NE/Prabhupada 0963 - कृष्णसँग आत्मीय सम्बन्ध भएको भक्तलेमात्र भगवद गीता बुझ्न सक्छ



720000 - Lecture BG Introduction - Los Angeles

हामीले भगवद गीताको परिचयमा दिएका छौं, कि भगवद गीतामा निर्देशन गरिए अनुसार भगवद गीता बुझ्नुपर्छ | त्यहाँ निर्देशन छ | कसरी भगवद गीता अध्ययन गर्ने | मानिसहरु बिना कुनै निर्देशन भगवद गीता अध्ययन गर्दैछन् | यसको वर्णन गर्दै हामीले भनेका छौं कि यदि तिमीले कुनै औषधि लिन्छौ भने त्यसको सिसीमा प्रोयोग गर्ने मात्रा सम्बन्धि निर्देशन दिइएको हुन्छ | तिमीले धेरै पटक विभिन्न मात्रामा लिन्छौ | त्यसको निर्देशन हुन्छ | त्यसैगरी, भगवद गीता वास्तवमा बुझ्न तिमीले निर्देशन स्वीकार्नुपर्छ, जसरी स्वयं लेखक वा कृष्णले दिनुभएको छ | उहाँले भन्नुहुन्छ कि धेरै अघि, चार करोड वर्ष अघि, उहाँले सर्वप्रथम भगवद गीता सूर्य-देवलाई भन्नुभएको थियो | र सूर्य-देवले यस ज्ञान आफ्ना पुत्र मनुलाई दिए | र मनुए आफ्ना पुत्र इक्ष्वाकुलाई दिए | इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम् विवस्वान् मनवे प्राह मनुर् इक्ष्वाकवे ऽब्रवीत् (भ गी ४|१) | राजर्षीहरु सबै राजा हुन् | मनु राजा हुन्, इक्ष्वाकु पनि राजा हुन् र सूर्य-देव विवस्वान पनि राजा हुन् | उनी सूर्य-लोकका राजा हुन् | र उनका नाती इक्ष्वाकु यो ग्रहको राजा बने | र यो वंश, जसलाई रघु-वंश भनिन्छ, भगवान रामचन्द्र प्रकट हुनुभयो | यो धेरै पुरानो राजघराना हो | इक्ष्वाकु वंश, रघु वंश | वंश अर्थात् परिवार | पहिलेको समयमा राजाहरु, प्रशासनिक कार्यकारीका प्रमुखहरु, भगवानद्वारा दिइएको उपदेश सिक्ने गर्थे | भगवद गीता अनुसार केवल कृष्णको भक्त जो कृष्णसँग आत्मीय सम्बन्धमा अवस्थित हुन्छ, उसले भगवद गीता बुझ्न सक्छ | कृष्ण..... अर्जुनले कृष्णबाट भगवद-गीता सुनेपछि भगवानलाई सम्बोधन गरे: परं ब्रह्म परं धाम पवित्रं परमं भवान् पुरुषं शाश्वतं दिव्यम् आदि-देवम् अजं विभुम् (भ गी १०|१२) | उनले कृष्णलाई परमब्रह्मको रुपमा बुझे | परमब्रह्म अर्थात् परम सत्य | परम-सत्य, परमब्रह्म | जीवहरुलाई पनि ब्रह भनिन्छ तर जीवहरु परम ब्रह्म होइनन् | परमब्रह्म अर्थात् भगवान | त्यसैले अर्जुनले कृष्णलाई परमब्रह्म र परमधामन् भनेर सम्बोधन गरे | परमधामन् अर्थात् सबै कुराको आश्रयस्थल | सबै कुरा भगवानको शक्तिमा आश्रित छ | तसर्थ उहाँलाई परमधामन् भनिन्छ | जस्तै यी सबै ग्रहहरु सूर्यको प्रकासमा आश्रित छन् | सूर्यको प्रकास सूर्यको शक्ति हो | त्यसैगरी यो भौतिक शक्ति कृष्णको शक्ति हो | र सबै कुरा, भौतिक वा आध्यात्मिक, सबै कुरा कृष्णको शक्तिमा आश्रित छ | कृष्णको शक्ति आश्रय स्थल हो | अर्को स्थानमा कृष्ण भन्नुहुन्छ: मया ततम् इदं सर्वं जगद् अव्यक्त​-मूर्तिना मत्-स्थानि सर्व​-भूतानि न चाहं तेष्व् अवस्थितः (भ गी ९|४) | कृष्णले भन्नुहुन्छ कि "मेरो निराकार रुपमा म सर्वत्र फैलिएको छु |" सर्वत्र अवस्थित | भगवान आफ्नो निराकार गुणद्वारा सर्वत्र अवस्थित हुनुहुन्छ | उदाहरण दिइएको छ, जस्तै ताप आगोको शक्ति हो | आगो आफ्नो ताप र प्रकासद्वारा फैलिन्छ | आगो एउटा स्थानमा हुन्छ तर ताप र प्रकास फैलिन्छ | त्यसैगरी कृष्ण गोलोक वृन्दावन नामक आफ्नो लोकमा हुनुहुन्छ | आध्यात्मिक जगतमा यो सर्वोच्च लोक हो |