NE/Prabhupada 0977 - यो भौतिक शरीर हाम्रो आध्यात्मिक शरीर अनुरुप बनेको छ



730408 - Lecture BG 04.13 - New York

कृष्णले भन्नुहुन्छ: चातुर् वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४|१३) | जब हामी पशु हुन्छौं....... हामी पशु शरीरबाट गुज्रिनुपर्छ | क्रमिक उन्नतिद्वारा हामी यो मानव शरीरमा आएका छौं | जन्म र मृत्युको चक्रबाट बाहिर निस्कने अवसर यो शरीरमा छ | यो हाम्रो वास्तविक समस्या हो | तर मानिसहरुसँग ज्ञान नभएकाले....... आत्माको स्थानान्तरण कसरी हुन्छ सिकाउने कुनै शैक्षिक संस्था छैन | तिनीहरुलाई थाहा छैन | ठुला-ठुला एम.ए. , पी.एच.डी छन् | तर तिनीहरुलाई जीवको वास्तविक स्थिति थाहा छैन | तर त्यो वास्तविक समस्या हो | तिनीहरुलाई वास्तविक समस्या थाहा छैन | वास्तविक समस्या भनेको........ भगवद गीतामा भनिएको छ: जन्म​-मृत्यु-जरा-व्याधि (भ गी १३|९), जन्म, मृत्यु, बुढ्यौली र रोग | यो वास्तविक समस्या हो | कोहि पनि जन्म चाहन्न | कम्तिमा कोहि पनि मर्न चाहन्न | जन्म र मृत्यु | जहाँ जन्म हुन्छ, त्यहाँ मृत्यु हुनुपछ | जन्मिएको कुरा मर्नुपर्छ | त्यसैले जन्म-मृत्यु | र बुढ्यौली | जबसम्म बाँचुन्जेल आफ्नो स्थिति परिवर्तन गर्नुपर्छ | एउटा स्थिति भनेको यो बुढ्यौली | जस्ती हामी बुढो भएका छौं | धेरै सिकायत हुन्छन् | जरा | र व्याधि | हामी रोगी हुन्छौं | सबजना रोगी हुनुपर्छ | सबजना बुढो हुनुपर्छ | सबजना मर्नुपर्छ | यो वास्तविक समस्या हो | जन्म-मृत्यु-जरा-व्याधि दुःख​-दोषानुदर्शनम् | हामी जीवनका सम्पूर्ण पीडादायी स्थिति न्यूनीकरण गर्न प्रयासरत छौं | त्यो अस्तित्वको संघर्ष हो | हामी वैज्ञानिक छौं | हामी पीडादायी स्थितिबाट निस्किने धेरै विधिहरुको खोज गर्दैछौं | तर जन्म​-मृत्यु-जरा-व्याधिको कठिन स्थितिलाई भने हामी नकार्दैछौं | किनकि हामी केहि गर्न सक्दैनौं | तथाकथित विज्ञानले पनि यो समस्याको समाधान निकाल्न सकेको छौं | कहिलेकाही तिनीहरु घमण्ड गर्छन् कि विज्ञानद्वारा तिनीहरु अमर हुनेछन् | यस्ता प्रयास पहिले पनि रावण, हिरण्यकशिपु जस्ता नास्तिकहरुले गरेका थिए | तर जन्म, मृत्यु, बुढ्यौली र रोग रोक्न सफल हुन सम्भव छैन | त्यो सम्भव छैन | यदि कुनै सम्भव प्रक्रिया छ भने त्यो कृष्ण भावना हो | त्यो कृष्ण भावना हो | यदि तिमी कृष्ण भावनाभावित हुन्छौ भने तिमीले एउटा शरीर प्राप्त गर्न सक्छौ | प्राप्त गर्ने होइन........ तिमीसँग पहिल्यै शरीर छ, तिमीले आध्यात्मिक शरीर प्राप्त गर्छौ | त्यस आध्यात्मिक शरीरको आधारमा भौतिक शरीर विकास भएको छ | जस्तै वस्त्र | तिम्रो कोट तिम्रो शरीर अनुरुप बनेको छ | त्यसैगरी, यो भौतिक शरीर पनि हाम्रो आध्यात्मिक शरीर अनुरुप बनेको छ | हामीसँग आफ्नो आध्यात्मिक शरीर छ | यो भौतिक शरीर आवरण हो | वासांसि जिर्णानि | वस्त्र जस्तै | सर्ट र कोट तिम्रो वास्तविक शरीरको आवरण हो | त्यसैगरी, यो शरीर, स्थूल शरीर र सुक्ष्म शरीर भौतिक तत्त्वले बनेको छ...... स्थूल शरीर पृथ्वी, जल, वायु, अग्निद्वारा बनेको छ | र सुक्ष्म शरीर मन, बुद्धि र अहंकारद्वारा बनेको छ | यो सर्ट र कोट हो | यो सर्ट र कोट भित्र आत्मा छ | आत्मा अहिले यो भौतिक शरीर भित्र बद्ध छ | र मानव शरीरमा हाम्रो कार्य भनेको...... पशु शरीरमा हामीले यसो गर्न सक्दैनौं | तर मानव शरीरमा हामीले बुझ्छौं कि "म शरीर होइन |" यो शरीर, यो भौतिक शरीर बाहिरी आवरण हो र मैले यो शरीर प्राप्त गरेको कारण मैले जन्म, मृत्यु, रोग र बुढ्यौली भोग्नुपर्छ | मानव जीवनमा मैले यो बुझ्छु | यदि हामीले जन्म र मृत्युको चक्रबाट मुक्त हुने यो प्रक्रिया ग्रहण गर्छु भने हाम्रो मानव जीवन सफल हुन्छ | यो कृष्ण भावनामृत अभियान हो | हामी मानिसलाई मदत गर्दैछौं कि यो भौतिक शरीरबाट बाहिर निस्कने र आफ्नो आध्यात्मिक शरीर प्राप्त गर्ने र त्यस आध्यात्मिक शरीरमा घर फर्कने, भगवद धाम फर्कने | यो प्रक्रिया हो |