NE/Prabhupada 0991 -जुगल प्रिति: राधा र कृष्णबीचको प्रेममय व्यवहार



740724 - Lecture SB 01.02.20 - New York

जस्तै सर्वोच्च भक्त गोपिहरु, उनीहरुको एकमात्र कार्य भनेको कृष्णलाई खुसी बनाउनु हो | त्यति हो | तसर्थ चैतन्य महाप्रभुले सिफारिश दिनुभयो, रम्या काचिद् उपासना व्रज​-वधू-वर्गेण या कल्पिता (चैतन्य​-मञुस​) | गोपीले स्वीकारेको आराधनाको विधिभन्दा अरु कुनै उत्तम विधि हुँदैन | उनीहरुले अरु केहिको मतलब गर्दैनथे | केहि गोपीहरु ग्राहस्थ जीवनमा संगलग्न थिए, कोहि पतिसँग बोल्दै थिए, कोहि आफ्नो बच्चाको ख्याल राख्दैथिए, कोहि दुध उमाल्दै थिए | र जब उनीहरुले कृष्णको बाँसुरी सुने, उनीहरुले सबै कुरा छाडे | "तिमी कहाँ जाँदैछौ ?" पति, पति, दाजुभाई: "तिमी कहाँ जाँदैछौ ?" "हुँदैन, मतलब छैन | कृष्णको बाँसुरी बज्दैछ; हामीलाई अरु केहि थाहा छैन |" यो सर्वोच्च भक्ति हो | चैतन्य महाप्रभु धेरै कडा हुनुहुन्थ्यो कि कुनै पनि महिला उहाँलाई दण्डवत गर्न नजिक आउनमिल्दैनथ्यो | केहि दुरीमा गर्नुपर्थ्यो | चैतन्य महाप्रभु, सन्यासीको रुपमा धेरै कडा हुनुहुन्थ्यो | अवश्य पनि, त्यो सिद्धान्त हुनुपर्छ, तर विशेषगरि तिम्रो देशमा यसको पालन कडा रुपमा गर्न सकिंदैन | तर कम्तिमा हामी धेरै सावधान हुनुपर्छ | चैतन्य महाप्रभु धेरै कडा हुनुहुन्थ्यो- उहाँले कृष्णप्रतिको गोपीको प्रेम प्रचार गर्दै हुनुहुन्छ | त्यसैले गोपीहरुको प्रेम साधारण कुरा होइन | यो दिव्य हुन्छ | अन्यथा, किन चैतन्य महाप्रभुले सराहना गर्नुहुन्थ्यो ? किन शुकदेव गोस्वामीले कृष्ण-लीलाको सराहना गर्नुभयो ? यस कृष्ण-लीला साधारण कुरा होइन | यो आध्यात्मिक हो | जबसम्म कोहि भक्ति-योगमा स्थिर रुपमा अवस्थित हुँदैन, उनीहरुले कृष्णसँगको गोपीहरुको लिला बुझ्ने प्रयास गर्नुहुँदैन | त्यो भयानक हुनेछ | नरोत्तम दास ठाकुरले भन्नुहुन्छ, रूप​-रघुनाथ​-पदे होइबे आकुति कबे हाम बुझबो से जुगल​-पीरिति (लालसामयी प्रार्थना ४) जुगल-प्रीति: राधा र कृष्णबीचको प्रेममय व्यवहार | जुगल भनेको "जोडी"; प्रिति भनेको "प्रेम" नरोत्तम सास ठाकुर जस्ता महान आचार्यले भन्नुहुन्छ, "म कहिले बुझ्न सक्षम हुनेछु ?" यो होइन कि "मैले सबै बुझेको छु |" "मैले सबै बुझेको छु" भन्ने होइन | यो राम्रो हुन्छ | यो विज्ञानं, भगवत्-तत्त्व​-विज्ञानं हो | हामी यो विज्ञान बुझ्न धेरै सावधान हुनुपर्छ | र यो विज्ञान आध्यात्मिक गुरुको कृपाद्वारा बुझ्न सकिन्छ | तसर्थ विश्वनाथ चक्रवर्ती ठाकुरले भन्नुहुन्छ, यस्य प्रसादाद्: सर्वप्रथम आफ्नो आध्यात्मिक गुरुलाई प्रसन्न पार्ने प्रयास गर | अनि बुझ्ने प्रयास गर | यो महान विज्ञान हो | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस् तत्त्व​-दर्शिनः (भ गी ४|३४) | यो प्रक्रिया हो | सर्वप्रथम शरणागत होऊ | "महाशय, म हजुरप्रति शरणागत हुन्छु |" "ठिक छ |" "अब मलाई इच्छा छैन |" यो के हो ? "अब मलाई इच्छा छैन", यो कस्तो शरणागति हो ? त्यसको मतलब कुनै शरणागति भएको थिएन | शरणागतिको मतलब यो होइन कि "अब म शरणागत हुन्छु, र यदि तपाईए मलाई खुसी बनाउनुहुन्न भने, यदि तपाईले मेरा इन्द्रियहरु सन्तुष्ट पार्नुहुन्न भने मलाई इच्छा छैन |" त्यो शरणागति होइन | शरनागतिको उदाहरण भक्तिविनोद ठाकुरले दिनुभएको छ: कुकुर | धेरै राम्रो उदाहरण | कुकुर आफ्नो मालिकप्रति पूर्णतः शरणागत हुन्छ | मालिकले उसलाई मारे पनि उसले विरोध गर्दैन | यो उदाहरण हो | वैष्णव ठाकुर​, तोमार कुक्कुर भुलिया जानह मोरे | "वैष्णव ठाकुर, मेरो प्रिय अध्यात्मिक गुरु, हजुर वैष्णवहरुमा सर्वश्रेष्ठ हुनुहुन्छ | कृपया मलाई आफ्नो कुकुरको रुपमा स्वीकार्नुहोस् |" त्यो शरणागति हो | वास्तविक शरणागति भनेको मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः (भ गी ७|१) | आश्रयः | आश्रय लोइया भजे कृष्ण तारे नाहि त्याजे (नरोत्तम दास ठाकुर​) | जसले आध्यात्मिक गुरुको आश्रय लिएर भक्तिमय सेवा सम्पन्न गर्छ, कृष्णले उसलाई कहिल्यै त्याग्नुहुँदैन | उहाँले उसलाई स्वीकार्नुहुन्छ | आश्रय लोइया भजे कृष्ण तारे नाहि त्याजे आर सब मोरे अकरण (?) | अरुले केवल आफ्नो समय नाश गर्नेछन्, त्यति हो | यो भगवद-भक्ति-योग हो | आदौ गुर्व्-आश्रयं सद्-धर्म​-पृच्छा, साधु-मार्ग​-अनुगमनम् (भ र सि १|१|७४) |