NE/Prabhupada 0866 - सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0866 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0865 - तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन|0865|NE/Prabhupada 0867 - हामी शाश्वत हौं र आफ्नो गतिविधिहरुको लागि जिम्मेवार छौं । यो ज्ञान हो|0867}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|v9A3wdkLXsU|सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै<br />- Prabhupāda 0866}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750520MW-MELBOURNE_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:42, 29 January 2021
750520 - Morning Walk - Melbourne
सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै |
हरि-शौरि: श्रील प्रभुपाद, यदि मानव जीवन देवताहरुको जीवनको तुलनामा तुच्छ हुन्छ भने किन देवताहरुले पनि यो मानव जीवन चाहन्छन् ?
प्रभुपाद: किनकि मानव जीवनमा भगवानको अनुभूति गर्ने धेरै राम्रो अवसर हुन्छ | जस्तै, पाश्चात्य मुलुक र भारत बीचको भिन्नता | भारतमा भागवत-साक्षात्कार शिघ्र हुन्छ | वातावरण धेरै राम्रो छ | यो ग्रह भागवत-साक्षात्कारको लागि धेरै राम्रो छ र यसको लागि भारत सर्वोत्तम स्थान हो |
हरि-शौरि: हाम्रा मन्दिरहरुमा पनि उही वातावरण हुन्छ ?
प्रभुपाद: हो |
हरि-शौरि: भारतका पवित्र-स्थल समान शक्तिशाली ?
प्रभुपाद: हो | तिमीले यो ग्रहमा जहाँ पनि उक्त शक्ति सिर्जना गर्न सक्छौ |
भक्त: श्रील प्रभुपाद, हजुरले हिजो भन्दै हुनुहुन्थ्यो कि वर्षाद्वारा सबै राम्रो कुरा आउँछ र वर्षा यज्ञद्वारा आउँछ | यो ग्रहमा सबजना मांस-भक्षक छन् वा यो मुलुकमा सबजना पाप गर्दैछन् |
प्रभुपाद: त्यसैले वर्षा घट्दैछ | तिमी जति पापी हुन्छौ, वर्षा त्यति नै घट्छ |
भक्त: यो अहिले घट्दैछ |
प्रभुपाद: हो | र अन्त्यमा वर्षा बन्द हुनेछ | तब यो ग्रहमा आगो लाग्नेछ | त्यो प्रलयको सुरुवात हो | सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै | उक्त आगोले सबै कुरालाई खरानी बनाइदिनेछ | त्यसपछि वर्षा हुनेछ र खरानी पानीमा मिसिनेछ र सारा ब्रह्माण्ड सकिनेछ |
भक्त (२): श्रील प्रभुपाद मैले यो पनि पढेको थिएँ कि महाराज युधिष्ठिरको समयमा रातीमात्र वर्षा हुन्थ्यो | के यो सत्य हो ?
प्रभुपाद: राती ?
भक्त (२): रातीमात्र वर्षा हुन्थ्यो ताकी....
प्रभुपाद: होइन | कसले भन्यो राती ?
श्रुतकीर्ति: कृष्ण पुस्तकमा भनिएको छ कि राती वर्षा हुन्थ्यो |
भक्त (२): ताकी दिनमा मानिसहरुको गतिविधिलाई कुनै असर नपरोस् |
प्रभुपाद: हो, त्यसरी हुन्थ्यो | यदि राती वर्षा भएर दिनमा सूर्य हुन्छन् भने जमिन उत्पादनको लागि धेरै मलिलो बन्छ | हो | बङ्गालमा एउटा भनाइ छ कि, दिने जल रात्रे तारा सेइ जन्मे सुख धारा (?) | यदि दिनमा भारी वर्षा भएर रातमा ताराहरु देखिन्छन् भने तिमीले बुझ्नुपर्छ कि भविष्यमा वर्षाको कमी हुनेछ | भविष्यमा वर्षा तथा अन्नको कमी हुनेछ सर्वोत्तम अवस्था भनेको रातमा भारी वर्षा हुनुपर्छ र दिनमा सूर्य | तब जमिन धेरै मलिलो हुनेछ |