NE/Prabhupada 1038 - बाघको आहार अर्को पशु हो । मनुष्यको आहार फल, अन्न तथा दूधजन्य पदार्थहरु हुन्



730809 - Conversation B with Cardinal Danielou - Paris


कार्डिनल देनियलौ : त म तपाईलै भेटेर धेरै खुसी भए.......

प्रभुपाद: के म तिमीलाई एउटा प्रश्न सोधु ? येशु भन्नुहुन्छ: " तिमीले मर्ने छैनौ |" त किन इसाई मानिसहरुले मर्छन् त ?

कार्डिनल देनियलौ : ( फ्रेन्च )

योगेश्वर : ( प्रश्न )

कार्डिनल देनियलौ: इसाई धर्ममा निषेधित गरिएको छ | वास्तव मै | तर अधिकतर हामी सोच्छौ त्यहाँ मानिसको जीवन र पक्षुको जीवनमा अन्तर हुन्छ | फ्रेन्च ? त्यसैले मनुष्य जीवन एकदम पवित्र छ किनकि मनुष्य भगवानको चरित्रले बनेको छ | तर हामीले पक्षुहरु प्रति त्यहि प्रकारको आदर गरिदैन, र हामी सोच्छौ कि पक्षुहरु मनुष्यको सेवाको लागी हुन्, र त्यो मनुष्यको लागी उचित छ..... हाम्रो लागी हरेक जीवन एकै हुदैनन् | वास्तविक महत्वपूर्ण भनेको मनुष्य जीवन हो, र मनुष्य धेरै पवित्र हुन्छ, र मनुष्यको हत्या गर्न प्रतिबन्धित छ .....

प्रभुपाद : होइन, तर येशुले त्यस्तो भन्नुहुन्न "मनुष्य |" उहाँले साधारणतया भन्नुहुन्छ :" तिमीले मर्नु हुदैन |" योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलौ : ( फ्रेन्च ) बाईबलमा धेरै उदाहरणहरु छन्, धेरै पक्षुहरुको बलिदानको बारेमा भनिएको छ | तपाईलाई थाहा छ | पक्षुहरुको बलिदान बाईबलमा भनिएको छ | अलोर्स | यो निषेधित छैन | अलोर्स, र मानवको हत्या गर्नु महान पाप हुन्छ| अलोर्स त्यहाँ युद्धको महान प्रश्न छ, युद्ध, रास्ट्रिय युद्ध, र त्यो.....

प्रभुपाद : तिमी, तिमी, तिमीले सोच्छौ पक्षुलाई मर्न पाप होइन ?

कार्डिनल देनियलौ : होइन होइन | कुनै पाप हुदैन | पाप हुदैन | किनकि हामी सोच्छौ यी साधारण जीव प्राणी पवित्र छैनन् | त्यो हो, मनुष्य जीवन कस्तो पवित्र छ, मानव जीवन | तर जीवन होइन,....

प्रभुपाद : तर म सोच्छु त्यो केवल व्याख्या हो | येशु ख्रीष्ट भन्नुहुन्छ : " तिमीले मर्नु हुदैन |"

कार्डिनल देनियलौ : हो | येशु भन्नुहुन्छ.....तर यो वाक्यांश, यो पाठ येशुको होइन | यो पुरानो आदेशको पाठ हो, र यो पाठ.....

प्रभुपाद : होइन, यो नयाँ आदेश नै हो |

कार्डिनल देनियलौ : पुरानो आदेश ! पुरानो आदेश |

प्रभुपाद : होइन, यो के नयाँ आदेशमा छैन ?

कार्डिनल देनियलौ : यो लेवीटिकमा छ, लेवीटिक‌‌ पुस्तकमा छ, त्यो येशुको शब्द होइन | यो लेविटिकको शब्द हो, र यो दशशीलको एउटा अंग हो, जुन मोसेसको दश कमांडेंट्स मध्ये पर्छ |

प्रभुपाद: त्यो ठिक छ | तर दश कमांडेंट्स, मध्ये एउटा कमांडेंट्स " तिमीले मर्ने छैनौ हो|"

योगेश्वर : (फ्रेन्च )

कार्डिनल देनियलौ: ( फ्रेन्च ) म सोच्छु त्यो पक्कै पनि मनुष्यको हत्याको कुरा हो | म सोच्छु, मलाई बुझ्न धेरै गाह्रो भईरहेको छ किन भारतीय धर्ममा.... किनकि यो सम्भव छैन.....उदाहरण हो लागी, यो जरुरी छ, ( फ्रेन्च )|

योगेश्वर : आहार को लागि |

कार्डिनल देनियलौ : अह | मान्छेको आहारको लागी खान, र....

प्रभुपाद : मान्छेले अन्न, फलफुल, दुध, चिनी, गहुँ खान सक्छ |

कार्डिनल देनियलौ : होइन होइन, ( फ्रेन्च )?

योगेश्वर : मांस हुदैन ?

कार्डिनल देनियलौ : मांस हुदैन?

प्रभुपाद : किन होइन ? जस्तै फल | फल भनेको मनुष्यको लागी हो | कुनै बाघ आएर तिम्रो फल खादैन | त बाघको आहार भनेको अर्को जनावर हो | मनुष्यको आहार भनेको फल, अन्न, दुध उत्पादनहरु हुन् | जस्तै फल.....

कार्डिनल देनियलौ : अह, किन अन्न र विरुवाहरु पनि प्राणी नै हुन् त होइन ?

प्रभुपाद : त्यो ठिक छ, त्यो ठिक छ | त्यो हामीले पनि बुझ्छौ | तर, यदि तिमी बाच्न.... जसरी, सामान्यतया, यदि म फल र अन्न र दुधमा निरभर भए भने मैले अरु जनावरलाई किन मर्नुपर्यो ?