NE/Prabhupada 1051 - मेरो कुनै क्षमता छैन तर मैले आफ्नो गुरुको वाणीलाई जीवन र आत्माको रुपमा लिएँ



750712 - Lecture SB 06.01.26-27 - Philadelphia

प्रभुपाद: तिमीहरु दैनिक गाउँदैनौ ? तर के तिमीले अर्थ बुझ्छौ ? वा दिने गाउँदैछौ ? अर्थ के हो ? कसले बताउँछ ? हँ ? कसैलाई थाहा छैन ? भन, के हो अर्थ ?

भक्त: "मेरो एकमात्र इच्छा यो छ कि मेरो मन आध्यात्मिक गुरुको वाणीद्वारा शुद्ध होस् | मसँग अरु कुनै इच्छा छैन |"

प्रभुपाद: हो | यो आदेश छ | गुरु-मुख​-पद्म​-वाक्य​, चित्तेते कोरिया ऐक्य​ | चित्त भनेको चेतना व मन | "म केवल यो गर्नेछु, बस | मेरो गुरु महाराजले मलाई भन्नुभयो; म यो गर्नेछु |" चित्तेते कोरिया ऐक्य​, आर् ना कोरिहो मने आशा | यो मेरो घमण्ड होइन तर तिमीहरुको लागि मैले भन्न सक्छु कि मैले यसो गरें | तसर्थ मेरो गुरुभाईभन्दा अधिक जे पनि सफलता तिमीहरुले देख्छौ, त्यसको कारण यहि हो | मसँग कुनै क्षमता छैन तर मैले आफ्नो गुरुको वाणीलाई जीवन र आत्माको रुपमा लिएँ | गुरु-मुख​-पद्म​-वाक्य​, चित्तेते कोरिया ऐक्य​ | सबजनाले त्यसो गर्नुपर्छ | तर यदि उसले कुनै थप-घट वा कुनै कुरा परिवर्तन गर्छ भने ऊ समाप्त हुन्छ | कुनै थप-घट व परिवर्तन हुनुहुन्न | तिमी गुरु समक्ष जानुपर्छ- गुरु अर्थात् भगवान कृष्णका श्रद्धालु सेवक- र उनको सेवा गर्न उनको वाणीको मदत लिनुपर्छ | तब तिमी सफल हुन्छौ | यदि तिमीले कल्पना गर्छौ,"म मेरो गुरुभन्दा धेरै बुद्धिमान छु, र मैले कुनै थप-घट वा परिवर्तन गर्नसक्छु," तब तिमी समाप्त हुन्छौ | त्यो एकमात्र मार्ग हो | अब, अगाडिको गाऊ |

भक्त: श्री-गुरु-चरणे रति, एइ से उत्तम​-गति |

प्रभुपाद​: श्री-गुरु-चरणे रति, एइ से, उत्तम​-गति | यदि तिमीले वास्तविक प्रगति गर्न चाहन्छौ भने तिमी गुरुको चरणकमलमा दृढतापूर्वक श्रद्धालु हुनुपर्छ | अनि ?

भक्त: जे प्रसादे पूरे सर्व आशा ।

प्रभुपाद​: जे प्रसादे पूरे सर्व आशा । यस्य प्रसादात्... सम्पूर्ण वैष्णव सिद्धान्तको निर्देशन यहि हो | जबसम्म हामीले त्यसो गर्दैनौं, तबसम्म हामी मुढ रहन्छौं र यसको विवरण अजामिल उपाख्यानमा दिइएको छ | आज हामीले यस श्लोकको अध्ययन गर्दैछौं, स एवं वर्तमानः अज्ञः | फेरी उनले भन्छन | फेरी व्यासदेवले भन्छन् कि "त्यस समय.......यो धुर्त आफ्नो पुत्र नारायणको नामको सेवामा संग्लग्न थियो |" उसलाई थाहा थिएन, "यो बेकार नारायण के हो ?" उसलाई आफ्नो पुत्र थाहा थियो | तर नारायण यति कृपालु हुनुहुन्छ कि उसले आफ्नो छोरालै निरन्तर बोलाएको कारण "नारायण, कृपया यहाँ आऊ| नारायण, कृपया यो लिऊ," र कृष्णले सोच्नुभयो कि "उसले नारायण जप्दैछ |" कृष्ण धेरै कृपालु हुनुहुन्छ | उसले कहिल्यै सोचेन कि "म नारायणकहाँ जाँदैछु |" उसले आफ्नो छोरोलै चाहन्थ्यो किनकि ऊ स्नेही थियो | तर उसले नारायणको पवित्र नाम जप्ने अवसर प्राप्त गर्यो | यो उसको राम्रो भाग्य हो | तसर्थ, यस परिस्थिति अनुसार हामीले नाम परिवर्तन गर्यौं | किन ? किनकि हरेक नाम कृष्णको दास बन्नको निमित्त हो | जस्तै उपेन्द्र | उपेन्द्र अर्थात् वामनदेव | यदि तिमीले "उपेन्द्र, उपेन्द्र" व त्यस्तै भन्छौ भने पनि त्यस नामको पनि गणना हुन्छ | त्यसको व्याख्या पछि हुनेछ | यहाँ पनि भनिएको छ..... पहिलो श्लोकमा मुढ भनिएको छ र दोस्रो श्लोकमा पनि भनिएको छ, स एवं वर्तमानः अज्ञः | अज्ञ अर्थात् धुर्त | मुढ अर्थात् धुर्त | अज्ञ अर्थात् अज्ञानी, जोसँग ज्ञान छैन | ज्ञ भनेको जोसँग ज्ञान छ | अज्ञ भनेको जोसँग ज्ञान छैन | मृत्यु-काल उपस्थिते | यस भौतिक जगतमा सबजना मुढ एवं अज्ञ छन् | उसलाई मत्लग लाग्दैन कि "म मर्नुपर्छ | जब सबै कुरा समाप्त हुन्छ, तब मेरा सम्पूर्ण योजनाहरु, सम्पत्तिहरु, सबै कुरा समाप्त हुनेछ |" उसलाई त्यो थाहा छैन | उसलाई थाहा छ तर उसले यी कुराहरुको कुनै वास्ता गर्दैन | तसर्थ सबजना मुढ एवं अज्ञ छन् | अनि, मृत्यु आए पनि, मतिं चकार तनये बाले नारायणाह्वये | उसले अनुभव गर्छ,"अब म मार्दैछु; मृत्यु नजिक छ |" तब पनि उसले आफ्नो बच्चाको बारेमा सोच्छ | यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते (भ गी ८|६) | उसको एउटा बच्चा छ | उसको नाम नारायण हो | अहिले उसको स्थिति भिन्न छ | तर यदि मलाई पनि त्यस्तै हुन्छ, यदि म पनि त्यसैगरी कुकुर प्रती स्नेही हुन्छु भने मेरो परिस्थिति के हुन्छ ? व अरु जेमा स्नेह भए पनि | प्राकृतिक रुपमा म आफ्नो कुकुरको बारेमा सोच्नेछु, र तत्काल मैले कुकुरको जस्तै अर्को शरीर प्राप्त गर्नेछु | त्यो प्रकृतिको नियम हो | यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् | त्यस समयमा...... तिमीले कस्तो शरीर पाउँछौ भन्ने परिक्षा मृत्युको समयमा हुनेछ | यं यं वापि स्मरन् भावम् | जस्तै, ऊ आफ्नो छोरा प्रति धेरै स्नेही थियो | उसले आफ्नो छोराको बारेमा सोच्दै थियो | त्यसैगरी, यदि तिमी आफ्नो कुकुर व अरु केहिप्रति धेरै स्नेही हुन्छौ भने तिमीले त्यससमय त्यहि सोच्नेछौ | तसर्थ हरे कृष्णको अभ्यास गर ताकी तिमीले मृत्युको समयमा कृष्णको बारेमा सोचेर जीवन सफल बनाउन सक्नेछौ |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय प्रभुपाद |