NE/Prabhupada 0909 - म मेरा गुरु महाराजको आदेश पालन गर्नका लागि यो स्थितिमा आउन बाध्य पारिएँ



730418 - Lecture SB 01.08.26 - Los Angeles

म मेरा गुरु महाराजको आदेश पालन गर्नका लागि यो स्थितिमा आउन बाध्य पारिएँ

प्रभुपाद: त्यसकारण, कृष्ण भन्नुहुन्छ: “जो मकहाँ आउने प्रयास गरिरहेको छ, कृष्णभावनाभावित हुनका लागि मकहाँ आउँदछ तर साथसाथै, ऊ भौतिक रूपले पनि खुशी हुन चाहन्छ भने, ऊ त्यति बुद्धिमान् होइन ।” त्यसको अर्थ हो: उसले आफ्नो समय नष्ट व्यर्थै गरिरहेको छ । हाम्रो मुख्य दायित्व हो: कसरी कृष्णभावनाभावित हुने । मनुष्य जीवनको प्रमुख उद्देश्य यही नै हो । तर यदि हामी हाम्रो समयलाई भौतिक प्रगति गर्नका लागि खर्च गर्दछौँ भने, र हरिनामको जप गर्न भुल्दछौँ भने यो ठूलो नोक्सानी हो । अतः यस्तो मानसिकतालाई कृष्ण भन्नुहुन्छ: आमि विज्ञ तरे केनो विषय दिब । “ए, यो बदमाशले मेरो भक्तिमय सेवा गरेर मसँग केही भौतिक ऐश्वर्यको माग गरिरहेको छ । म किन उसलाई भौतिक ऐश्वर्य दिने ? बरु, यसको विपरीत, म उसँग भएको ऐश्वर्य पनि खोसिदिन्छु (हाँसो चल्छ) हो । यो हाँस्ने कुरा होइन । जब हाम्रो ऐश्वर्य खोसिन्छ तब हामी अत्यन्त दुःखी बन्दछौँ । तर त्यो परीक्षा मात्र हो । यो भगवान् कृष्ण स्वयंले युधिष्ठिर महाराजलाई भन्नुभएको कुरा हो: यस्याहं अनुगृह्णामि हरिष्ये तद् धनं शनैः (श्रीमद्भागवत १०।८८।८) । यस्याहं अनुगृह्णामि हरिष्ये तद् धनं शनैः (श्रीमद्भागवत १०।८८।८) । “हामी पूर्णतया हजुरमा निर्भर छौँ, र हामी अझै पनि भौतिक रूपले कष्ट भोगिरहेका छौँ, हाम्रो राज्य खोसियो, हाम्री पत्नीको अपमान भयो, हामीलाई घरभित्रै जलाएर मारिदिने प्रयास पनि भयो ।” त्यसकारण, कृष्णले भन्नुभयो: “हो, यो मेरो पहिलो कर्तव्य हो ।” यस्याहम् अनुगृह्णामि हरिष्ये तद् धनं शनैः | “यदि मैले कसैलाई विशेष कृपा दिन्छु भने म उसका सम्पूर्ण आयस्रोतहरू खोसिदिन्छु ।” अत्यन्त खतरनाक । हो । यो सन्दर्भमा मैले व्यावहारिक अनुभव पाएको छुु । हो । यो कृष्णको विशेष कृपा हो । म यो बताउन चाहन्नँ तर यो सत्य हो । (हाँसो चल्छ) यो सत्य हो । म २५ वर्षको हुँदा मेरा गुरु महाराजले मलाई आदेश दिनुभयो ः “तिमी जाऊ र प्रचार गर ।” तर मैले सोचेँ: “सर्वप्रथम, म धनी मानिस बन्नेछु, र त्यो धनलाई म प्रचार–कार्यमा प्रयोग गर्नेछु ।” यसको लामो इतिहास छ । व्यापार गर्ने क्रममा मैले अत्यन्त धनी बन्ने सुअवसर प्राप्त गरेँ । र केही ज्योतिषी–शास्त्रीहरूले मलाई भनेका थिए: तिमी बिर्लाजस्तै हुनुपर्ने हो । र मैले अत्यन्त राम्रो अवसर प्राप्त गरेको थिएँ । म एउटा ठूलो रासायानिक कारखानामा मेनेजर थिएँ । त्यसपछि, मैले आफ्नै कारखाना सुरु गरेँ र मेरो व्यवसाय अत्यन्त सफल पनि भयो । तर आखिर सबै कुरा ध्वस्त भयो । मेरा गुरु महाराजको आदेश पालन गर्नका लागि म यो स्थितिमा आउन बाध्य पारिएँ । भक्तहरू: जय, हरिबोल....प्रभुपाद: अकिञ्चन–वित्ताय । जब सबै कुरा समाप्त भयो तब मैले कृष्णको आश्रय लिएँ । भनिएको पनि छ: “हजुर नै एक मात्र....” त्यसकारण, कृष्ण अकिञ्चन–वित्त हुनुहुन्छ । जब मानिसको सम्पूर्ण भौतिक ऐश्वर्य समाप्त हुन्छ .... र अब मैले बोध गरिरहेको छु कि मैले गुमाएको होइन, यसको विपरीत, मैले प्राप्त गरेको रहेछु । मैले धेरै पाएको छु । यो सत्य हो । अतः कृष्णका लागि भौतिक ऐश्वर्य गुमाउनु भनेको नोक्सानी होइन, यो त सबैभन्दा ठूलो फाइदा हो । त्यसकारण, भनिएको छ: अकिञ्चन–वित्त । जब मानिस अकिञ्चन बन्दछ, अर्थात्, उसको आफ्नो भन्ने केही पनि हुँदैन र यदि उसको सर्वस्व समाप्त हुन्छ भने कृष्ण स्वयं यस्ता मानिसहरूको एक मात्र धन बनीदिनुहुन्छ । किनकि ऊ भक्त हो | जस्तै नरोत्तम दास ठाकुरले भन्नुहुन्छ: हा हा प्रभु नन्द–सुत, वृषभानु–सुता–युत करुणा करः एइ बार नरोत्तमदास कोहे नाठेलिह रांगा पाय तोमा बिने के आछे आमार । हाम्रो स्वरूप हो: “कृष्ण, हजुरबाहेक मेरो आफ्नो भन्नु केही पनि छैन । मसँग केही पनि छैन, मसँग कुनै वस्तु छैन । अतः कृपया मलाई उपेक्षा नगर्नुहोस् किनभने हजुर नै मेरो एक मात्र सम्पत्ति हुनुहुन्छ ।” यो स्थितिमा आउनु अत्यन्त राम्रो हो । जब हामी अरु कुनै पनि भौतिक वस्तुमा निर्भर हुँदैनौँ र केवल कृष्णको भर पर्दछौँ भने । यो कृष्ण भावनामृत अभियानको प्राथमिक चरण हो | त्यसकारण, कृष्णलाई अकिञ्चन–वित्ताय भनेर सम्बोधन गरिन्छ । “जब कुनै मानिस भौतिक रूपले गरिब बन्दछ भने हजुर नै उसको एक मात्र धन बनीदिनुहुन्छ ।” अकिञ्चन–वित्ताय । नमः अकिञ्चन–वित्त, निवृत्त–गुण–वृत्तये । "नज्तिजा यो हुन्छ कि जब कसैले हजुरलाई एकमात्र सम्पत्तिको रुपमा ग्रहण गर्छ, ऊ तत्काल यो भौतिक प्रकृतिका गतिविधिहरूबाट मुक्त हुन पुग्दछ ।” यसको अर्थ हो: ऊ तत्काल अध्यात्मको दिव्य स्थितिमा स्थापित हुन्छ । अकिञ्चन–वित्ताय निवृत्त–गुण–वृत्तये, आत्मारामाय (श्रीमद्भागवत १।८।२७) । “त्यति बेला, ऊ हजुरलाई प्राप्त गरेकोले खुशी भएर बस्दछ, किनभने हजुर कृष्ण हुनुहुन्छ, हजुर आफैँसँग खुशी हुनुहुुन्छ....”