NE/Prabhupada 0981 - पहिलेको समयमा हरेक ब्राह्मणले आयुर्-वेद र ज्योतिर्-वेदको अध्ययन गर्थे



Lecture on SB 1.2.6 -- New Vrindaban, September 5, 1972

बहिर्-अर्थ (श्री भा ७|५|३१), बहिर् भनेको बाहिरी, अर्थ भनेको इच्छा | जसलाई थाहा छैन कि खुसीको अन्तिम लक्ष्य विष्णु हुनुहुन्छ, तिनीहरु सोच्छन् कि यो बाहिरी जगतको व्यवस्थापनले...... किनकि हामीसँग बाहिरी र भित्री छन् | बाहिरी रुपमा हामी यो शरीर हौँ | भित्री रुपमा हामी आत्मा हौँ | सबजनाले बुझ्न सक्छन् कि म यो शरीर होइन, म आत्मा हुँ | मलाई यो शरीरले ढाकेको छ र म आफ्नो शरीरबाट निस्कनसाथ यो शरीरको कुनै अर्थ रहँदैन | यो धेरै महत्वपूर्ण मानिसको वा महान वैज्ञानिकको शरीर हुन सक्छ तर शरीर वैज्ञानिक होइन, आत्मा वैज्ञानिक हो | शरीर माध्यममात्र हो | जस्तै म केहि समाउन चाहन्छु भने मेरो हात माध्यम हुन्छ | तसर्थ संस्कृत शब्दमा शरीरका यी विभिन्न अङ्गलाई करण भनिन्छ | करण भनेको जसबाट हामी कार्य गर्छौं | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१), हामी अहिले यो शारीरिक अवधारणाद्वारा भ्रमित छौं | यसको वर्णन पनि श्रीमद भागवतममा गरिएको छ, यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके (श्री भा १०|८४|१३), आत्म​-बुद्धिः कुणपे, कुणपे भनेको झोला | यो शरीर हड्डी, मासु, छाला र रगतको झोला हो | वास्तवमा, जब हामी यो शरीरलाई चिरफार गर्छौं, हामीले के पाउँछौं ? हड्डी, छाला, रगत, आन्द्रा, रगत र पिपको थुप्रो, अरु केहि होइन | कुणपे त्रि-धातुके... यी कुराहरु तीन धातु वा तत्त्वद्वारा उत्पादित हुन्, कफ, पित्त र वायु | कफ भनेको खकार, पित्त र हावा | यी कुराहरुले उत्पादन गर्दैछन् | यी कुराहरुले कार्य गर्दैछन् | खाएपछि, यी कुराहरु उत्पादित हुन्छन् र यदि तिनीहरु उचित व्यवस्थामा हुन्छन् भने शरीर स्वस्थ हुन्छ र यदि तल-माथि हुन्छ भने रोग लाग्छ | त्यसैले, आयुर्-वेद अनुसार- आयुर्-वेद पनि एक वेद हो | आयुर् भनेको जीवनको अवधि र वेद भनेको ज्ञान | त्यसलाई आयुर्-वेद भनिन्छ | जीवनको आयु सम्बन्धि यस वैदिक ज्ञान धेरै सरल छ | यसलाई कुनै रोगविज्ञान सम्बन्धि प्रयोगशाला वा चिकित्सालय चाहिंदैन | यसलाई केवल ती तीन तत्त्व- कफ, पित्त, वायुको अध्ययन चाहिन्छ | र यसको विज्ञान भनेको धड्कन जाँच गर्नु | तिमीहरु सबैलाई थाहा छ कि धड्कन टिक, टिक, टिक, टिक गर्दै चलिरहेको छ | त यो विज्ञान मार्फत धड्कन जाँच गरेर बुझ्न सकिन्छ कि यी तीन तत्त्व- कफ, पित्त, वायुको स्थिति के छ | र त्यी स्थिति, नक्षत्रद्वारा पत्ता लगाइन्छ कि..... आयुर्-वेद, शास्त्र वेदमा लक्षणहरु....... यी नशाहरु यसरी चल्दैछन्, मुटु यसरी चल्दैछ, यसरि धड्किंदैछ: त्यसोभए स्थिति यस्तो छ | जब स्थितिको बारेमा बुझिन्छ, तब लक्षणहरुको पुष्टि हुन्छ | रोगी मानिसलाई सोधिन्छ,"के तिमी यस्तो अनुभव गर्दैछौ ? के तिमी यस्तो अनुभव गर्दैछौ ?" यदि उसले "हो" भन्छ भने यसको पुष्टि हुन्छ | भित्री कुराहरु, कसरी धड्कन चल्दैछ र लक्षणहरुको पुष्टि हुन्छ, तब औषधि तयार हुन्छ | तत्काल औषधि लिने | धेरै सरल | पहिलेका हरेक ब्राह्मणले आयुर-वेद र ज्योतिर्-वेदको अध्ययन गर्थे | ज्योतिर्-वेद भनेको खगोलशास्त्र | ज्योतिषशास्त्र, खगोलशास्त्र होइन | किनकि ब्रह्म्हनभन्दा कम बुद्धिमान, क्षत्रिय, वैश्य, शुद्र, सबैलाई स्वास्थ्य र भविष्य थाहा पाउन ब्राह्मणको जरुरत हुन्थ्यो | सबजना भविष्य के हुन्छ, अब के हुने वाला छ जान्न धेरै जिज्ञासु हुन्छन् र सबजना स्वास्थ्यको बारेमा चिन्तित हुन्छन् | त्यसैले ब्राह्मणहरुले स्वास्थ्य र भविष्यको बारेमा सुझाव दिन्थे, त्यो उनीहरुको पेशा हुन्थ्यो र मानिसहरुले उनीहरुलाई भोजन, कपडा प्रदान गर्थे ताकी उनीहरुले बाहिर कार्य गर्नु नपरोस् | जे भए पनि यो लामो कथा हो | यो शरीर तीन तत्त्वको झोला हो, यस्यात्मा-बुद्धिः कुणपे त्रि-धातुके (श्री भा १०|८४|१३) |