NE/Prabhupada 0978 - यदि तिमीलाई ब्राह्मणको आवश्यकता छैन भने तिमीले दु:ख भोग्नेछौ



730408 - Lecture BG 04.13 - New York

त्यक्त्वा देहं पुनर् जन्म नैति (भ गी ४|९) | तर मानिसहरु यस भौतिक शरीर प्रति यति आसक्त छन् कि तिनीहरु अर्को जीवनमा कुकुर-बिरालो बन्न तयार छन् तर तिनीहरु घर फर्कन, भगवद धाम फर्कन तयार छैनन् | यो समस्या छ | यो समस्या किन छ ? किनकि मानव समाज अराजक परिस्थितिमा छ | एक अराजक परिस्थिति | चार वर्गको विभाजन हुनुपर्छ | एउटा वर्ग ब्राह्मण हुनुपर्छ जो बुद्धिमान वर्गका मानिस हुन्छन् | र एउटा वर्ग क्षत्रिय हुनुपर्छ जो प्रशासक हुन्छन् | किनकि मानव समाजलाई राम्रो परामर्श दिने दिमाग, राम्रो प्रशासक, राम्रो उत्पादक र राम्रो मजदुर आवश्यक पर्छ | त्यो नै ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र वर्गको विभाजन हो | तसर्थ कृष्णले भन्नुहुन्छ: चातुर् वर्ण्यं मया सृष्टम् (भ गी ४|१३) मानव जीवनलाई सरल ढंगमा अघि बढाउन यी चार विभाजन हुनुपर्छ | तर तिमीले भन्छौ "हामीलाई ब्राह्मण चाहिंदैन |" यदि तिमीलाई ब्राह्मण चाहिंदैन भने तिमीले दु:ख भोग्नुपर्छ | जस्तै तिमीसँग यो शरीर छ | र यदि तिमीले "शरीरको यो अंश धेरै महँगो छ, सधैं खान्छ, यसलाई काट" भन्छौ भने तिमी मृत हुन्छौ | त्यसैगरी तिम्रो जीवनलाई राम्रो परिस्थिति, जीवित परिस्थितमा राख्नको लागि तिमीसँग टाउको हुनुपर्छ, तिमीसँग हात हुनुपर्छ, तिमीसँग पेट हुनुपर्छ, तिमीसँग खुट्टा हुनुपर्छ | तिमीले भन्न सक्दैनौ कि "म यो अङ्गलाई नकार्न सक्छु |" हुँदैन | त्यसैगरी, चातुर् वर्ण्यं मया सृष्टम् (भ गी ४|१३) | समाजमा चार विभाजन हुनुपर्छ, अन्यथा यो अराजक वा मृत शरीर हुनेछ | वर्तमान समयको कठिनाई भनेको अहिले कोहि ब्राह्मण छैनन्, कोहि क्षत्रिय छैनन् | केवल वैश्य र शुद्र छन्, वैश्य भनेको पेट र शुद्र भनेको खुट्टा | यदि चार विभाजनमध्ये एकको कमी हुन्छ भने समाज अराजक स्थितिमा हुनुपर्छ | चार विभाजन हुनुपर्छ | तुलनात्मक रुपमा शरीरको सबभन्दा महत्वपूर्ण अङ्ग टाउको भए तापनि तिमीले खुट्टालाई पनि नकार्न सक्दैनौ | यो सहकार्यमा चल्ने संयोजन हो | त्यसैले हामी पनि सहकार्यमा चल्नुपर्दैन | यसले कुनै फरक पार्दैन | कोहि धेरै बुद्धिमान हुन सक्छ | कोहि थोरै बुद्धिमान हुन सक्छ | चार वर्गहरु हुन्छन् | सबभन्दा बुद्धिमान वर्ग टाउको, दिमाग हो | त्यसपछिको बुद्धिमान वर्ग प्रशासक, सरकार हो | त्यसपछिको बुद्धिमान वर्ग उद्योगपति, व्यापारी हुन् | त्यसपछिको बुद्धिमान वर्ग मजदुर हुन् | यी सबै आवश्यक छन् | तर वर्तमान समयमा व्यापारी र मजदुरमात्र छन् | दिमाग नै छैन | समाज कसरी संचालन गर्ने ? कसरी पूर्ण मानव समाज बन्ने, कसरी मानव समाजको लक्ष्य पुरा गर्ने, यी कुराहरुको लागि दिमाग नै छैन |