NE/Prabhupada 0870 - क्षत्रियको कर्तव्य रक्षा गर्नु हो



750519 - Lecture SB - Melbourne


क्षत्रियको कर्तव्य रक्षा गर्नु हो

यो महाराज परीक्षित र शुकदेव गोस्वामी बीचको वार्ता हो | महाराज परीक्षित पाँच हजार वर्ष अघि सम्पूर्ण संसारका सम्राट थिए | पहिलेको समयमा, पाँच हजार वर्ष अघिसम्म, सारा संसारको शासन राजाहरुले गर्थे, जसको राजधानी हस्तिनापुर, नयाँ दिल्ली हुन्थ्यो | केवल एउटा झन्डा हुन्थ्यो, एउटा राजा हुन्थे, एउटा शास्त्र हुन्थ्यो, वैदिक शास्त्र र आर्यनहरु हुन्थे | आर्य भनेको सभ्य मानिस | तिमी युरोपेली, अमेरिकीहरु पनि आर्यन हौ, भारोपीय वंश | महाराज परीक्षितका नाती महाराज ययातीले आफा दुई पुत्रहरुलाई पूर्वीय युरोप, ग्रीक र रोमन भाग दिएका थिए | यो इतिहास हो, महाभारत | महाभारत भनेको ठुलो भारत | त्यस समयमा फरक धर्म थिएँ | एउटा धर्न: वैदिक धर्म | वैदिक धर्म भनेको परम पुरुषोत्तम भगवानलाई परम पुरुष, परम सत्यको रुपमा स्वीकार्नु | त्यो वैदिक धर्म हो | जसले भगवद्-गीता पढेका छन्...... त्यहाँ पन्ध्रौँ अध्यायमा भनिएको छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यम् (भ गी १५।१५) | वादीक ज्ञान भनेको भगवानलाई बुझ्नु | यो वैदिक धर्म हो | पछि, कलि-युगको प्रगतिसँगै...... कलि-युग भनेको अँध्यारो युग वा पापी युग वा वादविवादको युग, अनावश्यक वार्ता र झगडा | यसलाई कलि-युग भनिन्छ | यो चलिरेहेको छ | पछिल्लो पाँच हजार वर्षदेखि कलि-युग सुरु भएको छ र कलि-युगको सुरुवात गौ-हत्याबाट भएको हो | जब महाराज परीक्षित सारा संसारभर घुम्दै थिए, उनले एउटा कालो मानिसले एउटी गाईलाई मार्ने प्रयास गरेको देखे | र महाराज परीक्षितले यो देखेर तत्काल.... ती गाई डराएकी थिइन् | र महाराज परीक्षितले देखे, "यो मानिस को हो, मेरो राज्यमा गाई मार्ने प्रयास गर्दैछ ?" तत्काल उनले आफ्नो तरबार लिए | क्षत्रिय त्यस्तो हुन्छन् | क्षत्रिय भनेको..... क्षत् भनेको चोटपटक, र त्रायते - तिनलाई क्षत्रिय भनिन्छ | त्यस्ता व्यक्तिहरु हुन्छन्, जसले अरुलाई कुनै हानी पुर्याउँदैनन् | अहिले यो बढेको छ | तर महाराज परीक्षितको शासनकालमा त्यसको अनुमति थिएन | राजाहरु जिम्मेवार हुन्छन् | सरकार जिम्मेवार हुन्छ कि हरेक प्रजा, चाहे पशु होस् वा मनुष्य, उसलाई कसैले हानी पुर्याएको छैन; उसले आफु, आफ्नो सम्पत्ति र आफन्तहरु सुरक्षित छन् भनेर महसुस गर्छ | र क्षत्रियको कर्तव्य रक्षा गर्नु हो | सरकारको पद्धति यस्तो थियो | त्यो कथा धेरै लामी छ | परीक्षित मनराज धेरै पुण्यवान थिए | पद्धति त्यस्तो थियो |