NE/Prabhupada 0458 - हरे कृष्ण जप्नु - कृष्णलाई आफ्नो जिब्रोले छुनु



Lecture on SB 7.9.6 -- Mayapur, February 26, 1977


प्रभुपाद: जसरि नर्सिम्हा-देवले प्रहलाद महाराजको शिर स्पर्स गर्नु भयो, तत्काल तिमीले त्यो सुविधा प्राप्त गर्न सक्छौ | "त्यो सुविधा के हो? कसरी? नरसिंह-देव यहाँ हुनुहुन्न | कृष्ण यहाँ हुनुहुन्न |"​ होइन | उहाँ यहाँ हुनुहुन्छ | "त्यो के हो?" नाम रूपे कलि कले कृष्ण अवतार (चै च आदि १७.२२) | कृष्ण आफ्नो नामबाट पनि प्रकाशित हुनुहुन्छ, कृष्ण | यो कृष्ण नाम, हरे कृष्ण, कृष्ण भन्दा भिन्न छ भनेर न सोच्नुस | पूर्ण | कृष्णको विग्रह, कृष्णको नाम, कृष्ण पूर्ण हुनुहुन्छ सबै पूर्ण सत्य छ | भिन्नता छैन | यो युगमा नाम जपेर मात्रै: कीर्तनाद् एव कृष्णस्य मुक्त​-सङ्गः परं व्रजेत् (श्री भाग १२.३.५१) | कृष्णको पवित्र नाम जपेर मात्रै.... नाम-चिन्तामणि कृष्णः च्ऐतन्य​ऋअस​-विग्रहः, पूर्णः शुद्धो नित्य​-मुक्तः (चै चअध्य १७.१३३) | कृष्णको नाम कृष्ण भन्दा भिन्न छ भनेर न सोच्नुस | यो पूर्णम छ | पुर्नाह पूर्णम् अदः पूर्णम् इदम् (ईशोपनिषद्, निवेदन ). | सबै पूर्ण छ | पूर्ण भनेको "पुरा |" हामीले यो पूर्णताको बारे इसोपनिसादमा वर्णित छ | तिमीले पढेको छौ | कृष्णको पवित्र नाममा चित्त लगाउ | तिमीले त्यही प्रहलाद महाराज जस्तै लाभ प्राप्त गर्न सक्छौँ नर्सिमंह-देवको कामल करको स्पर्सले | त्यहाँ कुनै भिन्नत छैन | जहिले त्यस्तो सोच, जब तिमीले हरे कृष्ण जप छौ, तिमीलाई थाहा हुनुपर्छ कि हामीले कृष्णलाई हाम्रो जिब्रोले स्पर्स गर्दै छु | त्यसपछि तिमीले प्रहलाद महाराजले पाएको लाभ प्राप्त गर्न सक्छौ |

धेरै धन्यवाद |

भक्तहरु: जय!