NE/Prabhupada 0964 - जब कृष्ण यहाँ उपस्थित हुनुहुन्थ्यो,उहाँ गोलोक वृन्दावनमा अनुपस्थित हुनुहुन्थ्यो।होइन

Revision as of 09:53, 21 September 2017 by Vanibot (talk | contribs) (Vanibot #0005 edit: add new navigation bars (prev/next))
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


720000 - Lecture BG Introduction - Los Angeles

जसरी यो ब्रह्माण्डको सर्वोच्च लोकलाई ब्रह्मलोक भनिन्छ, त्यसैगरी आध्यात्मिक आकाशमा गोलोक वृन्दावन नामक सर्वोच्च लोक छ | त्यो कृष्णको स्थान हो | कृष्ण त्यहाँ हुनुहुन्छ | तर उहाँले आफुलाई विस्तार गर्न सक्नुहुन्छ, आफ्ना विभिन्न शक्तिहरुद्वारा र आफ्ना विभिन्न अवतारहरुद्वारा | यसको मतलब यो होइन कि कृष्ण यो ग्रहमा उपस्थित हुनुभएको समय उहाँ गोलोक वृन्दावनमा उपस्थित हुनुहुन्थ्यो | होइन | यो त्यस्तो होइन | जस्तै म अहिले यहाँ उपस्थित छु, म मेरो कोठामा अनुपस्थित छु | कृष्ण त्यस्तो हुनुहुँदैन | कृष्ण सर्वत्र उपस्थित हुन सक्नुहुन्छ र उही समयमा उहाँ आफ्नो लोकमा पनि रहन सक्नुहुन्छ | यसको वर्णन ब्रह्म संहितामा गरिएको छ, गोलोक एव निवसत्य् अखिलात्म​-भूतः (ब्र स ५|३७) | उहाँ गोलोक वृन्दावन नामक आफ्नो लोकमा हुनुभए तापनि उहाँले आफुलाई सर्वत्र विस्तार गर्न सक्नुहुन्छ | र वास्तवमा उहाँले त्यसो गर्नुभएको छ | त्यसैले, हामीले थाहा पाउनुपर्छ कि उहाँको विस्तार कसरी हुँदैछ | कुन प्रकारले उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ | त्यो विज्ञान हो | भगवद गीतामा यी कुराहरु वर्णित छन् | यहाँ कृष्णलाई परम्धामन् भनेर सम्बोधन गरिएको छ | सबै कुराको आश्रयस्थल | सबैकुरा आश्रित छ | कृष्ण यो पनि भन्नुहुन्छ कि मत्-स्थानि सर्व​-भूतानि (भ गी ९|४) | यो भौतिक अभिव्यक्तिको सबै कुरा उहाँमा आश्रित छ | न चाहं तेष्व् अवस्थितः - तर म त्यसमा छैन | यी विरोधाभाषपूर्ण कुराहरु | सबै कुरा उहाँमा आश्रित छ तर म तिनीहरुमा छैन | तर यो विरोधाभाष होइन | यो बुझ्न धेरै सजिलो छ | जस्तै, सबै ग्रहहरु सूर्यको प्रकासमा आश्रित छन् | तर सूर्य ती ग्रहहरुभन्दा टाढा छ | केहि लाख मील टाढा..... तर सूर्यको प्रकासमा आश्रित हुनु बनेको सूर्यमा आश्रित हुनु | तसर्थ कृष्णले भन्नुहुन्छ, मत्-स्थानि सर्व​-भूतानि न चाहं तेष्व् अवस्थितः (भ गी ९|४) | परं ब्रह्म परं धाम पवित्रं (Bङ् १०.१२)... पवित्रम् अर्थात् शुद्ध | जब हमी यो भौतिक जगतमा आउँछौं...... हामी पनि आत्मा वा ब्रह्म हौँ, कृष्ण वा परम ब्रह्म समान राम्रो भने होइनौं, तर पनि, हामी कृष्णको अंश भएको कारण हामी पनि ब्रह्म हौँ | पवित्रम् भनेको शुद्ध | जस्तै सुनको कण पनि सुन हो | यदि सुन शुद्ध हुन्छ भने कण पनि शुद्ध हुन्छ | कृष्ण यो जगतमा आउनुहुन्छ, हामी पनि यो जगतमा आउँछौं | तर हामी दुषित हुन्छौं | तर कृष्ण दुषित हुनुहुन्न | उदारणको लागि, जस्तै कारागारमा धेरै कैदीहरु हुन्छन् तर यदि राजा वा राजाको प्रतिनिधि, मन्त्री कारागारमा निरीक्षण गर्न जान्छन् कि कार्य कसरी चल्दैछ, यसको मतलब यो होइन कि राजा वा उसको मन्त्र पनि कैदी हुन् | उनीहरु कैदी होइनन् | तर हामी जीवहरु भने यी भौतिक प्रकृतिका गुणद्वारा बद्ध छौं | तर कृष्ण कहिल्यै पनि भातुतिक प्रकृतिका गुणहरुसँग संग्लग्न हुनुहुन्न | तसर्थ उहाँलाई पवित्रम् परमम् भनिन्छ | परम-शुद्ध | भवान्, भवान् अर्थात् हजुर, हजुर स्वामी | र पुरुषम् | पुरुषम् अर्थात् उहाँ व्यक्तिको रुपमा सम्बोधित हुनुहुन्छ | भगवान कहिल्यै निराकार हुनुहुन्न | भगवान साकार हुनुहुन्छ | म र तिमीजस्तै साकार | र जब उहाँ यो ग्रहमा मनुष्यको रुपमा प्रकट हुनुभयो, दुई हातसँग, दुई खुट्टासँग..... मनुष्य जसरी हिंड्दै, बोल्दै, व्यवहार गर्दै, सबै | भगवान पुरुषम् हुनुहुन्छ | पुरुषम् अर्थात् मानिस | मेरो मतलब पुरुष | स्त्री होइन | पुरुष | पुरुष नभई कोहि पनि भोक्ता हुन सक्दैन | अर्को स्थानमा वर्णित छ कि कृष्ण परम-भोक्ता हुनुहुन्छ | जब भोक्ता शब्दको प्रयोग हुन्छ, उहाँ पुरुष हुनुहुन्छ | त्यो वर्णित छ | अर्जुनले उहाँलाई बुझ्नुभयो | उहाँ पुरुषम् हुनुहुन्छ | परम पुरुष | अर्को स्थानमा कृष्ण सम्पूर्ण पुरुषमध्ये सर्वोत्तम- पुरुषोत्तमको रुपमा वर्णित हुनुहुन्छ | पुरुषम् शाश्वतम् | शाश्वतम् अर्थात् नित्य |