NE/Prabhupada 0652 - पद्म पुराण सत्त्व गुणमा अवस्थित व्यक्तिको लागि हो



Lecture on BG 6.6-12 -- Los Angeles, February 15, 1969


भक्त: तात्पर्य: "परम सत्यको अनुभूति बिनाको किताबी ज्ञान व्यर्थ हुन्छ | यो पद्म पुराणमा यसरि भनिएको छ....."

प्रभुपाद: हो पद्म पुराण | अठार पुराण छन् | मानिसहरु तिन गुणमा कार्य गर्छन्: सतो गुण, रजो गुण र तमो गुण | जीवनका भिन्न अवस्थामा यी सब बद्ध जीवलाई फर्काउन पुराणहरुको प्रस्तुति छ | छ पुराणहरु सतो गुणमा अवस्थित मानिसहरुको लागि हुन् | र छ पुराणहरु रजो गुणमा अवस्थित मानिसहरुको लागि हुन् | र छ पुराणहरु, जो तमो गुणमा अवस्थित छन्, ती पुरणहरु उनीहरुको लागि हो | यो पद्म पुराण सतो गुणमा अवस्थित मानिसहरुको लागि हो | वैदिक विधिमा तपाईले धेरै कर्मकाण्ड पाउनुहुन्छ | यो विभिन्न प्रकारका मानिसको कारणले हो | जस्तै तपाईले वैदिक साहित्यमा सुन्नुभएको छ, कालीदेवी समक्ष बोकाको बलि दिने कर्मकाण्ड छ | तर यो पुरण, मार्कण्डेय​ पुराण, तमो गुणमा अवस्थित मानिसहरुको लागि हो | जस्तै एउटा मानिस मासु खान आसक्त छ | अब, यदि अचानक, उसलाई मासु खानु नराम्रो हो भनेर उपदेश दिइन्छ..... वा एउटा मानिस रक्सि खान आसक्त छ | यदि उसलाई एकैपटकमा रक्सि राम्रो होइन भनिन्छ, उसले स्विकार्दैन | तसर्थ पुराणहरुमा हामीले पाउँछौँ,"ठिक छ, यदि तिमी मासु खान चाहन्छौ, तिमि कालीदेवीको पुजा गर र एउटा बोका उनी समक्ष बलि चढाउ | र तिमीले मासु खान सक्छौ | तिमीले मासु बधशाला वा कसाईखानाबाट खरिद गरेर खाना सक्दैनौ | तिमीले यस प्रकार खानुपर्छ |" त्यो भनेको प्रतिबन्ध | किनकि यदि हामी कालीदेवी अघि बलि दिन चाहन्छौं, निश्चित मिति हुन्छ, र निश्चित सामग्री चाहिन्छ, तपाईले त्यसको व्यवस्था गर्नुपर्छ | र त्यो पुजा गर्न औंसीको रातमा मात्र अनुमति छ | त्यसैले औंसीको रात भनेको महिनामा एकपटक | र मन्त्र यस प्रकारले भनिन्छ; त्यो बोकालाई सल्लाह दिइन्छ "तिमीले आफ्नो जीवन कालीदेवी अघि त्याग्दैछौ | त्यसैले तिम्रो तत्काल मानव जीवनप्राप्त गर्न पदोन्नती हुन्छ | किनकि मानव जीवनको स्तरमा आउन, एउटा जीवले धेरै विकासवादी प्रक्रियाबाट गुज्रनुपर्छ | तर त्यो बोका जसले स्वीकार्छ, वा जसलाई कालीदेवी अघि बाध्य पारिएको हुन्छ, उसले तत्काल मानव जीवन प्राप्त गर्छ | र मन्त्रमा भनिन्छ कि "तिमीसँग यो बलि दिंदै गरेको मानिसलाई मर्ने अधिकार छ |" मांस | मांस भनेको तपाईले पनि उसको मासो खानुहुनेछ, अर्को जन्ममा | यस प्रकारले, बलि दिने मानिस, ऊ आफ्नो होसमा आउँछ, "किन म यो मासु खाँदैछु ? मैले आफ्नो मासुद्वारा तिर्नुपर्छ | किन मैले यो कार्य गर्ने ?" तपाई देख्नुहुन्छ | सम्पूर्ण विचार उसलाई प्रतिबन्ध लगाउन हो | त्यसैले विभिन्न प्रकारका पुराणहरु छन्, अठार पुराणहरु | किनकि सम्पूर्ण वैदिक साहित्य भनेको सम्पूर्ण प्रकारका मानिसलाई सहभागी गराउनु | यो होइन कि जो मांसभक्षक छन् वा जड्याहा छन्, तिनीहरुको उपेक्षा गरिन्छ | होइन | सबजना स्विकारिन्छन् तर त्यहाँ- जस्तै तपाई डाक्टरकहाँ जानुहुन्छ | उसले तपाईलाई विभिन्न रोग अनुसार विभिन्न औषधि दिन्छ | यो होइन कि एउटा रोग, एउटा औषधि | जोसुकै आउँछ, उसलाई त्यो औषधि दिन्छ | होइन | त्यो वास्तविक उपचार हो | क्रमैले, क्रमैले | तर सात्त्विक पुराणहरुमा, तिनीहरु भगवानको प्रत्यक्ष सेवा गर्नको लागि हो | कुनै क्रमबद्ध प्रक्रिया छैन | तर क्रमैले, जो यस स्तरमा आउँछ, उसलाई सुखाव दिइन्छ | त्रसैले पद्म पुराण सतो गुणको पुराण हो | यसले के भन्छ ? अघि बध |