NE/Prabhupada 0649 - मन चालक हो । शरीर रथ वा गाडी हो



Lecture on BG 6.2-5 -- Los Angeles, February 14, 1969

भक्त: श्लोक संख्या पाँच | "एक मानिसले आफुलाई आफ्नै मनद्वारा उठाउनुपर्छ | आफुलाई झार्ने होइन | मन एक बद्ध जीवको साथी हो र उसको शत्रु पनि हो (भ गी ६|५) |" तात्पर्य: संस्कृत शब्द आत्माले विभिन्न परिस्थितिको आधारमाशरीर, मन र आत्मालाई जनाउँछ | योग विधिमा, मन र बद्ध जीव विशेषगरि महत्वपूर्ण छन् | मन योग-अभ्यासको केन्द्र भएकाले, आत्माले यहाँ मनलाई जनाउँछ | योग विधिको प्रयोजन मनलाई नियन्त्रण गर्नु र इन्द्रियातित वस्तुप्रतिको आसक्तिबाट टाढा आनु हुन्छ | यहाँ जोड दिइएको छ कि मनलाई यसरि तालिम दिनुपर्छ कि यसले बद्ध जीवलाई अज्ञानताबाट मुक्त गर्न सक्छ |"

प्रभुपाद: अष्टाङ्ग योग विधिमा, ध्यान, धारण- तिनीहरु मन नियन्त्रण गर्नको लागि हो | मन, जबसमा तपाईले मन नियन्त्रण गर्नुहुँदैन..... सुरुवातमा भनिएको छ कि एक मानिसले आफुलाई आफ्नै मनद्वारा माथि उठाउनुपर्छ | मन चालक जस्तै हुन्छ | शरीर रथ वा गाडी हो | त्यसैले जस्तै यदि तपाईले आफ्नो चालकलाई भन्नुहुन्छ, "कृपया मलाई कृष्ण भावनाभवित मन्दिरमा लग |" चालकले तपाईलाई यहाँ ल्याउनेछ | र यदि तपाई आफ्नो चालकलाई भन्नुहुन्छ,"कृपया मलाई त्यो रक्सि पसलमा लग |" चालकले तपाईलाई त्यहाँ लानेछ | शालकको कार्य तपाईलाई इच्छा भए अनुरुप स्थानमा लानु हो | त्यसैगरी तपाईको मन चालक हो | यदि तपैले नियन्त्रण गर्न सक्नुहुन्छ- तर यदि चालकले तपाईको अनुपत्र लिन्छ, कि जहाँ उसलाई इच्छा लाग्छ, उसले लानेछ | तब तपाई सकिनुहुन्छ | तब तपाईको चालक तपाईको शत्रु हो | तर यदि तपाईको चालक तपाईको आज्ञामा चल्छ, तब ऊ तपाईको मित्र हो | वास्तवमा योग विधि भनेको मनलाई त्यस्तो प्रकारले नियन्त्रण गर्नु कि ऊ तपाईको मित्रको रुपमा कार्य गर्छ, शत्रुको रुपमा होइन | वास्तवमा मन मेरो रुपमा कार्य गर्दैछ, किनकि मसँग थोरै स्वतन्त्रता छ, किनकि म परमब्रह्मको अंश हुँ जोसँग पूर्ण स्वतन्त्रता छ, तसर्थ मसँग थोरै स्वतन्त्रता छ | मनले त्यो स्वतन्त्रता नियन्त्रण गर्दैछ | यदि मनले भन्छ,"ठिक छ, म कृष्ण भावनाभवित मन्दिरमा जान्छु," र मनले भन्न सक्छ,"ओहो यो बेकार के हो, कृष्ण, कुनै क्लबमा जानुपर्यो |" त्यसैले मनले तपाईलाई चलाउँदै छ | तसर्थ हाम्रो कृष्ण भावनाभवित अभियान भनेको मनलाई कृष्णमा एकाग्र गर्नु हो, त्यति हो | उहाँ केवल मित्रको रुपमा व्यवहार गर्नुहुन्छ | तपाईले देख्नुहुन्छ ? उहाँको कुनै एक स्थान दिने सामर्थ्य छ | जब कृष्ण मनमा बस्नुहुन्छ, जस्तै जब सुर्यप्रकास हुन्छ, सुर्य आकाशमा हुन्छ, अन्धकारको कुनै सामर्थ्य हुँदैन | कुनै सम्भावना हुँदैन | अन्धकार कहिल्यै सुर्य अघि आउँदैन | त्यसैगरी, कृष्ण सुर्यजस्तै हुनुहुन्छ | तपाई कृष्णलाई मनमा राख्नुहोस् | माया, अन्धकार कहिल्यै आउन सक्दिनन् | त्यो प्रथम श्रेणीको योग विधि हो | त्यो योग विधिको पूर्णता हो | जसको मन यति बलियो छ कि मनले कुनै नचाहिने कुरा आउन दिंदैन, तब तपाईको पतन कहाँ हुन्छ ? मन बलियो छ, चालक बलियो छ | उसले तपाईलाई कहीं लान सक्दैन जबसम्म तपाईले इच्छा गर्नुहुँदैन | त्यसैले सम्पूर्ण योग विधि भनेको मनलाई बलियो बनाउनु हो | परमब्रह्मबाट मोडिन होइन | त्यो योगको पूर्णता हो | स वै मनः कृष्ण​-पदारविन्दयोः (श्री भा ९|४|१८) | एक मानिसए आफ्नो मन एकाग्र पार्नुपर्छ, जस्तै अम्बरीष​ महाराजले आफ्नो मन केवल कृष्णमा एकाग्र पार्नुभयो | तर एउटा योगी, अष्टाङ्ग योगी, दुर्वासा मुनिसँग झगडा परेको थियो | महाराज अम्बरीष​, उनी राजा थिए, उनी गृहस्थ थिए, उनी धनि मानिस थिए | गृहस्थ भनेको उसले रुपैंयाँ, पैसाको कारोबार गर्नुपर्छ | डलर, सेन्ट | राजा, उनी वास्तवमा रह थिए | दुर्वासा मुनि महान योगी थिए | उनी राजाप्रति इर्ष्यालु थिए | कि,"यो कसरी हुन्छ ? म यति महान योगी छु, म अन्तरिक्षमा यात्रा गर्न सक्छु, र यो मानिस साधारण राजा छ, उसले योगको कुनै जादु देखाउन सक्दैन, तर पनि मानिसहरु उसलाई सबभन्दा सम्मान गर्छन् | किन ? म उसलाई पाठ सिकाउनेछु |" त्यसैले उनले राजासँग झगडा गरे, त्यो लामो कथा छ, म यो कुनै अरु दिन भन्नेछु, अन्त्यमा उनी पराजित भए | र उनलाई नारायणले ती राजा, अम्बरीष​ महाराजको चरणकमलमा आश्रय लिने निर्देशन दिनुभयो | यी घटनाहरु हामीले आधिकारिक शास्त्रबाट देख्छौं, कि उनले केवल कृष्णलाई आफ्नो मनमा राखेका थिए | र उनले महान योगीलाई पराजित गरे | दुर्वासा मुनि, उनी यति पूर्ण योगी थिए, कि एक वर्षभित्र \ उनी यो भौतिक अन्तरिक्षभरि यात्रा गरे र भौतिक अन्तरिक्षभन्दा पर अध्यात्मिक अन्तरिक्षमा - सिधा भगवानको लोक, राज्यमा गए, वैकुण्ठ र उनले भगवानलाई व्यक्तिगत रुपमा देखे | तब पनि उनी यति कम्जोर थिए कि उनी फर्कनुपर्यो र महाराज अम्बरीष​को चरणकमलमा आश्रय लिए | तर महाराज अम्बरीष​, उनी साधारण राजा थिए, उनी केवल कृष्णको बारेमा सोच्दै थिए, त्यति हो | यी घटनाहरु हामीले देख्छौं | तसर्थ उत्कृष्ट पूर्णताको योग विधि भनेको मनलाई नियन्त्रण गर्नु | र तपाईले मनलाई सजिलै नियन्त्रण गर्न सक्नुहुन्छ यदि तपाईले कृष्णको चरणकमललाई आफुभित्र राख्नुहुन्छ, त्यति हो | केवल कृष्णको बारेमा सोच्नुहोस् र तपाई विजेता हुनुहुन्छ | तपाई विजयी हुनुहुन्छ | तपाई उच्चतम योगी बन्नुहुन्छ | किनकि योग विधि भनेको, योग इन्द्रिय संयम | योग भनेको इन्द्रियहरुलाई नियन्त्रण गर्नु | र इन्द्रिय माथि, मनलाई | त्यसैले यदि तपाईले मनलाई नियन्त्रण गर्नुहुन्छ, इन्द्रियहरु स्वत: नियन्त्रित हुन्छन् | तपाईको जिब्रोले केहि नचाहिने कुरा खान चाहन्छ, तर यदि तपाईको मन बलियो छ, मनले भन्छ,"होइन | तिमीले खान सक्दैनौ | तिमीले कृष्ण प्रसाद बाहेक केहि खान सक्दैनौ |" जिब्रो नियन्त्रित हुन्छ | त्यसैले इन्द्रियहरु मनद्वारा नियन्त्रित हुन्छ | इन्द्रियाणि पराण्य् आहुर् इन्द्रियेभ्यः परं मनः (भ गी ३|४२) | मेरो शरीर भनेको इन्द्रियहरु, त्यसैले, इन्द्रियहरु, मेरो गतिविधिहरु भनेको इन्द्रियातित गतिविधिहरु, त्यति हो | तर इन्द्रियहरुभन्दा माथि मन हुन्छ | मनभन्दा माथि बुद्धि हुन्छ | र बुद्धिभन्दा माथि आत्मा हुन्छ | यदि कोहि अध्यात्मिक स्तरमा छ, आत्माको स्तरमा, तब उसको बुद्धि अध्यात्मिक हुन्छ, उसको मन अध्यात्मिक हुन्छ, उसका इन्द्रियहरु अध्यात्मिक हुन्छन्, ऊ अध्यात्मिक हुन्छ | यो कृष्ण भावनाको विधि हो | किनकि वास्तवमा आत्मा कार्यरत छ, तर उसले प्रतिनिधिको रुपमा आफ्नो शाक्त यो बेकार मनलाई दिएको छ | ऊ सुत्दै छ | तर जब ऊ जागरुक हुन्छ, मालिक जागरुक हुन्छ, दासले केहि नाचाहिन्ने कुरा गर्न सक्दैन | त्यसैगरी यदि तपाई कृष्ण भावनामा जागरुक हुनुहुन्छ, तपाईको बुद्धि, तपाईको मन, वा तपाईको इन्द्रियहरु अर्थहिन रुपमा कार्य गर्न सक्दैनन् | तिनीहरुले आत्मा अनुसार कार्य गर्नुपर्छ | त्यो अध्यत्मिक हो | त्यसलाई भनिन्छ शुद्धिकरण | हृषीकेण हृषीकेश​-सेवनं भक्तिर् उच्यते (चै च मध्य १९|१७०) | भक्ति भनेको अध्यात्मिक रुपमा कार्य गर्नु | तपाईले कसरी कार्य गर्न सक्नुहुन्छ | तपाईए आफ्ना इन्द्रियहरुबाट कार्य गर्नुपर्छ | तसर्थ तपाईले आफ्ना इन्द्रियहरुलाई अध्यात्मिक बनाउनुपर्छ | ध्यान, कार्य रोक्नु भनेको नचाहिने कुरा रोक्नु, तर कृष्ण भावनामा कार्य गर्नु दिव्य हुन्छ | जस्तै तपाईले आफ्ना इन्द्रियहरु नचाहिने कुरा गर्नबाट रोक्नुपर्छ तर त्यो पूर्णता होइन | तपाईले राम्ररी कार्य गर्नुपर्छ | तब यो पूर्णता हुन्छ | अन्यथा यदि तपाईले आफ्ना इन्द्रियहरुलाई राम्ररी कार्य गर्न तालिम दिनुहुँदैन, यो फेरी नचाहिने गतिविधिहरुमा झर्छ | त्यसैले हामीले इन्द्रियहरुलाई कृष्णको लागि कार्य गर्न केहि संग्लाग्नता दिनुपर्छ | तब तल झर्ने कुनै अवसर हुँदैन | त्यो हो कृष्ण भावना |