NE/Prabhupada 0870 - क्षत्रियको कर्तव्य रक्षा गर्नु हो: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0869 - सर्वसाधारण व्यस्त मूर्ख हुन् । हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं|0869|NE/Prabhupada 0871 - राजाहरु प्रथम श्रेणीका ब्राह्मण तथा ऋषिहरुद्वारा नियन्त्रित हुन्थे|0871}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UJbKcCT69s8|क्षत्रियको कर्तव्य रक्षा गर्नु हो<br />- Prabhupāda 0870}}
{{youtube_right|NutWAzrXRdI|क्षत्रियको कर्तव्य रक्षा गर्नु हो<br />- Prabhupāda 0870}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:750519SB-MELBOURNE_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750519SB-MELBOURNE_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:43, 29 January 2021



750519 - Lecture SB - Melbourne


क्षत्रियको कर्तव्य रक्षा गर्नु हो

यो महाराज परीक्षित र शुकदेव गोस्वामी बीचको वार्ता हो | महाराज परीक्षित पाँच हजार वर्ष अघि सम्पूर्ण संसारका सम्राट थिए | पहिलेको समयमा, पाँच हजार वर्ष अघिसम्म, सारा संसारको शासन राजाहरुले गर्थे, जसको राजधानी हस्तिनापुर, नयाँ दिल्ली हुन्थ्यो | केवल एउटा झन्डा हुन्थ्यो, एउटा राजा हुन्थे, एउटा शास्त्र हुन्थ्यो, वैदिक शास्त्र र आर्यनहरु हुन्थे | आर्य भनेको सभ्य मानिस | तिमी युरोपेली, अमेरिकीहरु पनि आर्यन हौ, भारोपीय वंश | महाराज परीक्षितका नाती महाराज ययातीले आफा दुई पुत्रहरुलाई पूर्वीय युरोप, ग्रीक र रोमन भाग दिएका थिए | यो इतिहास हो, महाभारत | महाभारत भनेको ठुलो भारत | त्यस समयमा फरक धर्म थिएँ | एउटा धर्न: वैदिक धर्म | वैदिक धर्म भनेको परम पुरुषोत्तम भगवानलाई परम पुरुष, परम सत्यको रुपमा स्वीकार्नु | त्यो वैदिक धर्म हो | जसले भगवद्-गीता पढेका छन्...... त्यहाँ पन्ध्रौँ अध्यायमा भनिएको छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यम् (भ गी १५।१५) | वादीक ज्ञान भनेको भगवानलाई बुझ्नु | यो वैदिक धर्म हो | पछि, कलि-युगको प्रगतिसँगै...... कलि-युग भनेको अँध्यारो युग वा पापी युग वा वादविवादको युग, अनावश्यक वार्ता र झगडा | यसलाई कलि-युग भनिन्छ | यो चलिरेहेको छ | पछिल्लो पाँच हजार वर्षदेखि कलि-युग सुरु भएको छ र कलि-युगको सुरुवात गौ-हत्याबाट भएको हो | जब महाराज परीक्षित सारा संसारभर घुम्दै थिए, उनले एउटा कालो मानिसले एउटी गाईलाई मार्ने प्रयास गरेको देखे | र महाराज परीक्षितले यो देखेर तत्काल.... ती गाई डराएकी थिइन् | र महाराज परीक्षितले देखे, "यो मानिस को हो, मेरो राज्यमा गाई मार्ने प्रयास गर्दैछ ?" तत्काल उनले आफ्नो तरबार लिए | क्षत्रिय त्यस्तो हुन्छन् | क्षत्रिय भनेको..... क्षत् भनेको चोटपटक, र त्रायते - तिनलाई क्षत्रिय भनिन्छ | त्यस्ता व्यक्तिहरु हुन्छन्, जसले अरुलाई कुनै हानी पुर्याउँदैनन् | अहिले यो बढेको छ | तर महाराज परीक्षितको शासनकालमा त्यसको अनुमति थिएन | राजाहरु जिम्मेवार हुन्छन् | सरकार जिम्मेवार हुन्छ कि हरेक प्रजा, चाहे पशु होस् वा मनुष्य, उसलाई कसैले हानी पुर्याएको छैन; उसले आफु, आफ्नो सम्पत्ति र आफन्तहरु सुरक्षित छन् भनेर महसुस गर्छ | र क्षत्रियको कर्तव्य रक्षा गर्नु हो | सरकारको पद्धति यस्तो थियो | त्यो कथा धेरै लामी छ | परीक्षित मनराज धेरै पुण्यवान थिए | पद्धति त्यस्तो थियो |