NE/Prabhupada 1067 - हामीले श्रीमद्भगवतगीता लाई कुनै अनुबाद या उल्टापाल्टा नगरिकन, नघटाईकन स्वीकार गर्नु पर

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 1066
Next Page - Video 1068 Go-next.png

हामीले श्रीमद्भगवतगीता लाई कुनै अनुबाद या उल्टापाल्टा नगरिकन, नघटाईकन स्वीकार गर्नु पर्दछ
- Prabhupāda 1067


660219-20 - Lecture BG Introduction - New York

ससाना पुर्ण ईकाईहरूलाई पनि जस्तै जीवहरूलाई पुर्णता महशुस गराउने याहाँ पुरै ब्यवस्थाहरु छन। पुर्णताको सम्बन्धमा पुर्ण ज्ञान हशील नगरेको कारणले नै धेरै किसिमका अपुर्णता भएजस्तो महशुस हुन्छ। भगवत गीता वैदिक दर्शनको पु्र्ण ज्ञानबर्दक हो। सम्पुर्ण वैदिक दर्शन अमोघ या अच्युत हो। वैदिक ज्ञान अमोघ छ भनेर कसरि लिनु पर्दछ भन्ने बारेमा याहाँ धेरै उद्हरणहरू छन। जस्तै हिन्दुहरूले मान्ने गरेको एउटा बिषयलाई लिउँ, कसरि वैदिक ज्ञानलाई पुर्णताको रुपमा मानेका हुँन भन्ने एउटा सानो उदाहरण। जस्तै भनौ, गाईको गोबर। गोबर पनि पशुको मल हो। स्मृति या वैदिक शाश्रका अनुसार, पशुको मलमुत्र कसैले छोयो भने उस्ले आफुलाई सुद्ध गराउनका लागि नुहाउनु पर्दछ। तर वैदिक शास्रमा गाईको गोबरलाई शुद्ध हो भनेर उल्लेख गरिएको छ। वास्तवमा अशुद्ध भएको ठाँउ या वस्तु गोबरले लिप्दा शुद्ध हुन्छ। अन्त कसै कसैले पशुको मलमु्त्र अशुद्ध हो भनेर बताईएको छ अनि-- गाईको मलमुत्र वास्तावमा पशुकै मल हो तरै पनि शुद्ध मानिन्छ - यो त बिवादास्पद हो भनेर कसैले बहस गर्ने गर्दछन। हुँन त यो तत्थ्य बिवादास्पद जस्तै देखिन्छ पनि। तरै पनि यो बिषय वैदिक ग्रन्थमा लेेखिएको हुनाँले हाम्रो ब्यावहारिक चलनका लागि स्विकार गरेका हौं। यस्तो स्विकार गरे बापत हामीले गल्ति चै गरेका छैनौ। यस बिषयमा आधुनिक बैज्ञानिकहरूले पनि आधुनिक बिज्ञान द्वारा एकजना डाक्टर लालमोहन गोशालले पत्ता लगाएका छन कि, उन्ले गाईको गोबारको बहुत गहिरो अनुसन्धान गरेर पत्ता लगाए कि, गाईको गोबरमा सबै कीटनासक पदार्थहरू समावेस भएको रहेछ। यसै गरि उन्ले उत्सुक्ता जागेर गंगाजलको पनि अनुसनधान गरे। मेरो भन्नुको तात्पर्य के भने वैदिक ज्ञान पु्र्ण छ कारण यो सबै किसिमका उपसंकाहरू र त्रुटीहरु रहित भई उच्च रहेको छ। यसै कारण भगवत गीता सबै वैदिक दर्शणको निस्कर्ष हो। वैदिक ज्ञान अमोघ हो। यो ज्ञान विशु्ध्द परम्परा मार्फत तल अाईदिएको हो। यसै कारण वैदिक ज्ञान कुनै किसिमको अनुसन्धानको नतिजा होईन। हामीहरूले गरेको अनुसन्धान कार्य असुद्ध हुन्छ किनभने हामीहरूले सबैथोक आफ्नो असुद्ध ईन्द्रीयहरूले खनतालस गरिरहेका हुन्छौ। यसै कारण अाफ्नो अनुसन्धानको निस्कर्ष पनि शुद्ध हुनँदैन। त्यस्तो पुर्ण हुनै सक्दैन। हामीहरुले यसै कारण यो पुर्ण ज्ञानलाई ग्रहण गर्नु पर्दछ। पु्र्ण ज्ञान माथिदेखि तल आएको हो जस्तो गरि भगवत गीतामा बताईएको छ। हामीहरूले पनि उसै गरि स्विकार गरेका छौ, एवं परम्परा-प्राप्तम् इमम् राजर्षयो विदु: ( भगवत गीता ४-२) । हामीहरूले उचित स्रोतबाट आएको, भगवान स्वयंबाट सुरु हुँदै गुरु शिश्य परम्पराबाट आएको ज्ञानलाई स्वीकार गर्नु पर्दछ। भगवत गीता भगवान आँफैले बताईदिनु भएको हो। आनि अर्जुन, म के भन्न चाहेको हुँ भने, भगवत गीताको पाठ लिने क्षात्र अर्जुन थिए। उनले भगवत गीतालाई कुनै छाँटकाटँ नगरि जस्ताको तस्तै ग्रहण गरे। भगवत गीताको कुनै भागलाई स्वीकार गर्न र कुनै भागलाई रद्द गर्न मान्य हुँदैन। यस्तो स्वीकार्य हुदैन। हामीहरूले भगवत गीतालाई केहि पनि अनुवाद नगरि, छाटँकाटँ नगरिकन ग्रहण गर्नु पर्दछ। अनि आफ्नो मनोमानि सहभागिता पनि हुनुँहुन्न कारण के भने भगवत गीतालाई सर्वत्र अतिशुद्ध वैदिक ज्ञानको रुपमा मान्नु पर्दछ। वैदिक ज्ञानको पहिलो शब्द देखिनै स्वयं भगवानले बताईदिनु भएको कारणले गर्दा यो चिन्मय स्रोतबाट आएको मान्नु पर्दछ। भगवानको शब्दावलीलाई अपौरूषय कहलाईन्छ। यस्को मतलब यो भौतिक संसारको कुनै ब्याक्तिले प्रदान गरिएजस्तो होईन जो चारवटा त्रुटीपुर्ण शिद्वान्तहरूले प्रदुशित भएका हुन्छन। यो भौतिक संसारका जीवहरूसंग अा-अाफ्नो जीवनका ४ वाटा त्रुटीहरू हुन्छन। तिनि हरु पहिला, गल्ति गर्ने स्वाभावका हुन्छन। दोस्रो- उ भ्रमित हुन्छन कहिले कहिँ, तेस्रो- उनीहरू अरूहरूलाई ठग्ने प्रयासमा हुन्छन। चौथो- उनीहरूका ईन्द्रीयहरू त्रुटीपुर्ण हुन्छन। यस्ता चार किसिमका त्रुटीहरूले ग्रस्त मानिसहरूले सर्वव्यापी ज्ञानबर्दक बिषयको जानकारि दिनँ सक्दैनन। वेद पुराणहरू यस्ता किसिमका होईनन। वैदिक ज्ञान सर्बप्रथम श्रृष्टि भएका ब्रह्माजीका हृदयमा प्रदान गरिईएको हो। सोहि ज्ञान ब्रह्माले आफ्ना छोरा र शिश्यहरुलाई अनि दिएका थिए। अन्त त्यो ज्ञान वास्तवमा भगवानबाट प्राप्त भएको हो।