NE/Prabhupada 0650 -कृष्ण भावनाको पूर्ण योगद्वारा यस बन्धनबाट बाहिर निस्किनुपर्छ
Lecture on BG 6.2-5 -- Los Angeles, February 14, 1969
भक्त: "भौतिक अस्तित्वमा, कोहि पनि मन र इन्द्रियको प्रभावमा पर्छ | वास्तवमा, शुद्ध आत्मा भौतिक जगतमा बद्ध हुन्छ, मनको अहंकारको कारणले जसले भौतिक प्रकृतिमा प्रभुत्व जमाउन चाहन्छ | तसर्थ, मन तालिमप्राप्त हुनुपर्छ ताकी यो भौतिक प्रकृतिको चमकबाट आकर्ष्टि हुँदैन | यस प्रकारले बद्ध जीव बच्न सक्छ | कसैले पनि इन्द्रियातित वस्तुको आकर्षणले आफुलाई पतित गराउनुहुँदैन | जो इन्दिन्द्रियका विषयतिर जति आकर्षित हुन्छ, ऊ त्यति नै संसारिक बन्धनमा फस्न थाल्छ | आफुलाई अनासक्त राख्ने सर्वोत्कृष्ट साधन भनेको मनलाई सधैं कृष्णको सेवामा संग्लग्न गराउनु | यस श्लोकमा संस्कृत शब्द हि यस तर्कमा जोड दिन प्रयोग भएको छ, कि एक मानिसले यो गर्नुपर्छ | यो पनि भनिएको छ: 'मानिसको लागि, मन बन्धनको कारण हो र मन मुक्तिको कारण हो | इन्द्रियका विषयमा लीन भएको मन बन्धनको कारण हो र इन्द्रियका विषयबाट अनासक्त भएको मन मुक्तिको कारण हो |' तसर्थ कृष्ण भावनामा सधैं संग्लग्न भएको मन परम मुक्तिको कारण हो |"
प्रभुपाद: हो | कुनै अवसर छैन | कृष्ण भावनामा सधैं संग्लग्न भएको मन, माया भावनामा संग्लग्न हुने कुनै अवसर छैन | जति हामी आफ्नो मनलाई कृष्ण भावनामा संग्लग्न गराउँछौं, जति तपाईले आफुलाई सुर्यमा राख्नुहुन्छ, अन्धकारमा जाने कुनै मौका छैन | त्यो विधि हो | यदि तपाई चाहनुहुन्छ, तपाई स्वतन्त्र हुनुहुन्छ | तपाईले कोठा भित्र आफुलाई अन्धकारमा राख्न सक्नुहुन्छ, र तपाई दिनको उज्यालो मा आउन सक्नुहुन्छ | त्यो तपाईको इच्छामा निर्भर छ | तर जब तपाई दिनको प्रकासमा आउनुहुन्छ, अन्धकारको कुनै मौका छैन | अन्धकारलाई प्रकाशद्वारा नाश हुन्छ, तर प्रकास अन्धकारद्वारा ढाकिन सक्दैन | मानौं तपाई एउटा अँध्यारो कोठामा हुनुहुन्छ | तपाई एउटा बत्ति ल्याउनुहोस् | अन्धकार सकिन्छ | तर तपाई केहि अँध्यारो लिनुहोस् र सुर्यमा जानुहोस्, यो हराउनेछ | त्यसैले कृष्ण सूर्य-सम माया अन्धकार | कृष्ण उज्यालो जस्तै हुनुहुन्छ | र माया अन्धकार जस्तै छिन् | अन्धकारले उज्यालो के गर्नेछ ? तपाई आफुलाई उज्यालोमा राख्नुहोस् | अन्धकारले तपाईलाई केहि गर्न सक्दैन | यो कृष्ण भावनाको सम्पूर्ण दर्शन हो | आफुलाई सधैं कृष्ण भावनाभवित गतिविधिमा संग्लग्न राख्नुहोस् | मायाले तपाईलाई स्पर्श गर्न सक्दिनन् | किनकि उज्यालोमा अन्धकारको कुनै प्रभाव हुँदैन | यो श्रीमद भागवतममा उल्लेख गरिएको छ | कि जब व्यासदेव, आफ्नो अध्यात्मिक गुरु, नारदको निर्देशन अन्तर्गत, भक्ति योगद्वारा: भक्ति-योगेन प्रणिहिते सम्यक्, प्रणिहिते ऽमले | भक्ति-योगेन मनसि (श्री भा १|७|४) | उही मन, मनसि भनेको मन | जब भक्ति योग, भक्तिको प्रकासद्वारा प्रबुद्ध हुन्छ, भक्ति-योगेन प्रणिहिते सम्यक्, प्रणिहिते ऽमले | जब मन सम्पूर्ण प्रदुषणबाट मुक्त हुन्छ | त्यो भक्ति योगद्वारा गर्न सकिन्छ | भक्ति-योगेन प्रणिहिते सम्यक्, प्रणिहिते ऽमले अपश्यत् पुरुषं पूर्णम् | उनले सरोच्च पुरुषोत्तम भगवानलाई देखे | मायां च तद्-अपाश्रयम् | र उनले यी मायालाई पृष्ठभुमिमा देखे | अपाश्रयम् | उज्यालो र अन्धकार, संगै | जस्तै यहाँ उज्यालो छ | यहाँ अन्धकार पनि छ, थोरै अन्धकार | अन्धकार भनेको उज्यालोको प्रकासमा | तर प्रकास अन्धकारको आश्रयमा रहँदैन | त्यसैले व्यासदेवले कृष्ण, भगवानलाई देखे, र यी माया, अन्ध्कार, अपाश्रयम्, उहाँको आश्रयमा | र यी माया को हुन् ? त्यो वर्णित छ | यया सम्मोहितो जीव | उही माया, उही भ्रामिक शक्ति जसले यी बद्ध जीवलाई ढाकेकी छिन् | र ती बद्ध को हुन् ? यया सम्मोहितो जीव आत्मानं त्रि-गुणात्मकम् (श्री भा १|७|५) | यो आत्मा सानो भए तापनि कृष्ण वा भगवान जति उज्यालो छ | तर उसले आफुलाई यस भौतिक जगतसँग चिन्दैछ | यया सम्मोहितः, यसली भनिन्छ भ्रम | जब हामी आफुलाई यो पद्धार्थसँग चिन्छौं | यया सम्मोहितो जीव आत्मानं त्रि-गुणात्मकम्, परो ऽपि मनुते ऽनर्थम् | ऊ दिव्य भए तापनि, ऊ नचाहिने गतिविधिमा संग्लग्न छ | परो ऽपि मनुते ऽनर्थं तत्-कृतं चाभिपद्यते | र ऊ यी मायाद्वारा निर्देशित छ | यी कुराहरु श्रीमद भागवतमको पहिलो स्कन्ध, सातौं अध्यायमा राम्ररी व्याख्या भएको तपाईले पाउनुहुन्छ | हाम्रो अवस्था त्यस्तो छ | कि हामी अध्यात्मिक झिल्का हौँ, उज्यालो झिल्को | तर हामी अहिले यस भ्रामिक शक्ति, मायाद्वारा ढाकिएका छौं | र हामी मायाद्वारा निर्देशित छौं र कार्यरत छौं, र भौतिक शक्तिमा धेरै-धेरै बद्ध हुँदैछौं | तपाई यो बन्धनबाट बाहिर निस्कनुपर्छ, यो योगबाट, वा कृष्ण भावनाको पूर्ण योगद्वारा | यो योग विधि हो |