NE/Prabhupada 0971 - जबसम्म तिमी जीवनको शारीरिक अवधारणामा रहन्छौ, तिमी पशुभन्दा राम्रो हुँदैनौ: Difference between revisions

 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0970 - जिब्रोलाई सधैं भगवानको महिमागान गर्न प्रयोग गर्नुपर्छ|0970|NE/Prabhupada 0972 - बुझ्ने प्रयास गर कि 'मैले कस्तो प्रकारको शरीर प्राप्त गर्नेछु ?'|0972}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 21: Line 24:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:730400BG-NEW YORK_clip4.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730400BG-NEW_YORK_clip4.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 09:54, 21 September 2017



730400 - Lecture BG 02.13 - New York

योगीहरू पनि शारीरिक अभ्यासद्वरा बुझ्ने प्रयास गर्दैछन् | ज्ञानीले पनि "म यो शरीर होइन" बुझ्ने प्रयास गर्दैछ | र कर्मीहरुले बुझ्न सक्दैनन् | तिनीहरु पशु समान हुन्छन् | पशुहरुले बुझ्न सक्दैनन् कि तिनीहरु शरीर होइन | वास्तवमा, कर्मीहरु, ज्ञानीहरु, योगीहरु थोरै मात्रामा पशुभन्दा उठेका छन् | त्यति हो | तिनीहरु पाशविक स्तरमा छन् तर थोरै उठेका | म यो उदाहरण दिन्छु- तिमीले सुनेको होला- कि विष्टाको सुख्खा भाग | भारतमा खुला चौरमा दिसा गर्छन् | दिनको अन्त्यमा सुर्यको कारण विष्टाको माथिल्लो भाग सुख्खा हुन्छ | र तल्लो भाग अझै गिलो हुन्छ | कसैले भन्छ,"यो भाग धेरै राम्रो छ |" (हाँसो) उसलाई थाहा छैन | यो जे भए पनि विष्टा हो | (हाँसो) यो भाग वा त्यो भाग | यी धुर्तहरु जीवनको शारीरिक अवधारणामा छन् र तिनीहरु सोच्दैछन् कि "म राष्ट्रवादी हुँ," "म योगी हुँ," "म यो हुँ, म त्यो हुँ....." तिमी देख्छौ | यो सिद्धान्त छ | जबसम्म तिमी जीवनको शारीरिक अवधारणामा हुन्छौ, तिमी पशुभन्दा राम्रो हुँदैनौ | त्यो भगवद दर्शन हो | तिमी पशु हौ | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धीः यत्-तीर्थ​-बुद्धिः सलिले न कर्हिचिज् जनेष्व् अभिज्ञेषु स एव गो-खरः (श्री भा १०|८४|१३) | गो-खरः अर्थात्, गो भनेको गाई, खरः भनेको गधा | पशुहरु | त्यो को हो ? यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातु | यो त्रि-धातुको झोला- कफ पित्त वायु- यदि कसैले सोच्छ कि "म यो शरीर हुँ, म यो शरीर हुँ र शारीरिक सम्बन्ध......" शारीरिक सम्बन्धमा मसँग परिवार, समाज, बच्चा, पत्नी, देश हुन्छन्, तसर्थ तिनीहरु मेरा हुन् | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धा..., स्व​-धीः | स्व​-धीः भनेको यो सोच्नु कि "तिनीहरु मेरा हुन् | म तिनीहरुको हुँ |" स्व​-धीः कलत्रादिषु | कलत्र अर्थात् पत्नी | पत्नीको मार्फत हामीले बच्चा प्राप्त गर्छौं, हामी विस्तारित हुन्छौं | संस्कृत शब्द भनेको स्त्री | स्त्री भनेको विस्तार | म एक हुन्छु | जब मसँग पत्नी हुन्छिन्, म दुई हुन्छु | अनि तीन, अनि चार, अनि पाँच | त्यस्तै | त्यसलाई स्त्री भनिन्छ | हाम्रा यी भौतिक एवं शारीरिक विस्तार भनेको भ्रम हो | जनस्य मोहो ऽयम् अहं ममेति (श्री भा ५|५|८) | यो भ्रम बढ्छ कि "म यो शरीर हुँ, र शरीरसँग सम्बन्धित सबै मेरो हो |" अहं मम​ | अहं अर्थात् "म" र मम भनेको "मेरो" |