NE/Prabhupada 0651 - सम्पूर्ण योग विधि भनेको मनलाई आफ्नो मित्र बनाउनु



Lecture on BG 6.6-12 -- Los Angeles, February 15, 1969


प्रभुपाद: उपस्थित समस्त भक्तको जय |

भक्त: श्रील प्रभुपादको जय |

प्रभुपाद: पृष्ठ ?

भक्त: श्लोक छ |

भक्त: "जसले मनलाई जितेको छ, यो उसको सर्वोत्तम नित्र हो | तर जो यसो गर्न असफल छ, उसको मन नै सबभन्दा ठुलो शत्रु हुन्छ (भ गी ६|६) |" प्रभुपाद: हो | यो मन, उनीहरु मनको बारेमा कुरा गर्दैछन् | सम्पूर्ण योग विधि भनेको मनलाई हाम्रो नित्र बनाउन हो | मन, भौतिक सम्पर्कमा..... जस्तै मातेको अवस्थामा एउटा मानिस, उसको मन शत्रु हो | चैतन्य चरितामृतमा एउटा राम्रो श्लोक छ | कृष्ण भुलिय जीव भोग वाञ्छा करे पाशतेमाया तारे जापटिया धरे (प्रेम​-विवर्त​) मन..... म आत्मा हुँ, भगवानको अंश | जब मन प्रदुषित हुन्छ, म संघर्ष गर्छु, किनकि मसँग थोरै स्वतन्त्रता छ | "किन मैले कृष्ण वा भगवानको सेवा गर्ने ? म भगवान हुँ |" यो केवल मनको निर्देशन हो | र सम्पूर्ण अवस्था मोडिन्छ | ऊ झुठो प्रभावमा छ, भ्रम, र सम्पूर्ण जीवन नाश हुन्छ | र जो त्यसो गर्न असफल छन्, यदि हामी मन नियन्त्रण गर्न असफल हुन्छौं, हामी धेरै कुरा जित्ने प्रयासमा छौं, तर यदि हामीले आफ्नो मन जित्न असफल हुन्छौं, तब तपाईले एउटा राज्य जिते पनि, त्यो असलाता हो | उसको मन नै सबभन्दा ठुलो शत्रु हुन्छ | अघि बढ |

भक्त: "जसले मनलाई जितेको छ उसले पहिल्यै परमात्मालाई प्राप्त गरिसकेको छ, उसले शान्ति प्राप्त गरिसकेको छ | त्यस्ता व्यक्तिको लागि, सुख-दु:ख, तातो-चिसो, मान-अपमान सबै उही हुन्छन् (भ गी ६|७) |"

प्रभुपाद: अघि बढ |

भक्त: "एउटा मानिसलाई तब आत्मानुभूतिमा अवस्थित र योगी मानिन्छ, जब ऊ आफ्नो ज्ञान र आत्मानुभूतिद्वारा पूर्ण रुपले सन्तुष्ट हुन्छ | त्यस्ता व्यक्ति अध्यत्ममा अवस्थित र आत्मासंयमि हुन्छ | उसले ढुंगा, माटो वा सुन, सबैलाई समान देख्छ (भ गी ६|८) |"

प्रभुपाद: हो | जब मन सन्तुलनमा हुन्छ, तब उसको अवस्था आउँछ | ढुंगा, माटो वा सुन, समान मूल्य |