NE/Prabhupada 1039 - गाई हाम्री माता हुन् किनकि हामी उनको दुध पिउँछौं



730809 - Conversation B with Cardinal Danielou - Paris


प्रभुपाद : अर्को कुरा कसरी तिमी पक्षु हत्या पाप होइन भनेर समर्थन दिन सक्छौ ?

योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलौ : ( फ्रेन्च)

भगवान: तपाईले यसको कसरी सफाई दिन सक्नुहुन्छ ?

कार्डिनल देनियलौ : हो, किनकि हामी, हामीले सोच्यौ कि त्यहाँ स्वभावमा भिन्नता छ, मनुष्यको जीवन, आत्माको जीवन, र अरु प्राणीको जीवनमा, र हामी सोच्छौ कि पक्षु र विरुवाको सृष्टि भगवान्ले मानिसलाई आफ्नो शरीर पालन मद्धत गर्नुभएको हो ( असप्रस्ट ) | श्रद्धय, येशुले भन्नुभयो केवल आत्मा मात्रै वास्तविक जीव हुन्, र अरु केवल देखिएको छ र वास्तवमा उनीहरुको अस्तित्व छैन, र हामी त्यहि सोच्छौ | हामी सोच्छौ पक्षु र विरुवाहरु वास्तविक प्राणीहरु होइनन् , र तपाई मानव जीवन मात्रै वास्तविक प्राणी हुनुहुन्छ | र त्यो यो हिसाबमा हो, भौतिक दुनिया कुनै महत्व बिनाको छ |

प्रभुपाद : अब मैले बुझे | मानौं तिमी यो घरमा बसेका छौ | त तिमी यो घर होइनौ , त्यो तथ्य हो |

कार्डिनल देनियलौ : हो , हो |

प्रभुपाद : तर यदि मैले आएर तिम्रो घर भक्त्याये भने, के त्यो तिम्रो लागी असुविधा हुदैन ?

कार्डिनल देनियलौ : हो, वास्तवमै | त्यो असुविधाजनक हुन्छ |

प्रभुपाद : त यदि मैले तिमीलाई असुविधा बनाए भने, के त्यो अपराध होइन ?

कार्डिनल देनियलौ : त्यो मेरो लागी असुविधा हुन, तर....

प्रभुपाद : होइन | यदि मैले तिमीलाई केहि असुविधा उत्पन्न गरे भने के त्यो अपराध हुदैन ? के त्यो पाप हुदैन ?

कार्डिनल देनियलौ : म सोच्छु यदि त्यहाँ धेरै गम्भीर कारण छ, त्यो अध्यात्मिक मानिसको बर्बादी हुदैन | उदाहरणद्वारा यो पूर्णतः सम्भव छ कि भौतिक दुनियाको वास्तविकता, प्राकृतिक दुनियाको वास्तविकता मनुष्यको अर्थपूर्ण पेशाको निमित्त प्रयोग गर्न सकिन्छ | म सोच्छु प्रश्न भनेको प्रेरणाको प्रश्न हुन्छ | पक्षुको हत्या गर्न नराम्रो कारण हुनजान्छ | तर पक्षुको हत्या बच्चा, पुरष, नारीको लागी खान दिनलाई हुन्छ भने.....

फ्रेन्च ? भक्त :भोक |

कार्डिनल देनियलौ : भोक, हामी भोकै छु, यो वैध हो ..... हामीसँग.....यो भारतमा स्वीकार गर्न धेरै गारो छ, ( फ्रेन्च )?

योगेश्वर :जस्तै गाई |

कार्डिनल देनियलौ : अह, गाई | उसको हत्या गर्न अनुमति छैन....?

योगेश्वर : गाई |

कार्डिनल देनियलौ :....गाईलाई कुनै भोकै बच्चालै लियौ भने....

प्रभुपाद : होइन, होइन, अरु विचारबाट पनि, गाईको दुध हामीले पिउछौ | त्यसैले उहाँ हाम्रो आमा हुनुहुन्छ | होइन त ?

योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलौ : अह, हो , वास्तव मै, वास्तव मै तर...

प्रभुपाद: वैदिक संस्करण अनुसार, हामीसँग सातओटा माताहरु हुनुहुन्छ, आदौ-माता, वास्तविक माता, गुरो: पत्नी, अध्यात्मिक गुरुको श्रीमती....

कार्डिनल देनियलौ : हो|

भगवान: के तिमीले बुझ्न सक्छौ ?

योगेश्वर : ( फ्रेन्च ), फ्रेन्च ...)

प्रभुपाद : अदौ-माता गुरो: पत्नी ब्राह्मणी, पुजारीको पत्नी |

योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलौ ( असप्रस्ट )

प्रभुपाद : राज​-पत्निका, राजाको पत्नी, रानी |

कार्डिनल देनियलौ : ओह |

प्रभुपाद : चौथो | अदौ-माता गुरो: पत्नी ब्राह्मणी राज​-पत्निका, धेनुर् | धेनु भनेको गाई | धेनुर् धत्री | धत्री भनेको धाई आमा | तथा पृथ्वी | पृथ्वी भनेको यस ग्रह | यी सात आमाहरु हुन् | गाई आमा हुनुहुन्छ किनकि हामीले उनिको दुध पिउछौ |

कार्डिनल देनियलौ : हो |

प्रभुपाद : म कसरी उहाँ आमा हुनुहुन्न भनेर अस्वीकार गर्नसक्छु ? त हामीले हाम्रो आमाको हत्याको कसरी साथ दिनसक्छौ ?

कार्डिनल देनियलौ : हो, हो, यो उदेश्य हो | तर हामी सोच्छौ कि ....

प्रभुपाद : तसर्थ, भारतमा, जो पनि मंसहारी छन्, उनीहरुलाई सुझाव दिइन्छ..... त्यो पनि प्रतिबन्ध भित्र बसेर | तल्लो स्थरको पक्षु जस्तै बाख्रालाई मार, भैसीसम्म मर्न सुझाब दिइन्छ | तर गौ हत्या ठुलो पाप |

कार्डिनल देनियलौ : हो, हो ,हो , हो | मलाई यो थाहा छ | र त्यो हाम्रो लागि धेरै गाह्रो छ.......

प्रभुपाद : हो, किनकि गाई हाम्रो आमा हुनुहुन्छ |

कार्डिनल देनियलौ : हो, हो, त्यो सत्य हो |

प्रभुपाद : तिमीले आमाबाट दुध लिन्छौ, र जब उहाँ बुढी हुन्छिन् , दुध दिनसक्दैनन्, तसर्थ उनी मारिनु हुन्छ त ?

कार्डिनल देनियलौ : हो |

प्रभुपाद : के त्यो राम्रो प्रस्ताव हो ?

योगेश्वर : ( फ्रेन्च )

कार्डिनल देनियलौ : अह , अह |

योगेश्वर : उसले हो भन्यो | उसले " त्यो राम्रो प्रस्ताव हो भनेको छ |"

कार्डिनल देनियलौ : यदि मान्छे भोको भयो भने, मनुष्यको जीवन गाईको भन्दा महत्वपूर्ण हुन्छ |

प्रभुपाद : तसर्थ, किनकि हामीले यो कृष्ण चेतनाको प्रचार गर्दै छौ, हामीले मानवलाई कुनै मासु नखाऊ भन्छौ |

कार्डिनल देनियलौ : हो, हो |

प्रभुपाद: तर यदि, केहि परिस्थितिमा, तिमी मासु खान बाध्य छौ भने, कुनै तल्लो जनावरको मासु खाऊ | गाईको हत्या नगर | यो ठुलो पाप हो | र जब सम्म एक पापी हुन्छ, उसले भगवानको हुनुहुन्छ बुझ्न सक्दैनन्| तर मनुष्यको प्रमुख कार्य भनेको भगवानलाई बुझेर उहाँलाई माया गर्नु हो | तर यदि ऊ पापी भयो भने, न उसले भगवानलाई बुझ्न सक्छ, र उहाँलाई माया गर्ने प्रस्ताव नै हुदैन | तसर्थ, मनुष्य समाजबाट, यो बधशालाको दुस्ट संरक्षण रोकिनुपर्छ |

कार्डिनल देनियलौ : ( फ्रेन्च )

योगेश्वर : ( फ्रेन्च ), (फ्रेन्च फ्रेन्च)

कार्डिनल देनियलौ : अह, अह | म सोच्छु, शायद यो वास्तविक कुरा होइन | म सोच्छु यो क्षेत्रमा धेरै धर्महरुको सोचाई राम्रो हुन्छ | यसको महत्व भनेको भगवानलाई माया गर्नु हो |

प्रभुपाद : हो |

कार्डिनल देनियलौ : तर आज्ञापत्रको व्यवहार फरक हुनसक्छ |

प्रभुपाद : होइन | जस्तै भगवान, यदि भगवान भन्नुहुन्छ: " तिमीले यो गर्न सक्छौ, " त्यो पाप हुदैन | तर यदि भगवानले भन्नुहुन्छ : " तिमीले यो गर्न हुदैन ," त्यो पाप हुन्छ |