NE/Prabhupada 0992 - कृष्ण भावना अवसरवादीको लागि होइन
740724 - Lecture SB 01.02.20 - New York
सबै कुरा भक्तिमय सेवामा छ, भक्ति रसामृत सिन्धुमा, चैतन्य महाप्रभुको दिव्योपदेशमा, श्रीमद भागवतममा, भगवद गीतामा हामीले प्रकाशित गरेका छौं | यदि तपाईले बुझ्नुहुन्दैन, यदि तपाईलाई लाग्छ कि "यी पुस्तकहरु विक्रीको लागि हो, र हामी सबै शिक्षित छौं | हामीले सबै कुरा सिकेका छौं | समाप्त | हाम्रो कार्य समाप्त भएको छ," त्यसले स्थितिमा सुधार हुँदैन | प्रसन्न-मनसो भगवद्-भक्ति-योग भगवत्-तत्त्व-विज्ञानं (श्री भा १|२|२०) यो एउटा विज्ञान हो | जब तपाई यो विज्ञान सिक्नुहुन्छ...... जस्तै हाम्रा स्वरूप दामोदर, डाक्टर- उनी अही डाक्टर भएका छन् | हामीसँग नव-वृन्दावनमा अर्का डाक्टर छन्, उनी पनि वैज्ञानिक हुन् | यदि तपाईलाई डक्टरेटको उपाधि चाहिन्छ भने त्यो पनि शरणागति हो | तीन वा चार मानिसको एउटा आयोग हुन्छ | जब उनीहरुले प्रमाणित गर्छन् "हो | यो ठिक छ | फलानो-फलानो व्यक्तिले प्रस्तुत गरेको थेसिस स्वीकृत छ," तब तपाईले पाउनुहुनेछ | यो कुरा सर्वत्र छ, तद् विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | यदि हामी कृष्णको विज्ञान बुझ्न गम्भीर छैनौँ, यदि तपाईले यो बन्ने वा त्यो बन्ने कुनै मौका लिनुहुन्छ र केहि पैसा कमाउनुहुन्छ भने सम्पूर्ण कार्य समाप्त हुन्छ | कृष्ण भावनामृत अवसरवादीको लागि होइन | वास्तविक शरणागत व्यक्तिको लागि: मद्-आश्रयः | भगवत्-तत्त्व-विज्ञानं | हामी सबजना, कम्तिमा यहाँ, भगवत्-तत्त्व-विज्ञानंमा उत्तीर्ण हुन आएका छौं | यो विधि हो | मद्-आश्रयः, कृष्ण भन्नुहुन्छ | मद्-आश्रयः भनेको योगं युञ्जन् मद्-आश्रयः | कृष्णको अधीनस्थ हुनु वा...... त्यो सम्भव छैन किनकि कृष्णको दासको आश्रय नलिई....... गोपी-भर्तुः पद-कमलयोर् दास-दासानुदासः (चै च मध्य १३|८०, पद्यावली ७४)... हामी कृष्णको दासको दासको दासको दास बन्नुपर्छ | यो इच्छा गर्ने होइन कि "म सिधै कृष्णको दास बन्नेछु |" यो मायावाद हो | हाम्रो प्रक्रिया भनेको दास बन्नु..... चैतन्य महाप्रभुले सिकाउनुहुन्छ, दासको....... जति धेरै कोहि सय पुस्ता तलको दास बन्छ, त्यति नै ऊ पूर्ण हुन्छ | बुझ्ने प्रयास गर | भगवत्-तत्त्व-विज्ञानं मुक्त-सङ्गस्य जायते (श्री भा १|२|२०) भगवत्-तत्त्व-विज्ञानं | यो विज्ञान कसले बुझ्न सक्छ ? मुक्त-सङ्गस्य | सङ्ग भनेको हामी सधैं..... हामी भौतिक प्रकृतिद्वारा प्रदुषित छौं | कहिले हामी राम्रो हुन्छौं; कहिले हामी कामुक हुन्छौं; कहिले हामी धुर्त हुन्छौं | तीन गुणहरु हुन्छन् | कोहि धेरै राम्रा हुन्छन्, कोहि कामुक हुन्छन् र कोहि धुर्त हुन्छन् | हामीले तथाकथित सतो गुण पनि पार गर्नुपर्छ | यसलाई मुक्त-सङ्ग भनिन्छ | किनकि भौतिक जीवनमा हामी यी गुणहरुको सङ्ग गर्छौं, तीन गुणहरु, गुण-मयी, माया | दैवी ह्य् एषा गुण-मयी | गुण-मयी | गुण-यी तीन गुणहरु | यो धेरै कठिन छ | कहिले हामी सतो गुणमा हुन्छौं, अनि हामी रजो गुणमा झर्छौं, अनि हामी तमो गुणमा झर्छौं | वा तमो गुणबाट म पुनः सतो गुणमा उठ्छु र पुनः झर्छौं | यो चल्दैछ | तसर्थ तपाई मुक्त-सङ्गस्य हुनुपर्छ, यी गुणहरुभन्दा माथि हुनुपर्छ | सबैभन्दा माथि | "म धेरै राम्रो मानिस हुँ | म राम्रो व्यवस्थापक हुँ | म यो हुँ......" तपाईले त्यसलाई पनि पार गर्नुपर्छ | यसलाई मुक्त-सङ्गस्य भनिन्छ | तर यस मुक्त-सङ्ग तब सम्भव हुन्छ जब हामी भक्तिमा इमान्दारीपूर्वक संग्लग्न हुन्छौं | जस्तै अर्च विग्रहको आराधना | अर्च विग्रहको आराधना भनेको क्रमिक रुपमा मुक्त-सङ्ग | तसर्थ अर्च विग्रहको आराधन महत्वपूर्ण हुन्छ | यसको विधि छ: तपाई सर्वप्रथम बिहान सबेरै उठ्नुपर्छ; तपाई स्नान गर्नुपर्छ; तपाईले मङ्गल-आरति गर्नुपर्छ | अनि त्यसपछि वस्त्र लगाउने, केहि फुल सजाउने | यदि तपाई सधैं रहनुहुन्छ भने तपाई क्रमिक रुपमा मुक्त-सङ्ग हुनुहुन्छ |