0399 - श्री नाम, गाय गौर मधुर स्वरे तात्पर्य



Purport to Sri Nama, Gay Gaura Madhur Sware -- Los Angeles, June 20, 1972


गाय गौरचन्द मधु स्वरे | यो भजन भक्तिविनोद ठाकुरले लेख्नु भएको छ | उहँ भन्नुहुन्छ कि चैतन्य महाप्रभु, गौर, गौर भनेको चैतन्य महाप्रभु हुनुहुन्छ | गौरसुन्दर, गोरो वर्णको हुनुहुन्छ | गाय गौरचन्द मधुर स्वरे | मिठो स्वरमा, उहाँले महा-मन्त्र​ गाउँदै हुनुहुन्छ, हरे कृष्ण, हरे कृष्ण ,कृष्ण कृष्ण, हरे हरे, हरे राम, हरे राम, राम राम, हरे हरे | धेरै मिठो स्वरमा उहाँले गाउँदै हुनुहुन्छ, र यो हाम्रो दायित्व हो कि हामी उहाँहरुको चरण चिन्नमा महा-मन्त्र गाउँनु पर्छ | त भक्तिविनोद ठाकुरले सल्लाह दिनुहुन्छ, गहे थाको, वने थाको, सदा ऽहरिऽ बोलेऽ डाको | गहे थाको भनेको चाहे तिमी गृहस्थ भएर घरमा बस, वा जंगलमा गएर सन्यासी बन, यसले कुनै फरक पर्दैन, तर तिमीले महा मन्त्र जप गर्नुपर्छ, हरे कृष्ण | गहे थाको, वने थाको, सदा ऽहरिऽ बोलेऽ डाको | सधै महा-मन्त्रको जप गर | सुखे दु:खे भुलो नाऽको," जप गर्न बिर्सिनु हुदैन दुख वा सुख होस् |" वदाने हरि - नाम कोरो रे | जहाँ सम्म, जपको कुरा छ, त्यहाँ कुनै रोक हुनसक्दैन, किनकि म जुनसुकै अवस्था भए तापनि, म यो महा-मन्त्र जप गर्दै गर्छु, हरे कृष्ण, हरे कृष्ण ,कृष्ण कृष्ण, हरे हरे, हरे राम, हरे राम, राम राम, हरे हरे | त भक्तिविनोद ठाकुरले सलाह दिनुभएको छ," वास्ता नगर, कि तिमी पिडामा छौ कि खुसियालीमा छौ, तर यो महा मन्त्रको जो गर्न नछोड |" माया-जाले बद्ध होऽये, आछो मिछे काज लोऽये | तिमि भ्रामिक शक्तिको संजालमा अल्झिन्छौ | माया-जाले बद्ध होऽये, जसरि माझीले समुन्द्बाट धेरै प्रकारका प्राणीहरुलाई समाउछ | त्यसरी नै हामी पनि भ्रामिक शक्तिको जालमा छौ, किनकि हामीसँग स्वतन्त्रता छैन, त्यसैले हाम्रा सबै कार्य व्यर्थ छन् | स्वन्तन्त्रतामा गरिएको कार्यको केहि अर्थ हुन्छ, तर जब हामी स्वतन्त्र हुदैनौ, मायाको बन्दनबाट, मायाको संजालबाट, तब हाम्रो स्वतन्त्रताको कुनै अर्थ हुदैन | त्यसैले, हामीले जे गर्दै छौ, यो केवल हार हो | हाम्रो वास्तविक अवस्था नजानी, यदि तिमीलाई केहि काम गर्न लगायो भने, भ्रामिक शक्तिको दबावमा, यसले केवल समयको नाश हुन्छ | तसर्थ, भक्तिविनोद ठाकुर भन्नुहुन्छ ," अब तिमीले मनुष्य शरीरमा पूर्ण चेतना पाएका छौ | त केवल हरे कृष्ण, राधा- माधव जस्ता नामको जप गर | त्यसमा केहि घाटा छैन, ठुलो फाइदा छ |" जीवन होइलो शेष​, ना भजिले हृषीकेश​ | अब विस्तारी सबैजना मृत्युको सीमामा छन्, कसैले पनि त्यो भन्न सक्दैन, " म बाच्न सक्छु, म सैयौ वर्षसम्म बाच्न सक्छु |" होइन, कुनैपनि समयमा हामी मर्न सक्छौ | तसर्थ, उहाँले सुझाव दिदैहुनुहुन्छ जीवन होइलो शेष: हाम्रो जीवनको अन्तिम समयमा, र हामीले यदि हृषीकेश, कृष्ण​को सेवा गरेनौ भने | भक्तिविनोदोपदेश​ | त्यसैले भक्तिविनोद ठाकुर सुझाव दिनुहुन्छ, एक्बार नामृअसे मातो रे: " दिव्य नाम जप गर्न मधुर भाव मा कृपया मंत्रमुग्ध होऊ, नाम-रसे | आफुलाई यो समुन्द्रमा डुबकी लगाउ | त्यो मेरो निवेदन हो |"