NE/Prabhupada 1006 - हामीले जातीय प्रथा स्थापना गरेका छैनौँ



750713 - Conversation B - Philadelphia


स्याण्डी निक्सन : के तपाईं पुन: जागरण गर्न आउनुभएको हो ... मलाई यो प्रश्न दुई तरिकाले सोध्न मन लग्यो | पहिले म एउटा कुरा सोध्छु, जुन गलत हुन सक्छ | तर फेरी म यहि तरिकाबाट सोध्छु अनि उत्तर लिन्छु | तपाई पश्चिममा यो पुनर्जागरण गर्न चाहनुहुन्छ ... के तपाईं पश्चिममा भारतको जातीय सभ्यता प्रचार गर्न खोज्दै हुनुहुन्छ ? म प्रश्न सोध्दै छु ...

प्रभुपाद: कहाँ पायौ तिमीले कि हामीले त्यो जातीय सभ्यता जागरण गर्न खोजेको भनेर ? कहाँ पायौ तिमीले ? पहिले मलाई यो थाहा पाउन देउ | तिमी किन यो प्रश्न गर्दै छौ ? यदि तिमीले यो देख्यौ कि हामीले भारतीय जातीय सभ्यता ल्याउन खोजेको भनेर, तर त्यहाँ त्यस्तो प्रयाश छैन, तिमी किन यो प्रश्न गर्दै छौ ?

स्याण्डी निक्सन : किनकि धेरै मनिसहरु इच्छित छन्, र यो कारण मैले सोधेको हुँ ...

प्रभुपाद : होइन, होइन धेरै मान्छेहरु - तिमि पनि यिनिहरु मध्ये एक हौ | त्यसैले तिमीलाई कहाँ लग्यो कि हामीले जातीय सभ्यता ल्याउन खोजेको भनेर ? पहिले थाहा पाउ कि कहाँ छ त्यो प्रयत्न | अनि तिमी प्रश्न गर्न सक्छौ | नत्र यो सान्दर्भिक प्रश्न होइन |

स्याण्डी निक्सन :गीता जातीय सभ्यताको कुरा गर्छ |

प्रभुपाद : हँ ?

स्याण्डी निक्सन : गीता जातीय सभ्यताको कुरा गर्छ |

प्रभुपाद : गीता, के उल्लेख छ, तिमिलाई थाहा छ ?

स्याण्डी निक्सन : म त्यो ठाडै भन्न सक्दिन | तर ब्रह्म ...

प्रभुपाद : ब्रह्मानन्द | कसले भन्यो कि यो जातीय सभ्यता हो भनेर ? त्यो जातीय सभ्यता होइन | चतुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भा गी ४|१३)| गुण र कर्म अनुसार त्यहाँ चार किसिमको मानिस छन् | जस्तै तिमि बुझ्न सक्छौ कि त्यहाँ ईन्जिनियर, चिकित्सक छन् | त्यसैले तिमी के तिनीहरुलाई जात अनुसार लिन्छौ ?"ओहो यहाँ ईन्जीनियर जात रहेछ भनेर ? ऊ चिकित्सक जात हो |"तिमी त्यसो भन्छौ ?

स्याण्डी निक्सन : म त्यसो भन्न सक्दिन किनकि म तपाईंको कुराहरु रेकर्ड गरिरहेको छु (हाँसो)

प्रभुपाद : म तिमीलाई सोध्दै छु | म तिमीलाई सोध्दै छु ...

स्याण्डी निक्सन : ठिक छ | मलाई लाग्छ कि त्यहाँ सधैँ जात भन्ने कुरा हुन्छ | यो कुरा के हो भने हामीले त्यो याद गरेका हुदैनौ |

प्रभुपाद : होइन, यदि कोहि योग्य चिकित्सक छ भने हामी उसलाई योग्य चिकित्सक मान्छे भनेर स्वीकार गर्छौं | र यदि त्यो मान्छे योग्य ईन्जीनियर छ भने, हामी उसलाई ईन्जिनियर भनेर स्वीकार गर्छौं | त्यसैगरी, भगवाद गीता अनुरोध गर्छ - अनुरोध होइन ; त्यो त्यहाँ छ - त्यहाँ चार श्रेणीको व्यक्ति छन् : धेरै उच्च श्रेणीको व्यक्तिहरु, मुख्य संचालक श्रेणीका व्यक्तिहरु, नाफादायी व्यक्तिहरु र सामान्य कामदारहरु | त्यो त्यहाँ पहिल्यै छ | भगवाद-गीता भन्छ कि कसरी ती विभाजित हुनुपर्छ भनेर "ऊ यो श्रेणीमा पर्छ, ऊ त्यो श्रेणीमा पर्छ |" त्यो भगवद गीतमा वर्णन गरिएको छ, यो होइनकि जन्म भएर, वंशानु भएर, कोहि जातीय भयो, त्यो होइन | तिमी यो गलत तरिकाले बुझ्न नखोज | त्यो विभाजन त्यहाँ पहिल्यै छ : एउटा श्रेणीको मान्छेहरु निकै बुद्धिमान छन् | के ऊ मनाव समाजमा छैन ? तिमिलाई लाग्छ कि सबै मान्छेहरु उत्तिकै बुद्धिमान छन् ? तिम्लाई लाग्छ ? त्यहाँ एउटा श्रेणी हुनैपर्छ, धेरै उच्च श्रेणीको | त्यसैले बुद्धिमानी श्रेणीको संकेत के हो ? त्यो भगवत गीतमा उल्लेख छ | पहिलो श्रेणीको व्यक्ति भनेको जो मन र ईन्द्रिया वसमा राख्न सक्छ, त्यो सत्यता हो, धेरै सफा, धेरै सज्जन, धेरै सहनशील, ज्ञानमा धेरै उच्च, ज्ञानलाई व्यावहारिक रुपमा उतार्ने, र भगवानमा श्रद्दा भएको | यो पहिलो श्रेणीको व्यक्ति हो | त्यसैले यो भारतमा मात्र होइन, जहाँ तिमीले यो गुण पाउँछौ, ऊ पहिलो श्रेणीको व्यक्ति हो | त्यसैले हामी त्यो दिन चाहन्छौ, कि पहिलो श्रेणी व्यक्ति भएनन् भने समाज काम नलाग्ने हुन्छ | त्यसैले त्यहाँ पहिलो श्रेणीको व्यक्ति छन् | तिमी तालिम लिउ | जस्तै एउटा केटा बुद्धिमानी छ; तैपनि, उसलाई विध्यालयमा तालिम चाहिन्छ | अनि उसले पहिलो श्रेणीको बुद्धि पाउँछ, पहिलो श्रेणीको अवस्था | त्यसैले त्यहाँ पहिलो श्रेणीको व्यक्ति छन् | अब हामीले तिनीहरुलाई राम्रोसँग ज्ञान दिनुपर्छ कि मन कसरी वसमा राख्ने भनेर, कसरी यो ईन्द्रियाको मालिक बन्ने भनेर, कसरी सात्यता अपनाउने भनेर, कसरी भित्रैबाट शुद्द हुने, बाहिरीबाट, कसरी पूर्ण ज्ञान पाउने, कसरी यी ज्ञानलाई व्यावहारिक रुपमा जीवनमा उतार्ने, कसरी भगवान चेतना प्राप्त गर्ने | यो तालिम .... एउटा पहिलो श्रेणी व्यक्तिले त्यो ग्रहण गर्नसक्छ, जस्तै यिनीहरुले यो लिईरहेछन्, यो सबै केटाहरु | यिनिहरुसँग पहिलो श्रेणीको बुद्धि छ, र अहिले तिनीहरुलाई अहिले तालिम दिईदै छ | त्यो आवश्यक छ : पहिलो श्रेणी व्यक्ति भएर तालिम लिने | त्यो तालिम आवश्यक छ | त्यसैले हामीले जातीय सभ्यता प्रस्तुत गरेका हैनौ, कि कोहि धुर्त ब्राह्मण परिवारमा जन्म लियो, ऊ ब्राह्मण भयो | हामी त्यो स्वीकार गर्दैनौ | जो व्यक्ति पहिलो श्रेणीमा हुर्केको छ, हामी उसलाई स्वीकारछौँ | त्यसले फरक पार्दैन कि ऊ भारतीय होस् अथवा युरोपको होस अथवा अमेरिकाको होस् | हामी यो तरिका अपनाउन खोज्दै छौँ | त्यो भगवत गीतामा उल्लेख गरिएको छ | जातीय सभ्यता भनेको एउटा मान्छे ब्राह्मण परिवारमा जन्म लिन्छ, र यदि उसको बानीले गर्दा ऊ पाँचौ श्रेणीको जस्तो भयो भने उसलाई जन्मको अनुसार पहिलो श्रेणी भनेर सम्बोधन गरिन्छ | त्यसैगरी, एउटा व्यक्ति, जो बुद्धिमान छ, ऊ सबै पहिलो श्रेणीको बानीमा भज्न सक्छ, तर किनकि ऊ शुद्रको परिवारमा जन्म लिन पुग्यो, ऊ शुद्र भयो | हामी यो वाईहात रोक्न चाहन्छौँ | हामी पहिलो श्रेणीको बुद्धिलाई तालिम दिएर पहिलो श्रेणीको मान्छे बनाउँदै छौँ | यो हाम्रो काम हो | यो होइनकी हामीले नराम्रो कुरा प्रस्तुत गर्दै छौँ | होइन, हामी प्रस्तुत गर्दै छैनौँ | नत्र म कसरी यिनीहरुलाई ब्राह्मण दिक्ष्या दिईरहेको छु ? हेर त | भारतबाट जो कोहिले बुझ्न सक्छ कि ऊ पहिलो श्रेणीको ब्राह्मण हो भनेर | हामी त्यसरी तालिम दिदैँ छौँ |