NE/Prabhupada 1005 - कृष्ण भावना बिना, तिमीसँग केवल तुच्छ इच्छा हुन्छ



750713 - Conversation B - Philadelphia

स्याण्डी निक्सन : ठिक छ | यो प्रश्न सोध्नको लागि अलि गाह्रो लग्यो मलाई किनकि यो तमोगुण छ | तर म त्यो तमुगुणमा सोध्दिन | म तपाइको उत्तर क्यासेटमा सुन्न चाहन्छु,ठिक छ ? के तपाइको ईछ्य ... ? के सबै ईछ्या पुर्णरुपमा निर्मुल हुनुपर्छ, सबै ईछ्याहरु, कृष्ण चेतना पाउनको लागि त्याग्नु पर्छ ?

प्रभुपाद : कृष्ण चेतना बिना तिमीसँग मात्र फोहोरी ईछ्या हुनेछ | र जब तिमी कृष्णचेतनामय हुन्छौ, तिम्रो ईछ्या सहि हुनेछ |

स्याण्डी निक्सन : अध्यात्मिक मार्गको उदाश्य भनेको आफैमा गुरु पत्ता लगाउने हो |

प्रभुपाद : आफैमा ?

स्याण्डी निक्सन : गुरु आफैमा छ | के यो फरक छ र ...?

प्रभुपाद : कोसले त्यसो भन्छ, आफैमा गुरु पाउने ? स्याण्डी निक्सन : अँ ....|

जयतिर्थ : किर्पल सिंह, ऊ त्यसो भन्छ |

स्याण्डी निक्सन : माफ गर्नुहोला ?

जयतिर्थ : किर्पल सिंह, उसले त्यसो भन्छ |

गुरुदास : कृष्णमुर्ति पनि त्यसो भन्ने गर्छ |

प्रभुपाद : त्यसैले किन ऊ पढाउन आउँछ ? (हाँस्दै) यो धुर्त, ऊ किन पढाउन आउँछ ? यो हो उसको उत्तर | यी कुरा ति धुर्तहरुले बोल्छन् | उसलाई यहाँ आएर सिकाउनु छ कि,"आफैमा गुरु खोज |" अनि किन उसलाई यहाँ आएर सिकाउनु पर्यो ? किनकि मान्छेहरु बुद्धिमानी छैनन्, त्यसैले तिनीहरु उसलाई बुझ्न सक्दैनन् | ऊ खाली वाईहात कुरा बोल्छ, र तिनीहरु त्यो सुन्छन्, त्यत्ति हो |

गुरुदास : उसले पनि पुस्तक लेखेको छ कि "कुनै पुस्तकको जरुरत छैन |"(हाँस्दै )

प्रभुपाद : त्यसैले तिमीले थाहा पाउन सक्छौ कि कतिसम्मको मुर्ख रहेछ भनेर | के त्यो होइन ? तिमी त्यो स्वीकार गर्छौ ? ऊ पुस्तक लेख्छ, र भन्छ, "त्यहाँ पुस्तकको जरुरत छैन |" ऊ पढाउन आउँछ र भन्छ, "त्यहाँ शिक्षकको जरुरत छैन |" शिक्षक आफैभित्र छ | " ऊ धुर्त होइन त ?

स्याण्डी निक्सन : ठिक छ, तिनीहरु भन्छन् ...

प्रभुपाद : होइन, पहिले मेरो उत्तर देउ | यदि उसले त्यो विरोध गर्यो भने, ऊ धुर्त होइन ? स्याण्डी निक्सन : ठिक छ, ऊ आफै विरोध गर्दै छ |

प्रभुपाद : त्यसैले ऊ धुर्त हो | उसलाई थाहा छैन कि कसरी सामना गर्ने भनेर |

स्याण्डी निक्सन : के वेदलाई सांकेतिक अथवा शब्दानुसार लिन सकिन्छ ?

प्रभुपाद : यथारुप | हामी भगवत गीता यथारूप प्रस्तुत गर्दै छौँ, सांकेतिक रुपमा होइन |