NE/Prabhupada 0872 - मानव समाजलाई चार वर्गमा विभाजन गर्नु आवश्यक छ
750519 - Lecture SB - Melbourne
वर्तमान परिवेशमा व्यावहारिक रूपमा भन्दा, ब्राह्मण तथा क्षत्रीय कोही पनि छैन, वैश्य पनि छैनन्, केवल शूद्र अर्थात् चौँथो वर्गका मानिसहरू मात्र छन् । त्यसकारण, चौँथो वर्गका मानिसहरूले शासन गर्दा तपाईंले कुनै सुख पाउने आशा गर्न सक्नुहुन्न । त्यसकारण, अहिले सम्पूर्ण विश्वमा नै अराजकता फैलिएको छ । कोही पनि सुखी छैन । त्यसकारण, अहिले सम्पूर्ण विश्वमा नै अराजकता फैलिएको छ । कोही पनि सुखी छैन ।त्यसकारण, मानव समाजलाई चार वर्गमा विभाजन गर्नु अनिवार्य छ । ब्राह्मण वर्ग भनेको प्रथम श्रेणीका आदर्श मानिसको वर्ग हो, ताकी तिनीहरूको चरित्र तथा व्यवहारलाई हेरेर अरु मानिसहरूले सिक्न सकुन् यद् यदाचरति श्रेष्ठः (भगवद्गीता ३।२१) । त्यसकारण, यो कृष्णभावनामृत अभियानको उद्देश्य होः हामी प्रथम श्रेणीका मानिसहरूको उत्पादन गरिरहेका छौँ । यही नै कृष्णभावनामृत अभियान हो । त्यसकारण, हामीले यी नियमहरू लागू गरेका छौँः अवैध यौनसम्बन्ध नगर्नु, मांसाहार नगर्नु, नशालु पदार्थको सेवन नगर्नु तथा जुवातास नखेल्नु । यो प्रथम श्रेणीका मानिसहरूको प्राथमिक योग्यता हो । त्यसकारण, हामी प्रथम श्रेणीका आदर्श मानिसहरू उत्पादन गर्ने प्रयास गरिरहेका छौँ । तर परापूर्वकालमा ब्राह्मणहरू हुने गर्दथे । चतुर्... अहिले पनि छ । तपाईंलाई पनि थाहा छ, सबै मानिसहरूको एउटै बुद्धि हुँदैन अर्थात् सबैजना एउटै वर्गमा पर्दैनन् । अहँ । समाजमा बुद्धिजीवि वर्ग पनि हुन्छ । जस्तै, जो वैज्ञानिक अथवा दार्शनिक अथवा धर्मगुरुहरू छन् तिनीहरू प्रथम श्रेणीको मानिस हुनुपर्ने हो । तर दुर्भाग्यवश, आजभोलि को प्रथम श्रेणीको हो र को अन्तिम श्रेणीको हो, कसैले पनि छुट्याउन सक्दैन । त्यसकारण, सम्पूर्ण समाजलाई राम्ररी व्यवस्थापन गर्नका लागि त्यहाँ प्रथम श्रेणीका, द्वितीय श्रेणीका तथा तृतीय श्रेणीका मानिसहरू हुनु अनिवार्य छ । जस्तै, तपाईंको शरीरमा विभिन्न भागहरू छन्ः शिर, पाखुरा, पेट तथा गोडा । यो स्वाभाविक हो । तर यदि हामीसँग शिरबाहेक अन्य अंगहरू पाखुरा, पेट तथा गोडा छन् तर शिर छैन भने त्यो मृत शरीर हो । त्यसैगरी, जबसम्म मानव समाजलाई प्रथम श्रेणीका मानिसहरूले मार्ग–दर्शन गर्दैनन् भने सम्पूर्ण समाज नै मृत समाज बन्नेछ । गुण तथा कर्मअनुसार वर्गीकरण हुनै पर्दछः चार्तुवण्र्यं मया सृष्टं गुणकर्म...(भगवद्गीता ४।१३) । जन्मअनुसार होइन, तर गुणअनुसार । त्यसैले, सबैलाई उसको इच्छाअनुसार प्रथम श्रेणी अथवा द्वितीय श्रेणीको प्रशिक्षण दिनुपर्दछ । यसलाई सभ्यता भनिन्छ । केही मानिसहरूलाई प्रथम श्रेणीको प्रशिक्षण दिनुपर्दछ, केही मानिसहरूलाई द्वितीय श्रेणीको प्रशिक्षण दिनुपर्दछ, र केही मानिसहरूलाई तृतीय श्रेणीको प्रशिक्षण दिनुपर्दछ, र अन्ततः जसलाई प्रशिक्षण दिन सकिँदैन, तिनीहरूले माथिका तीन वर्गहरूको सेवा गर्नुपर्दछ । तिनीहरूलाई शूद्र भनिन्छ । त्यसकारण...(मौनता) ...त्यो सम्भव छैन । यदि एउटा मनुष्यलाई राम्ररी प्रशिक्षण दिइयो भने र यदि ऊ पनि निर्देशन पालन गर्न तत्पर छ भने उसलाई प्रथम श्रेणीको व्यक्ति बनाउन सकिन्छ । केही फरक पर्दैन । जन्मअनुसार कुनै मानिस तल्लो दर्जाको हुन सक्छ, यसले केही फरक पर्र्दैन । तर प्रशिक्षणद्वारा ऊ प्रथम श्रेणीको मानिस बन्न सक्दछ । यो भगवद्गीताको उपदेश हो । मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनयः स्त्रियः शूद्राः तथा वैश्या तेऽपि यान्ति परां गतिम् (भगवद्गीता ९।३२) । परां गतिम् । परां गतिम् भनेको भगवद्धाम हो – त्यही नै हाम्रो वास्तविक घर हो, आध्यात्मिक जगत – र त्यहाँ परमानन्दपूर्वक पूर्ण ज्ञानयुक्त भएर शाश्वत रूपमा बस्न सकिन्छ । हाम्रो वास्तविक स्वरूप त्यही हो । हाम्रो वास्तविक स्वरूपतर हामी भौतिक भोगविलास गर्नका लागि यो भौतिक संसारमा आएका छौँ । ब त्यही हो । र भौतिक भोगविलासका लागि हामी जति योजनाहरू बनाउँदछौँ, त्यति मात्रामा हामी झन्झन् फस्दै जान्छौँ । त्यो हामी जान्दैनौँ । तिनीहरू भौतिक इन्द्रियतृप्ति नै जीवनको परमलक्ष्य ठान्दछन् । होइन, जीवनको परमलक्ष्य त्यो होइन । त्यो त झन्झन् फस्दै जाने मार्ग मात्र हो ।